कर्मचारीको फर्मलाई अनुदान दिने मन्थलिका लिलाराज मदीरा पार्टीमा

Written by meropradesh creator

३ श्रावण २०७९, मंगलवार

रामेछाप । मुद्रा मैत्री हाकिमको रुपमा आफनो पहिचान बनाएका मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लीलाराज पौडेलले आफुलाई कमिसन लेनदेन सँगै दारु सेवनका लागि पनि अब्बल हाकिमका रुपमा परिचित गराएका छन् ।

उनले मन्थली नगरपालिका–१ शुकाजोर खोलामा आफनै नगरका कानून अधिकृत सुदर्शन राय संलग्न रहेको हरियालि संम्बृद्ध कृषक समूहलाई नियम विपरित बर्षेनी अनुदान मिलाई दिए बापत उक्त फर्ममा पुगेर दारु पार्टिमा सामेल हुने गरेको सरोकारवालाहरुले गुनासो गरेका छन् । पौडेल असार ३१ गते आफना कानून अधिकृत सुदर्शन रायले आयोजना गरेको दारु पार्टिमा सहभागि हुनका लागि सरकारी मोटर साईकलको समेत दुरुपयोग गर्दै लेखा अधिकृत अनन्त सापकोटा सहितको टिमलाई लिएर शुकाजोर खोलामा पुगेका थिए ।

उक्त कृषि फर्मको लागि अधिकृत पौडेलले कानुन अधिकृत सुर्दशन रायको प्रभावमा आ.व.०७७÷७८ सालमा घेरा तथा तारवार शिर्षकमा ३ लाख र पोखरी निमार्णका लागि ३ लाख गरि ६ लाख रुपैयाँ अनुदान रकम दिएका थिए । त्यसैगरी आर्थिक वर्ष ०७८÷७९ मा सोही समुहका लागि प्लाष्टिक टनेल निमार्णको लागि ७ लाख ५० हजार र गाई लाई पानी खुवाउने पोखरी निमार्णको लागि ८२ हजार उपलव्ध गराएका थिए ।तत्कालिन मन्थली–५ का वडाध्यक्ष र कानुन व्यवसायी समेत रहेका रामवहादुर कार्की भने नियमित रुपमा एउटै फर्मलाई अनुदान दिएर पौडेलले कानून विपरित काम गरेको बताए ।

उनले नियमित एउटै संस्था र त्यसमा पनि आफनो कर्मचारी सम्मीलित फर्मलाई आर्थिक प्रलोभनका भरमा अनुदान रकम दिनु भनेको कति सम्म जायज कुरा हो ? उनले प्रति प्रश्न पनि गरे । उनले सो काम कानुन विपरीत भएको आरोप पनि लगाए । उनले अनुदान रकम दिदा पनि कानुन अधिकृत रायले कार्यपालिकाको आँखा छलेर अधिकृत पौडेलसँगको मिलेमतोमा कमिसनको ग्यारेन्टी सहित रकम हात लाउन सफल भएको बताए । अन्यथा उत्पादन शुरु गरि नसकेको अवस्थामा त्यो पनि सिमित व्यक्ति सामेल समुहलाई कसरी सरकारी अनुदान दिन मिल्छ ? उनले प्रति प्रश्न गरे ।

