कसैले सोचेको होला नेकपा फुट्यो भने मेरो पालो आउँछ ः मन्त्री ढुङ्गेल

Written by meropradesh creator

२७ मंसिर २०७७, शनिबार

मंसिर २७, रामेछाप
वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै भन्नु भयो कसैले सोचेको होला नेकपा फुट्यो भने मेरो पालो आउँछ, भनेर त्यो संभव छैन, त्यो नसोचे हुन्छ ।’ मन्त्री ढुंगेलले भन्नु भयो नेकपा भित्र देखिएको अहिलेको हल्लाखल्लालाई अस्वाभाविक मान्न पर्दैन, जुन ठाउँमा मह हुन्छ त्यहाँ मौरी अवश्य भुन भुनाउ छ । अहिले नेकपा भित्र पनी भएको त्यती मात्र हो अरु केहि भएको छैन ।
नेपालको संविधान र लोकतन्त्र बलियो बनाउन नेकपा र नेपाली कांग्रेस फुट्न नहुने र नफुट्ने उहाँको भनाइ छ । ‘यी दुई पार्टी कमजोर भए भने राजावादी बलियो हुन्छन्, त्यसैले यी दुवै पार्टीलाई बलियो बनाउनु पर्छ, यी दुवै पार्टी फुट्दैनन्, फुट्न दिनुहुँदैन’, उहाँले भन्नुभयो । नेकपा केही नहुने बताउँदै उहाँले नेकपामा अहिले अलि पावर बढी भएकोले एक्सरसाइज पनि बढी नै भएको बताउनुभयो । ‘जुट्दाको रमाइलो र फुट्दाको दुःख नेताले बुझेका छन्, यसो हुँदाहुँदै कुनै नेताले अगेनामा हात हाल्ने आँट गर्दैनन्, आगोले पोल्छ भन्ने थाहा पाउँदा पाउँदै आगोमा हात हाले भने जसले हाल्यो त्यसैलाई पोल्छ’, मन्त्री ढुंगेलले भन्नुभयो ।
सो कुरा उहाले रामेछापको मन्थली नगरपालिका वडा नं १३ मा नवनिर्मित मा.वि हर्रेचिण्डेको भवनको साचो हस्तान्तरण एबं उद्घाटन कार्यक्रमका अबसरमा वताउनु भएको हो ।


उहाले संविधान निर्माण लगायत लोकतन्त्र र गणतन्त्रको स्थापनाका लागि अहोरात्र ख्टने यी दुई पार्टिहरु फुटेमा राजावादीहरुलाई फाइदा पुग्ने भन्दै यिनिहरु कहिल्यै नफुट्ने र फुट्न पनि नहुने बताउनुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार कटुवालको अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रमका अबसरमा उहाले कि बि रोपेको त ३ बर्ष पछि मात्र फल देखिन्छ भने प्रदेश सरकार गठन भएको त भर्खर साढे दुइ बर्ष मात्र भएकोले पर्याप्त विकासहरु गरेको नदेखिएपनि बाटो पिच, खेकुदका लागि आबश्यक भवनहरु चिस्यान केन्द्रहरु लगाएका निमाणकार्य जिल्लामा भैरहेको पनि बताउनुभयो । उहाले फुलासी जिल्लाकै सबै चिज उत्पादन हुने र उपलब्ध हुने स्थान भएकाले फुलासी को वारेमा गित लेखेर र हरेक चिज उत्पादन गरेर पर्यटकलाई फुलासी घुम्न जाँउ जाँउ लाग्ने अबस्था बनाउन आग्रह गर्नुभयो ।
सो अबसरमा बोल्दै संबिधान सभा सदस्य तारानारायण श्रेष्ठले सरकारले भ्रष्टाचार नगर्दा पनि उपभोक्ता समितिका पदाधिकारीहरुले गरेको भ्रष्टाचार लाई सरकारले गरेको भनि प्रचारवाजी गर्नेगरिएको बताउनुभयो । उहाले स्टमेट अनुसारको योजना कार्यान्वयन गर्दा कुनै प्राविधिक वा कर्मचारीले घुस मागेमा सिधै नेकपाको गाउ, नगर वा जिल्ला कार्यालयमा उजुरी गर्न अनुरोध गर्नुभयो ।बागमती प्रदेशका सांसद शान्ति प्रसाद पौडेलले अधिकांस पत्रकारको कलम नकरात्मक ढंगबाट लेखन कार्य सुरु हुने भएको आरोप लगाउदै उनीहरुको कलम सकरात्मक ढंगबाट अगाढि बढ्नु पर्ने बताउनुभयो । उहाले वर्तमान सरकारले केहि गरेन भन्नेहरु अहिले सरकारका काम र गतिबिधिहरु देखेर दंग परिरहेको बताउनुभयो ।


सो अवसरमा बोल्दै जिल्ला आयोजना प्रमुख निर्मल घिमिरेले यस्ता भवनहरुले वावालिकाको पठन पाठनमा सहजता आउनुका साथै गुणस्तर बृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै निर्माण ब्यवसायि रामबाबु घिमिरेले भवन निर्माणमा धेरै चुनौतीहरु ब्यहोर्नु परेको गुनसो गर्दै भवन निर्माणका लागि सहायोग गर्ने सबैलाई धन्यावद ब्यक्त गर्नुभयो ।
१२ र ९ कोठे २ वटा साढे ३ तले भवन फर्निचर र शौचालय सहित ७ करोड ३२ लाखको लागतमा निर्माणकार्य सम्पन्न भएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

हारपछि राउतको ठूलो निर्णय: निर्वाचन नलड्ने तर संगठन बनाउन सक्रिय रहने

हारपछि राउतको ठूलो निर्णय: निर्वाचन नलड्ने तर संगठन बनाउन सक्रिय रहने

जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले अब पद र चुनावी प्रतिस्पर्धाको राजनीतिबाट टाढा रहने स्पष्ट पारेका हुन् । व्यक्तिगत इच्छाविपरीत पार्टीको आग्रहमा २०७९ र...

बर्दिया निकुञ्जमा हराए ५ शिकारी: प्रहरी टोली जङ्गलतर्फ, परिवारमा छटपटी

बर्दिया निकुञ्जमा हराए ५ शिकारी: प्रहरी टोली जङ्गलतर्फ, परिवारमा छटपटी

बर्दिया राष्ट्रिय निकुञ्जको घना जङ्गलमा सिकार खेल्न पसेका सुर्खेतका पाँच जना युवाहरू बेपत्ता भएका छन्। सुर्खेतको बराहताल गाउँपालिका र लेकवेशी नगरपालिका घर भएका यी युवाहरू आइतबारदेखि निकुञ्जभित्र सम्पर्कविहीन भएपछि उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।...

इनिशा विक हत्या प्रकरण: न्याय माग्दै गृहमन्त्रीकहाँ पुग्यो पीडित परिवार

इनिशा विक हत्या प्रकरण: न्याय माग्दै गृहमन्त्रीकहाँ पुग्यो पीडित परिवार

सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै पीडित परिवारले गृहमन्त्री ओमप्रकाश अर्यालको ध्यानाकर्षण गराएका छन्। सोमबार गृह मन्त्रालयमा गृहमन्त्रीलाई भेट्दै इनिशाका दाजुहरू चन्द्र बहादुर र तपेन्द्र विकले...