कृषि क्षेत्रको बिकास नभएसम्म पालिकाको विकास संभव छैन ः उपाध्यक्ष कार्की

Written by meropradesh creator

४ चैत्र २०७७, बुधबार

रामेछाप । उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष उर्मिला कार्कीले कृषि क्षेत्रको बिकास नभए सम्म समग्र गाउँपालिकाको बिकास हुन नसक्ने भन्दै किसानको क्षमता विकासको पक्षमा गाउँपालिकाले काम गरिरहेको बताइन । गाउँपालिकाको सहयोगमा ग्रामिण विजनेश प्रमोशन प्रा.लिले संञ्चालन गरेको ७ दिने आलु चिप्स बनाउने तालिमको समापन कार्यक्रममा बोल्दै उक्त कुरा बताएकी हुन् ।
उपाध्यक्ष कार्कीले व्यवसायिक रुपमा उद्यम गर्न चहानेहरुका लागि तालिमले महत्व पुर्ण भुमिका खेल्ने भन्दै व्यवसायीक रुपमा काम गर्न सहभागीहरुलाई आग्रह पनी गरेकी छिन । आलु जोन लागु भएको क्षेत्रमा आलु चिप्स बनाउने तालिमले किसानलाई थप व्यवसायिक बनाउने उपाध्यक्ष कार्कीले बताइन ।
तालिम व्यवहारिक भएकाले स्थानीयको आर्थिक उन्नतीमा थप सहयोग पुग्ने भन्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी उपाध्यक्ष कार्कीले तालिम लिएकाले उद्योग स्थापना गर्ने गरी व्यवसाय सुरु गरे गाउँपालिकाले आर्थिक, भौतिक लगायतका सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाइन् ।
उमाकुण्ड गाउँपालिकामा चक्ला बन्दीमा आलु खेतीको सुरुवात भएसँगै आलुबाट चिप्स बनाउने तालिमले उत्पादन हुने आलुको समेत सदुपयोग हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद सुवेदीले बताए । गाउँपालिकाले आलु चिप्स बनाउन आवश्यक पर्ने प्रविधि समेत आवश्यकता अनुसार सहयोग गर्ने सुवेदीले जानकारी दिए ।


गाउँमै ८० जना उद्यमी उत्दान गर्ने कार्यक्रम अन्तरगत ७ जना किसानलाई आलु चिप्स बनाउने तालिम दिएको गाउँपालिकाले जनाएको छ । तालिममा चिप्स बनाउने, प्याकिङ गर्ने, बजार सम्म लैजाने लगायतका विषयमा सहभागीहरुले तालिम लिएका छन् ।
गाउँपालिकाले गरिवी निवरणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत गाउँपालिकाको वडा नं ४ मैदानेका ७ जनालाई गाउँमै उत्पादन भएको आलुबाट चिप्स बनाउने तलिम दिएको हो ।


गाउँपालिकाले यस अघि फलफूलबाट जुस र क्याण्डी बनाउनको लागि ९ जना, सिस्नुबाट पौडर बनाउनको लागि १५ जना, डेरी र बेकरी तालिमबाट दुध तथा दुधजन्य बस्तु उत्पादन गर्न गर्न १३ जनालाई तालिम दिइसकेको गाउँपालिकाका वरिष्ठ उद्यम विकास सहजकर्ता रन बहादुर कार्कीले जानकारी दिए । लघु उद्यमको मर्म र भावना अनुसार स्थानीय स्तरमै पाइने कच्चा पदार्थ प्रयोग गर्दै संचालन गरिएको तालिम प्रभावकारी हुने दावी गरे ।
कार्यक्रम उमाकुण्ड गाउँपालिका वडा नं ४ का वडाध्यक्ष मान बहादुर सुनुवारको अध्यक्षतामा मंगलबार सम्पन्न भएको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...