कर्मचारी अभाबमा डिभिजन वन कार्यालयको काम प्रभावित

Written by meropradesh creator

५ पुष २०७७, आईतवार

रामेछाप । डिभिजन वन कार्यालय रामेछापमा लामो समयदेखी दरवन्दी अनुसारका कर्मचारीको पदपूर्ति हुन नसक्दा कार्यालयले सम्पादन गर्ने दैनिक कामहरु प्रभावित हुँदै आएको छ ।
कार्यालयमा अधिकृत स्तरको नवौं÷दशौं तहको वन अधिकृत देखी चौकीदार समेत गरि ४५ जनाको दरवन्दी भएको डिभिजन वन कार्यालयमा हाल १९ जना कर्मचारी मात्र कार्यरत रहेका छन् । कर्मचारी अभावका कारण जिल्लाका विभिन्न सामुदायिकको स्थलगत अनुगमन, सामुदायिक वनमा भएको फडानी, चोरी निकासी लगाएतका कामहरु समेत गर्न सकेको छैन् ।
डिभिजन वन कार्यालय माताहतका जिल्लाका ६ वटा सव–डिभिजन कार्यालयले कर्मचारी अभावका कारण काम गर्न सकेका छैनन् । कर्मचारी अभावको विषयमा पटकपटक प्रदेश सरकारलाई पत्राचार गर्दा समेत अहिलेसम्म कर्मचारी नपठाएको डिभिजन वन कार्यालय रामेछापका डिभिजन अधिकृत कृष्णराज न्यौपानेले जानकारी दिए ।
उनले भने– कार्यालयमा कर्मचारी नै छैनन् । जिल्लामा विभिन्न स्थानिय तहहरुमा व्यापकरुपमा सामुदायिक वन फडानी भएको, काठको चोरी निकासी भएको लगाएतका विभिन्न समस्याका बिषयमा स्थानियहरुले जानकारी गराउँदा पनि त्यस क्षेत्रमा कर्मचारी खटाउन सकिएको छैन् । कर्मचारी नभएकाले भएका कर्मचारीहरुलाई आलोपालो प्रणाली मार्फत काममा खटाउँदै आएको डिभिजन वन अधिकृत न्यौपाने बताउँछन् ।
हाल डिभिजन वन कार्यालयमा अधिकृत स्तर सातौ तहमा ३ जना (वन तर्फ) अधिकृत सहायक पाँचौ तहमा १ जना अधिकृत (प्रशासन), अधिकृत सहायक पाँचौ (लेखा) १ जना, खरिदार चौथो तह (प्रशासन) १ जना, वन रक्षक १८ जना, हलुका सवारी चालक १ जना र चौकीदार १ जना गरि २६ जनाको दरवन्दी रिक्त रहेको डिभिजन वन कार्यालय रामेछापले जनाएको छ । कर्मचारी नहुँदा लामो समयसम्म कार्यालय समेत खुल्दैनन् ।
कर्मचारी अभाव हुँदा सव–डिभिजन कार्यालय हिमगंगा, चिसापानी, धोबी, दोरम्वा, खाँडादेवी र ठोसेको काम प्रभावित हुँदै आएको छ । ती कार्यालयमा कर्मचारी नहुँदा सेवा लिन आएका सेवाग्राहीहरु काम विना नै फर्कने गरेका छन् । वन सम्वन्धि काम लिएर बल्लबल्ल सव–डिभिजन वन कार्यालय ठोसेमा पुग्दा कर्मचारी नभएको भन्दै आफु त्यतिकै फर्कनु परेको उमाकुण्ड गाउँपालिका वडा नं–२ वाम्तीका रोकटवहादुर वस्नेतले जानकारी दिए ।
उनले भने–टाढाको वाटो मरीतरी कार्यालयमा पुगे । कर्मचारी छैनन् तपाइको काम अहिले हुँदैन भन्दै कार्यालयमा भएका कर्मचारीहरुले फर्काउने गरेको छन् । कम्तीमा कार्यालयमा कर्मचारी त राख्नु पर्ने हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...