कृषि उपकरण तर्फ किसानको आकर्षण बढ्दो

Written by meropradesh creator

३० भाद्र २०७८, बुधबार

रामेछाप । समयको बचत सँगै जनशक्ति अभावको परिपूर्ति गर्न सहज हुने भएपछि रामेछापका किसानहरुको आकर्षण साना कृषि यन्त्र उपकरण तर्फ बढ्दै गएको छ ।

पछिल्लो समय रोजगारीको सिलसिलामा जिल्लावाट वैदेशिक रोजगारीको लागि युवाहरु पलायन हुने क्रम बढेसँगै गाउँघरमा पशुपालन गर्ने किसानहरुको संख्यामा गिरावट आएको छ । पहिला गाउँघरमा किसानहरुले बारी तथा खेत जोत्नको लागि पाल्दै आएका गोरु पछिल्लो समय जनशक्ती अभावमा पाल्न छाडेका छन् । खेती गर्ने किसानले गोरु पाल्न छाडेपछि बाँझीएको बारी र खेत जोत्न अहिले किसानहरुले कृषि उपकरण प्रयोग गर्न थालेका हुन् । जसका कारण पछिल्लो समय रामेछापमा कृषि उपकरणको माग बढ्दो रहेको छ ।


कृषि खेती प्रणालीलाई थप आधुनिकीकरण गर्ने र कृषि उत्पानमा लागत समेत कम गर्ने उद्धेश्यले किसानहरुले अहिले कृषि यन्त्र उपकरण प्रयोग गर्न थालेका हुन् । सरकारले पनि किसानहरुलाई उपकरण खरिदमा सहयोग पुगोस् भन्ने हेतुले ५० प्रतिशतसम्म अनुदान रकम प्रदान गर्न थालेपछि यतिखेर जिल्लाका दुर्गम गाउँसम्म कृषि उपकरण पुगेका छन् ।

अहिले किसानहरुको रोजाईमा खेत बारि जोत्ने ट्याक्टर (मिनिटिलर), कुट्ने पिस्ने मिल (कम्बाइन राइस मिल),उत्पादिन अन्न कुट्ने झार्ने मेसिन र पशुपालक किसानहरुले घाँस टुक्रा पार्ने (च्याप कटर) मेसिनहरु पर्ने गरेका छन् । त्यसैगरी किसानहरुको रोजाइमा सिंचाई पम्प पानी तान्ने मेसिन, बेमौसमी तरकारी खेतीका लागि प्रयोग गरिने सिल्कोनिङ प्लाष्टिक समेत पर्ने गरेको रोजी एण्ड मत्र सप्लार्यसका प्रोपाइटर ओमकार अधिकारीले जानकारी दिए ।

उनले भने– अहिले गाउँघरमा काम गर्ने जनशक्तिको अभाव रहेको छ । जसलाई नयाँ आधुनिक कृषि उपकरणले किसानहरुको माग परिपूर्ति गरेको छ । कृषि उपकरण प्रयोग गर्द किसानहरुलाई समयको बचत र सहज हुने भएकाले किसानहरुको रोजाइमा अहिले कृषि उपकरण परेको हो । रामेछापमा मात्रै बार्षिक ५ देखी ६ करोडसम्मका कृषि उपकरण जिल्लामा भित्रदा समेत किसानको माग अनुसारको उपकरण पुर्याउन मुस्किल परेको प्रोपाइटर अधिकारीले बताए ।


उपकरणहरु खरिद गर्दा कृषि ज्ञान केन्द्रले ५० प्रतिशतसम्म अनुदान किसानहरुलाई प्रदान गर्दै आएको छ । कृषि पेशामा लागेका किसानहरुलाई स्थानिय गाउँपालिका र नगरपालिकाले समेत अनुदान रकम प्रदान गरिदिए किसानहरुलाई थप सहज हुने मन्थली नगरपालिका वडा नं १३ का किसान खेमबहादुर अधिकारील जानकारी दिए ।

उनले भने– उपकरण आएदेखी किसानहरुलाई गोरु पाल्ने झन्झटवाट मुक्ती मिलेको छ । गोरु पाल्दा वर्षभरी पाल्नु पर्ने त्यसलाई घाँस कुडो गर्नुपर्दा खर्च धेरै लाग्ने गर्दथ्यो । अहिले उपकरण आएपछि जतिखेर चाँहियो त्यतीखेर प्रयोग गर्न पाइन्छ र खर्चको हिसाबले धेरै सस्तो पर्ने किसान अधिकारी बताउँछन् ।


किसानहरुले खरिद गरेर लगेको उपकरण बिग्रीएमा तत्काल मर्मत गर्न दक्ष कामदारहरु किसानहरुको घरघरमा पुग्ने गरेका छन् । किसानहरुको घरमै दक्ष कामदार गएर उपकरण मर्मत गरिदिएपछि किसानहरुले बिग्रीएको उपकरण बोकेर जिल्ला सदरमुकाम मन्थलीसम्म बोकेर ल्याउनु पर्ने झन्झटवाट पनि मुक्ती पाएका छन् ।

किसानहरुको रोजाइमा परेका अधिकासं उपकरणहरु छिमेकी मुलुक चाइना र भारतवाट निमार्ण भई नेपालमा आयात हुने गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विकास निर्माण र कानुन सुधारमा सरकार प्रतिबद्ध मन्त्रीद्वय

विकास निर्माण र कानुन सुधारमा सरकार प्रतिबद्ध मन्त्रीद्वय

सरकारका मन्त्रीहरूले विकास निर्माणका कार्यलाई द्रुत गतिमा अघि बढाउन र विद्यमान कानुनहरूलाई जनमुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।जिल्ला प्रशासन कार्यालय रामेछापमा शनिबार आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कानुन मन्त्री सोविता गौतम र भौतिक मन्त्री सुनिल...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...