उनले यस कुरालाई आफ्नो सामाजिक संञ्जाल फेसवुक मार्फत पनि सार्वजनिक गरेका छन् । उनले भनेका छन्– असार मसान्तको मुखमै आएर नगरको काममा व्वस्त हुनुपर्ने बेलामा प्रमुख पौडेल कानुन अधिकृत र उनको टिमलाई लगानी गरेको फर्ममा पुगेर आफ्नो दलबल सहित मदिरा पार्टीमा लठ्ठ हुनुले पौडेलको वास्तविक प्रतिविम्वलाई परिभाषित गरेको छ । यसमा उनलाई लाज लाग्नु पर्ने हो । यसरी खुल्ला रुपमा दिउँसो अनुदान रकममा तोक लाउँदै राती मदीरा पार्टीमा सामेल हुने त्यसमा पनि आफ्नै कर्मचारीको फर्ममा ! त्यसैले यस्ता खालका प्रशासकिय अधिकृतलाई नगरपालिकाले तत्काल कानुनको दायरमा ल्याएर दण्डित गरीयोस् । उनले भक्तपुरको साडे जस्तै आफुलाई मन्थली नगरको साढेको रुपमा प्रस्तुत गर्दै ब्रम्हलुट मच्काउदा पनि कसैको ध्यान नजानु दुःखद कुरा हो कार्कीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

पौडेलको हैकम बादी चरित्र र लोकतन्त्रको अवस्थालाई हेर्दा उनको हर्कत सदरमुकामको दुस्मनको रुपमा परिचित घ्याप्चेको पहिरो भन्दा सानो छैन् । यदी उनको व्यवहारलाई नगरले अकुशं नलगाउने हो भने चाडै नै मन्थली नगरपालिका श्रीलंका जस्तै टाट पल्टाउने कार्कीले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । त्यसैगरी निर्वतमान वडा अध्यक्ष रहेका कार्कीले नगरका कानुन अधिकृतले असार मसान्त देखी आफ्नो जागिरको करार अवधी सकिने भएकाले र म्याद थपका लागि पनि सहज गराउनका लागि प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत सहितको टिमलाई बोलाएर रात्री भोजमा सरिक गराएका हुन् । रायले प्रशासकिय अधिकृतलाई प्रभावमा पारेकै कारण दुई पटक अनुदान लिन र हाकीमका प्रिय पात्रका रुपमा स्थापित हुन सफल भएको पनि कार्कीले बताए ।

घटनाको बारेमा उक्त समुहका कोषाध्यक्ष समेत रहेका होतराज ढकालले उहाँहरु फर्मले आयोजना गरेको पार्टीमा सामेल भएको स्वीकार गरेका छन् । उनले भने– म आफु काठमाण्डौं गएकाले कार्यक्रममा सहभागी हुन भने सकिन । उहाँहरु पार्टीमा सहभागी हुनुहुन्छ भन्ने कुरा साथीहरुले जानकारी गराउनु भएको हो । बाँकी थप कुराको बारेमा भने आफु अनविज्ञ रहेको पनि ढकालले बताए ।

यस सवन्धमा प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलसँग सम्र्पक गर्दा उनी गैर जिम्वेवार रुपमा प्रस्तुत भए । विनम्रता पूर्वक सोधिएको जवाफमा पौडेलले भने म र मेरो टोली पार्टीमा सामेल भएको सत्य हो । यसमा मलाई कुनै संकोच छैन् । फेरी पनि साथीहरुले बोलाए भने गएर खाने नै हो । कसले के–के गर्न सक्छन त्यो गरे हुन्छ, पौडेलको जवाफ थियो । त्यस्तै सोही पार्टीमा सहभागी भएका एक कर्मचारीले भने हाकिम साबले जाउँ भन्नु भयो त्यही भएर हामीहरु पनि गएका हौं ।

यस बिषयमा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठसँग सम्र्पक गर्दा यदी हो भने यो सबै कुरा दुर्भाग्य पूर्ण रहेको बताए । उनले भने एउटै कृषक समुहलाई लगातार दुई÷दुईपटक अनुदान दिने कुरा गलत भएको भन्दै जुन कुराको वारेमा आफु बेखवर रहेको र आरोपीत समुह त्यसमा पनि आफ्नो कर्मचारी सम्मिलीत फर्मलाई अनुदान दिएर फेरी सोही फर्ममा गएर मदीरा पार्टीमा सामेल हुनु प्रशासकिय अधिकृतको गैह्र जिम्वेवारी पूर्ण काम भएको पनि प्रमुख श्रेष्ठले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...