क्षतिपूर्तिको माग गर्दै प्राधिकरणलाई गाउँपालिका अध्यक्ष खड्काले बुझायो ध्यानाकर्षण पत्र

४ श्रावण २०८१, शुक्रबार

रामेछाप । गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का ( दिनेश)ले गर्जाङ– खिम्ती प्रसारण लाइनमा परेको जग्गाका जग्गाधनी क्षतिपूर्ति हाल सम्म नपाएको भन्दै क्षतिपूर्तिको माग गर्दै नेपाल विद्युत् प्राधिकरणलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपाल विद्युत् प्राधिकरणले १३२ केभी गर्जाङ–खिम्ती प्रसारण लाइन निर्माण गर्ने क्रममा अधिग्रहण गर्नु पर्ने जग्गाको स्थानीय जग्गाधनीहरूले अझै क्षतिपूर्ति नपाए पछि आफूले पहल थालेको गाउँपालिका अध्यक्ष खड्काले बताए ।


प्रसारण लाइनबाट प्रत्यक्ष प्रभावित स्थानीयले अहिले सम्म क्षतिपूर्ति नपाएपछि गाउँपालिका अध्यक्ष खड्काले नेपाल विद्युत् प्राधिकरणलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर उनले नागरिकको क्षति भएको जग्गाको क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन पहल गरिदिन अनुरोध गरेका हुन् ।


रामेछापको गोकुलगंगा गाउँपालिका– १ को गर्जाङबाट सुरु भई दोलखाको तामाकोशी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका– १३ फुलासीस्थित नयाँ खिम्ती सब स्टेसन सम्मको प्रसारण लाइन सम्पन्न भएको दुई वर्ष पुग्नै लाग्दा समेत स्थानीय जग्गाधनीहरूले क्षतिपूर्ति नपाएपछि अध्यक्ष खड्काले नेपाल विद्युत् प्राधिकरणमा नै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।


ध्यानाकर्षण पत्रमा भनिएको छ ः गोकुलगंगा गाउँपालिका वडा नं. १, २, ३, ४ र ५ हुँदै गर्जाङ खिम्ती १३२ के.भी प्रसारण लाइन परियोजना निर्माणका क्रममा जग्गा धनीहरूले पाउनु पर्ने क्षतिपूर्ति बापतको रकम हाल सम्म पनि नपाएको जनगुनासो रहेको ब्यहोरा सर्वविधितै छ । यस कार्यालयबाट पटक पटक ताकेता गर्दा समेत सुनुवाइ नभएको हुँदा यथाशक्य जग्गाधनीहरूलाई क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइदिन सहजीकरण गरिदिनु हुन अनुरोध छ । केही घर समेतको मुल्याङ्कन भएको तर आज सम्म पनि क्षतिपूर्ति बापत पाउनुपर्ने रकम नपाएको नागरिकहरूबाट गुनासो आइरहेको हुनाले यस कार्यालयबाट ताँहा कार्यालयका जिम्मेवार ’कर्मचारीहरूलाई पटक पटक सम्पर्क गर्दा पनि सुनुवाइ नभएको र आयोजना सञ्चालन भएको २ वर्ष हुँदा समेत नागरिकले मुल्याङ्कन अनुसारको क्षतिपूर्ति रकम समयमै नपाएकोले पीडित जनताबाट त्यस आयोजनाप्रति हुन जाने क्षतीको जिम्मेवार स्वयम् कार्यालय हुने जानकारीका लागि अनुरोध छ ।


’ध्यानाकर्षण पत्र बुझ्दै कार्यकारी निर्देशक कुलमान घिसिङले समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले एक महिना भित्र क्षतिको यकिन मुल्यांकन गरी क्षतिपूर्ति दिन आयोजना प्रमुखलाई निर्देशन समेत दिनु भएको छ, अध्यक्ष खड्काले भने । ठोसे जलाशययुक्त आयोजना निर्माण र खिम्ती–१ मा देखिएको समस्या तथा प्रभावित क्षेत्रका नागरिकहरूले पाउनुपर्ने सेयरको विषय समेत पालिका अध्यक्ष खड्काले उठान गरेका थिए । निर्देशक घिसिङले खिम्ती–१ मा देखिएको समस्या र स्थानीयले पाउने सेयरको विषयमा समेत छिट्टै निष्कर्षमा पुग्ने आश्वासन दिएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...