कृषि बीमाप्रति किसानको आकर्षण बढेन

Written by meropradesh creator

२५ फाल्गुन २०७९, बिहीबार

रामेछाप । जिल्लामा कृषि बीमा गराउने केही इन्सुरेन्स कम्पनीले काम गर्न थालेको केही वर्ष भएता पनि रामेछापको किसानहरुकाे भने उक्त कृषि बीमा प्रति आकर्षण बढ्न सकेको छैन ।

यसअघि कृषि बीमा गरेका किसानहरुले बीमा दावी गर्न जाँदा प्रक्रिया झन्झटिलो भएकै कारण कृषि बीमा प्रति किसानहरुको आकर्षण बढ्न नसकेको हो । सरकारले बालीनाली र पशुपालनमा लागेका किसानहरुले व्यहोर्नुपर्ने सम्भावित क्षतीको जोखिम कम गर्न कृषि बीमा कार्यक्रम लागु गरेको लामो समय भएता पनि त्यसको कार्यान्वयन भने खासै देखिएको छैन ।

कृषि बीमा गर्न इच्छुक किसानलाई बिमाङ्कको ८० प्रतिशत रकम सरकारले नै व्यहोर्ने गरेको छ भने २० प्रतिशत रकम स्वयं किसानले व्यहोर्नुपर्ने छ । यतिधेरै रकम सरकारले व्यहोर्ने भएता पनि किसानहरुको यसतर्फ खासै आर्कषण देखिएको छैन । केही किसानहरुले यसअघि गरेको बीमा रकम लिन गर्नुपर्ने प्रक्रिया झन्झटिलो भएका कारण यसतर्फ आफुहरुको आर्कषण कम भएको मन्थली नगरपालिका–५ सुनारपानीका किसान रुद्रवहादुर कार्कीले जानकारी दिए ।

उनले भने– थोरै खेतीयोग्य जमीनमा लगाएको बालीको इन्सुरेन्स कम्पनीले बीमा गर्नै नमान्ने रहेछन् । आफ्नो जग्गामा खेती गर्दै आएको बालीको बीमा गर्ने होनी ? जग्गा थोरै भएकाले बीमा कम्पनीहरुले बीमा गर्नै नमान्ने समस्या रहेको छ । उनीहरुलाई धेरै जग्गामा खेती गरेको हुनुपर्ने रे ? आफ्नो जग्गा नै थोरै छ के गर्नु ! त्यसैले अहिलेसम्म बीमा गरेको छैन, कार्कीले बताए ।

जिल्लामा धेरै कृषी बीमा गर्ने कम्पनीहरु भएता पनि उनीहरुले सोचेजती काम गर्न नसकेको एनएलजी इन्सुरेन्स कम्पनी रामेछापका प्रमुख मोहन धमालाले जानकारी दिए । उनले भने– जिल्लामा व्यवसायीक खेती गर्ने भन्दा वढी निवार्ह मुखी भएका कारण समस्या रहेको छ । अर्कोतिर थोरै खेती गर्ने किसानले बीमा गर्न झन्झटिलो छ । जिल्लामा प्राविधिक जनशक्तीको कमी छ । त्यसैले केही किसानले बीमा गरे पनि प्राविधिक काठमाण्डौंदेखी झिकाउनु पर्ने वाध्यता रहेकाले हामीले पनि त्यति धेरै चासो दिएका छैनौं प्रमुख धमालले बताए ।

केही किसानले १÷२ रोपनी जग्गामा गरेको तरकारी खेतीको बीमा गरेता पनि उक्त खेती रोगले नष्ट पारेपछि बीमा दाबी गर्न जाँदा बीमा गरेको भन्दा बढी पैसा खर्च हुने देखिएपछि किसानहरु बीमा प्रति आर्कषण घटेको हो । किसानलाई कृषी बीमा तर्फ आर्कषण बढाउन जनचेतना जिल्लाको सबै स्थानिय तहको गाउँगाउँसम्म पुर्याउन सके बीमा गर्ने किसानको संख्यामा बृद्धि हुनसक्ने किसानहरु बताउँछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

बाँदर धपाउने क्रममा लडेर किसान घाइते, उपद्रो बढ्दा गाउँले चिन्तित

रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा सोमबार बिहान खेतबारीमा आएको बाँदर धपाउने क्रममा लडेर स्थानीय किसान ठेटबहादुर ढुङ्गेल गम्भीर घाइते हुनुभएको छ। उहाँलाई मन्थली अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। चिसापानी र...