कर्मचारी युनियनको अध्यक्षमा–घना

Written by meropradesh creator

११ पुष २०७७, शनिबार

रामेछाप । स्थानिय तह कर्मचारी युनियन जिल्ला कार्यसमितीको भेलाले घना श्रेष्ठको अध्यक्षतामा दश सदस्यिय कार्यसमिति गठन गरेको छ । शनिबार स्थानिय तह कर्मचारी युनियन नेपाल बागमती प्रदेशका अध्यक्ष शिबजी भट्टराईको अध्यक्षतामा मन्थलीमा सम्पन्न भएको छ । भेलाले जिल्लामा रहेको ८ वटा स्थानिय तहमा कार्यरत कांँग्रेस निकट कर्मचारीहरुको भेलाले घना श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा जनक भुजेल, सचिबमा शेषराज पौडेल, कोषध्यक्षमा नारायणकुमार कार्की र सदस्यहरुमा तेजबहादुर खड्का, शान्तादेवि ढकाल, दिपा बराल, डोरबहादुर श्रेष्ठ, लालबहादुर खड्का र सरीता तमाङ्गलाई सर्वसम्मत चयन गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै नेपाली काँंग्रेसका सभापती लबश्री न्यौपानेले स्थानिय तहमा भएको वेथितिको बिरुद्धमा कर्मचारीहरु एक भएर लाग्नु पर्ने बताए । उनले भने– हिजो बिराटनगरको जुट मिल बाट कर्मचारीको बिरोध शुरु भएको बिषय स्मरण गराउदै अव सबै कर्मचारी एकजुट भएर स्थानिय तहको गलत कदमको विरुद्ध लाग्नु पर्ने समय आएको छ ।
त्यस्तै स्थानिय तह कर्मचारी युनियन नेपालका केन्द्रिय अध्यक्ष नरबहादुर साउथले स्थानिय तहका कर्मचारीहरुको अधिकार र संरक्षणको लागी युनियनले महत्वपूर्ण भुमिका खेल्ने भन्दै कर्मचारीहरु एक भएको खण्डमा देशमा भईरहेको भ्र्रस्टाचार अन्त्य गर्न सकिने र अहिलेको सरकारको गलत कदम रोक्न सक्ने बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...