कर्णालीको ३३ अर्ब ९९ करोडको बजेट मध्यरातमा सार्वजनिक

काठमाडौं, १ असार । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले बजेट प्रस्तुत गरेका हुन्। बजेट असार १ गते राति १२ बज्नुअघि केही मिनेटअघि मात्र सार्वजनिक भएको हो।

बजेट ल्याउन दिनभर प्रयास भइरहे पनि सत्ता गठबन्धन र विपक्षी दलहरूबीच सहमति नजुट्दा अन्यौल सिर्जना भएको थियो। प्रमुख प्रतिपक्षी दलसहित विपक्षीहरूले बजेट बहिष्कारको चेतावनी दिएपछि दिनभर बजेट आउने नआउनेमा अन्योल थियो। अन्ततः असार १ गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यताका कारण रातको अन्तिम समयमा प्रदेशसभा बैठक बसेर बजेट सार्वजनिक गरिएको हो।

यो बजेट चालु आर्थिक वर्षको तुलनामा ५ प्रतिशतले बढी हो। प्रस्तुत बजेटमा पुँजीगत खर्चतर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रुपैयाँ र चालु खर्चतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार रुपैयाँ विनियोजन गरिएको छ।

मन्त्री शाहले प्रस्तुत गरेको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, सडक, ऊर्जा, रोजगारी सिर्जना र सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख छ।

बजेटको आकार अपेक्षाकृत सानो भए पनि राजनीतिक सहमति बिना अन्तिम समयमा ल्याइनु तथा कार्यान्वयन चुनौतीपूर्ण हुने संकेत देखिएको छ।
कर्णाली प्रदेशले कानुनी बाध्यता पूरा गरे पनि बजेट निर्माण र कार्यान्वयन प्रक्रियामा देखिएको अव्यवस्था र असहमतिले आगामी दिनमा समस्या निम्त्याउन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

अबको मुख्य चुनौती भनेको बजेटलाई समयमै कार्यान्वयन गर्दै जनताको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्नु हो। सत्तापक्ष र विपक्षी दलहरूबीच समन्वयको अभाव रहेसम्म नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन कठिन बन्न सक्छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...