रामेछाप । स्थानिय तह कर्मचारी युनियन जिल्ला कार्यसमितीको भेलाले घना श्रेष्ठको अध्यक्षतामा दश सदस्यिय कार्यसमिति गठन गरेको छ । शनिबार स्थानिय तह कर्मचारी युनियन नेपाल बागमती प्रदेशका अध्यक्ष शिबजी भट्टराईको अध्यक्षतामा मन्थलीमा सम्पन्न भएको छ । भेलाले जिल्लामा रहेको ८ वटा स्थानिय तहमा कार्यरत कांँग्रेस निकट कर्मचारीहरुको भेलाले घना श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा जनक भुजेल, सचिबमा शेषराज पौडेल, कोषध्यक्षमा नारायणकुमार कार्की र सदस्यहरुमा तेजबहादुर खड्का, शान्तादेवि ढकाल, दिपा बराल, डोरबहादुर श्रेष्ठ, लालबहादुर खड्का र सरीता तमाङ्गलाई सर्वसम्मत चयन गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै नेपाली काँंग्रेसका सभापती लबश्री न्यौपानेले स्थानिय तहमा भएको वेथितिको बिरुद्धमा कर्मचारीहरु एक भएर लाग्नु पर्ने बताए । उनले भने– हिजो बिराटनगरको जुट मिल बाट कर्मचारीको बिरोध शुरु भएको बिषय स्मरण गराउदै अव सबै कर्मचारी एकजुट भएर स्थानिय तहको गलत कदमको विरुद्ध लाग्नु पर्ने समय आएको छ ।
त्यस्तै स्थानिय तह कर्मचारी युनियन नेपालका केन्द्रिय अध्यक्ष नरबहादुर साउथले स्थानिय तहका कर्मचारीहरुको अधिकार र संरक्षणको लागी युनियनले महत्वपूर्ण भुमिका खेल्ने भन्दै कर्मचारीहरु एक भएको खण्डमा देशमा भईरहेको भ्र्रस्टाचार अन्त्य गर्न सकिने र अहिलेको सरकारको गलत कदम रोक्न सक्ने बताए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...