कृषि उपकरण तर्फ किसानको आकर्षण बढ्दो

Written by meropradesh creator

३० भाद्र २०७८, बुधबार

रामेछाप । समयको बचत सँगै जनशक्ति अभावको परिपूर्ति गर्न सहज हुने भएपछि रामेछापका किसानहरुको आकर्षण साना कृषि यन्त्र उपकरण तर्फ बढ्दै गएको छ ।

पछिल्लो समय रोजगारीको सिलसिलामा जिल्लावाट वैदेशिक रोजगारीको लागि युवाहरु पलायन हुने क्रम बढेसँगै गाउँघरमा पशुपालन गर्ने किसानहरुको संख्यामा गिरावट आएको छ । पहिला गाउँघरमा किसानहरुले बारी तथा खेत जोत्नको लागि पाल्दै आएका गोरु पछिल्लो समय जनशक्ती अभावमा पाल्न छाडेका छन् । खेती गर्ने किसानले गोरु पाल्न छाडेपछि बाँझीएको बारी र खेत जोत्न अहिले किसानहरुले कृषि उपकरण प्रयोग गर्न थालेका हुन् । जसका कारण पछिल्लो समय रामेछापमा कृषि उपकरणको माग बढ्दो रहेको छ ।


कृषि खेती प्रणालीलाई थप आधुनिकीकरण गर्ने र कृषि उत्पानमा लागत समेत कम गर्ने उद्धेश्यले किसानहरुले अहिले कृषि यन्त्र उपकरण प्रयोग गर्न थालेका हुन् । सरकारले पनि किसानहरुलाई उपकरण खरिदमा सहयोग पुगोस् भन्ने हेतुले ५० प्रतिशतसम्म अनुदान रकम प्रदान गर्न थालेपछि यतिखेर जिल्लाका दुर्गम गाउँसम्म कृषि उपकरण पुगेका छन् ।

अहिले किसानहरुको रोजाईमा खेत बारि जोत्ने ट्याक्टर (मिनिटिलर), कुट्ने पिस्ने मिल (कम्बाइन राइस मिल),उत्पादिन अन्न कुट्ने झार्ने मेसिन र पशुपालक किसानहरुले घाँस टुक्रा पार्ने (च्याप कटर) मेसिनहरु पर्ने गरेका छन् । त्यसैगरी किसानहरुको रोजाइमा सिंचाई पम्प पानी तान्ने मेसिन, बेमौसमी तरकारी खेतीका लागि प्रयोग गरिने सिल्कोनिङ प्लाष्टिक समेत पर्ने गरेको रोजी एण्ड मत्र सप्लार्यसका प्रोपाइटर ओमकार अधिकारीले जानकारी दिए ।

उनले भने– अहिले गाउँघरमा काम गर्ने जनशक्तिको अभाव रहेको छ । जसलाई नयाँ आधुनिक कृषि उपकरणले किसानहरुको माग परिपूर्ति गरेको छ । कृषि उपकरण प्रयोग गर्द किसानहरुलाई समयको बचत र सहज हुने भएकाले किसानहरुको रोजाइमा अहिले कृषि उपकरण परेको हो । रामेछापमा मात्रै बार्षिक ५ देखी ६ करोडसम्मका कृषि उपकरण जिल्लामा भित्रदा समेत किसानको माग अनुसारको उपकरण पुर्याउन मुस्किल परेको प्रोपाइटर अधिकारीले बताए ।


उपकरणहरु खरिद गर्दा कृषि ज्ञान केन्द्रले ५० प्रतिशतसम्म अनुदान किसानहरुलाई प्रदान गर्दै आएको छ । कृषि पेशामा लागेका किसानहरुलाई स्थानिय गाउँपालिका र नगरपालिकाले समेत अनुदान रकम प्रदान गरिदिए किसानहरुलाई थप सहज हुने मन्थली नगरपालिका वडा नं १३ का किसान खेमबहादुर अधिकारील जानकारी दिए ।

उनले भने– उपकरण आएदेखी किसानहरुलाई गोरु पाल्ने झन्झटवाट मुक्ती मिलेको छ । गोरु पाल्दा वर्षभरी पाल्नु पर्ने त्यसलाई घाँस कुडो गर्नुपर्दा खर्च धेरै लाग्ने गर्दथ्यो । अहिले उपकरण आएपछि जतिखेर चाँहियो त्यतीखेर प्रयोग गर्न पाइन्छ र खर्चको हिसाबले धेरै सस्तो पर्ने किसान अधिकारी बताउँछन् ।


किसानहरुले खरिद गरेर लगेको उपकरण बिग्रीएमा तत्काल मर्मत गर्न दक्ष कामदारहरु किसानहरुको घरघरमा पुग्ने गरेका छन् । किसानहरुको घरमै दक्ष कामदार गएर उपकरण मर्मत गरिदिएपछि किसानहरुले बिग्रीएको उपकरण बोकेर जिल्ला सदरमुकाम मन्थलीसम्म बोकेर ल्याउनु पर्ने झन्झटवाट पनि मुक्ती पाएका छन् ।

किसानहरुको रोजाइमा परेका अधिकासं उपकरणहरु छिमेकी मुलुक चाइना र भारतवाट निमार्ण भई नेपालमा आयात हुने गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...