कर्मचारी र बिचौलियाको साँठगाठले करदाता मारमा

Written by meropradesh creator

२५ माघ २०७८, मंगलवार

रामेछाप । करदाता सेवा कार्यालय रामेछापमा कार्यरत कर्मचारी र बिचौलियाको साँठगाठ बढ्दै जाँदा करदाताहरुले सहज रुपमा सेवा पाउन नसकेको गुनासो गरेका छन् ।

करदाता सेवा कार्यालयमा दैनिक जाने सेवाग्राहीहरुले सो कार्यालयबाट सहज रुपमा सेवा पाउन नसकेको गुनासो रामेछापमा कार्यालय स्थापना भएदेखी गर्दै आएका छन् । करदाताको काम सो कार्यालयवाट हुनुपर्नेमा उक्त कार्यालयमा कार्यरत कर्मचारीहरुले बाहिर गराएर ल्याउनुस भन्दै बिचौलियाकोमा पठाउने गरेको गुनासो खाँडादेवी गाउँपालिका–३ का महेश कार्कीले जानकारी दिए ।

उनले भने– मैले आफ्नो व्यवसाय फर्म बन्द गर्न आवश्यक कागजात सहित करदाता सेवा कार्यालयमा पेश गरेको थिए । सो कार्यालयका कर्मचारीहरुले यो काम कार्यालयवाट भन्दा पनि बाहिर गराएर ल्याउनुुस् अनि मात्रै हुन्छ भने । आफुलाई यस बिसयमा केही जानकारी थिएन । मैले बाहिर काम गराउँदा बिचौलियाले मागे जति पैसा तिरेर काम त गराए । बाहिर काम सकेर कार्यालयमा पेश गरेको फायलको काम दुई दिन बितिसक्दा पनि अझै आफ्नो काम पुरा हुन नसकेको सेवाग्राही कार्कीले बताए ।


करदाता सेवा कार्यालयमा प्यान, भ्याट र करचुक्ता लगाएतका कामहरु लिएर कार्यालयमा जाँदा सो कार्यालयमा कार्यरत खरिदार नविन घिमिरेले करदाताको कामको प्रकृतीको फायल नै अध्ययन नगरी कार्यालय बाहिर व्यवसाय गरेर बसेका बिचौलियाको सिधै पठाउने गरेको गुनासो एक व्यवसायीले आफ्नो नाम नछाप्ने सर्तमा बताए ।

उनले भने– बरु हामीलाई बिचौलियाको पठाउनु भन्दा यति पैसा चाहिन्छ दिनुस् भन्दा हामी सजिलै दिने थियौं । कार्यालयमा जाँदा काम पनि नगर्ने बाहिर बिचौलियाको गएर उनीहरुले मागे जति पैसा दिनु पर्दा एकातिर पैसाको सत्यनास भएको छ भने अर्कोतिर समयको समेत बर्बादी हुँदै आएको ती व्यवसायीले गुनासो गरे ।

करदाता सेवा कार्यालयमा काम लिएर गएका धेरै व्यवसायीहरुले सहज रुपमा सेवा पाउन नसकेको भन्दै गुनासो लिएर दैनिक उद्योग वाणिज्यसंघमा आउनेको संख्यामा बृद्धि भएको रामेछाप उद्योग वाािण्ज्य संघले जनाएको छ । जिल्लामा नै करदाता सेवा कार्यालय स्थापना भएपछि सहज ढंगले व्यवसायीले सेवा सुविधा पाउँछन भन्ने जुन आशा लिएका थियौं त्यो पुरा हुन नसकेको रामेछाप उद्योग वाणिज्य संघका एका पदाधिकारीले जानकारी दिए ।

करदाता सेवा कार्यालयवाट करदाताहरुलाई दैनिक रुपमा सेवा उपलव्ध गराउँदै आएको भएता पनि करको काम अनलाइन सिस्टम मार्फत गर्नुपर्ने भएकाले उक्त काम बाहिरवाट गरेर ल्याउनुस भनेर कर्मचारीले भनेको हुनसक्ने करदाता सेवा कार्यालय रामेछापका कर अधिकृत कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।

उनले भने– करदाताले आफै अनलाइन सिस्टममा भर्दा पनि हुन्छ । कतिपय करदाताले अनलाइन सिस्टममार्फत भर्न नजान्दा उक्त काम बाहिर अन्य व्यक्तिवाट गराएर ल्याउनुस भनेको होला । कार्यालयका कर्मचारीहरुले बिचौलियाकोमा पठाएजस्तो आफुलाई नलागेको अधिकृत न्यौपानेले बताए ।

विभिन्न शिर्षकमा राज्यलाई बुझाउनु पर्ने कर बुझाउन जाँदा रामेछापका करदाताले दुःख व्यर्होदै आएका छन् । करदाता सेवा कार्यालयले कार्यालयमा निःशुल्क रुपमा अनलाइन सिस्टम मार्फत करदाताको कागजात अपलोड गर्ने व्यवस्था नमिलाएसम्म रामेछापका धेरै करदाताले अझै हैरानु खेप्नु पर्ने र बिचौलिया मौलाउने काम बढ्दै जाने व्यवसायीहरु बताउँछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गोकुलगङ्गामा छैठौँ राष्ट्रपति रनिङशील्ड सम्पन्न, शारदा मावि च्याम्पियन

गोकुलगङ्गामा छैठौँ राष्ट्रपति रनिङशील्ड सम्पन्न, शारदा मावि च्याम्पियन

रामेछापको गोकुलगङ्गा गाउँपालिकामा आयोजना गरिएको छैठौँ राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। मङ्सिर १९ गतेदेखि वडा नम्बर ५, नामाडीमा सुरु गरिएको प्रतियोगिता हिजो आइतबार औपचारिक रुपमा समापन गरिएको हो। प्रतियोगितामा शारदा माध्यमिक विद्यालय च्याम्पियन...

रामेछापमा बढ्यो जुनार उत्पादन , जुस उद्योगले थप्यो उत्साह

रामेछापमा बढ्यो जुनार उत्पादन , जुस उद्योगले थप्यो उत्साह

रामेछापका जुनार बगैँचाहरू यतिबेला पहेंलपुर भएका छन् । हिउँद सुरु भएसँगै सुकाजोर, गाईटार, ओख्रेनी, भालुखोप, हिमगंगा, फूलासीलगायत क्षेत्रका बगैँचामा पाकेर झुन्डिएका जुनारले गाउँको वातावरण नै आकर्षक बनेको छ । वर्षभरिको मेहनतको फल पाकेको देख्दा किसानहरूको अनुहारमा...

नेपाली कांग्रेस पुस २६–२८ मा नियमित महाधिवेशन गर्दै, विधि–विवादलाई सहमतिमा टुङ्ग्याउँदै

नेपाली कांग्रेस पुस २६–२८ मा नियमित महाधिवेशन गर्दै, विधि–विवादलाई सहमतिमा टुङ्ग्याउँदै

काठमाडौं । लामो तानातान र आन्तरिक विवादपछि नेपाली कांग्रेस अन्तत ः पुस महिनामै नियमित महाधिवेशन गर्ने निष्कर्षमा पुगेको छ । सभापति शेरबहादुर देउवा सिंगापुर उपचारबाट फर्किएपछि असन्तुष्ट नेताहरूसँग गरिएको निरन्तर छलफलले पार्टीको विवादित महाधिवेशन कार्यतालिका सर्वसम्मत...