कर तिरेर जिम्मेवार नागरिक बन्न नगरप्रमुख बस्नेतको आग्रह

Written by meropradesh creator

२ मंसिर २०७८, बिहीबार

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले राज्यलाई कर तिर्नु नागरिकको दायीत्व भएकोले कर तिरेर जिम्मेवार नागरिक बन्नका लागि सबै पेशा ब्यवसायी सँग आग्रह गरेको छ । दशौं राष्ट्रिय कर दिवसको अवसरमा करदाता सेवा कार्यालय मन्थलीको आयोजना र रामेछाप उद्योग वाणिज्य संघको समन्वयमा भएको कर सप्ताहाको उद्घाटन् कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले सो कुरा बताएका हुन् । नगर प्रमुख बस्नेतले राज्यलाई कर तिर्नु पर्दा दुख मन गर्ने संस्कार गलत रहेकाले कर तिरेर जिम्मेवार नागरिक बन्नका लागि सबै पेशा ब्यवसायी सँग आग्रह गरेका हुन् ।
आम्दानी हुनेले मात्र राज्यलाई कर तिर्नु पर्ने भएकोले कर असुलिलाई सकरात्मक तरिकाले बुझेर राज्यलाई सहयोग गर्न पनि प्रमुख बस्नेतले सर्ब साधारणलाई आग्रह गरेका छन् । करोडौको गाडि चढेर बीस रुपैया कर तिर्न झगडा गर्नेहरु पनि समाजमा रहेको उदाहरण प्रस्तुत गर्दे प्रमुख बस्नेतले हामिले तिरेको करबाट मात्र समाज र मुलुकको सम्बृद्धि संभब हुने भएकोले सबैलाई करको दायरामा आउन पनि आग्रह गरेका छन् ।


रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक पहाडी,करदाता सेवा कार्यालयका प्रमुख कृष्ण प्रसाद न्यौपाने नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, उद्योग वाण्ज्यि संघ वागमति प्रदेशका सदस्य श्याम थापा , रामेछाप उद्योग वाणिज्य संघ रामेछापका महासचिब नबराज ढुँगेल लगाएतका बक्ताहरुले कर दीवस र त्यसको महत्वका बारेमा जानकारी गराएका थिए । कार्यक्रम अघि कर कार्यालयबाट निस्किएको र्यालीले बजार परिक्रमा गरेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सार्वजनिक सेवा पारदर्शी र प्रभावकारी बनाउने प्रतिवद्धता

सार्वजनिक सेवा पारदर्शी र प्रभावकारी बनाउने प्रतिवद्धता

रामेछाप । लिखुतामाकोशी गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०८१र८२ को वार्षिक समीक्षा तथा चालु आर्थिक वर्ष २०८२र८३ को अर्धवार्षिक अवधिसम्म प्रदान गरिएका सेवा–सुविधाको...

कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थप

कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थप

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन सहमतिभन्दा निर्वाचनतर्फ मोडिएको छ । सभापति शेरबहादुर देउवाले नेतृत्व छोड्न अस्वीकार गरेपछि विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचन प्रक्रियामार्फत नै पार्टीको नीति र नेतृत्व टुंग्याइने स्पष्ट पारेका छन् । रातभर विभिन्न चरणमा...

कारागारभित्र के लुकाइँदैछ ? अदालतको निरीक्षण रोकिनु रहस्यमय

कारागारभित्र के लुकाइँदैछ ? अदालतको निरीक्षण रोकिनु रहस्यमय

रामेछाप । कैदीबन्दीबाट पटक–पटक कुटपिट र दुव्र्यवहारको गुनासो आएपछि वस्तुस्थिति बुझ्न जिल्ला कारागार पुगेको अदालतको टोलीलाई प्रवेशमै रोकिएपछि रामेछाप कारागारको आन्तरिक अवस्था थप रहस्यमय बन्दै गएको छ। न्यायाधीशकै नेतृत्वमा पुगेको अनुगमन टोलीलाई प्रशासनिक आदेशको आडमा...