कोशी किनारमा बस्ने नागरिकलाई सधै त्रास

Written by meropradesh creator

२३ श्रावण २०७९, सोमबार

रामेछाप । सदियौ देखी तामाकोशी र सुनकोशी नदी किनारमा बसोबास गर्दै आएका नागरिकहरुमा बर्षात शुरु भएदेखी बर्षात नसकुन्जेल उनीहरुको रातको निद्रा हराउने गरेको छ ।

नदी किनारमा बसोबास गर्ने नागरिकलाई लक्षित गरेर छिमेकी जिल्ला दोलखाको च्छो रोल्पा हिमताल फुट्नसक्ने भन्दै करिव १५ वर्षअघि सरकारले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सूचना दिने साइरन जडान गरेको थियो । उक्त साइरन सरकारले संरक्षण गर्न नसक्दा अहिले ती साइरनको नाम निसाना समेत छैनन् । जसका कारण नदी तटीय क्षेत्रमा वस्ने नागरिकहरुलाई सरकारले वर्षातको समयमा नदीमा पानीको वहाव बढ्दा सर्तक रहन रेडियो, टेलीभिजन, अनलाइन जस्ता संचारमाध्यमवाट सूचना जारी गरेता ती सूचना सबै क्षेत्रमा पुग्न नसकेको मन्थली नगरपालिका–६ भलुवाजोरका नवराज माझीले जानकारी दिए ।

उनले भने– नदी तटिय क्षेत्रमा कतीपय स्थानमा टेलीफोन नेटर्वक नटिप्ने, रेडियो लगाएतका संचारमाध्यम समेत नसुनिने समस्या रहेको छ । जसकोकारण धेरै नागरिकहरुले रातको समयमा कोशीको वहाब बढे नबढेको हेरेर सुत्नु पर्ने वाध्यता रहेको छ । सरकारले नदी तटिय क्षेत्रमा वसोवास गर्ने नागरिकहरुलाई लक्षित गरी नदीको वहाव बढ्दा साइरन बज्ने व्यवस्था गरिदिनुपर्ने माग माझीले गरेका छन् ।


वर्षातमा आएको बाढीले बर्षेनी नदी तटीय क्षेत्रको हजारौ रोपनी जमीन समेत कटान गर्दै आएको छ । यसलाई रोक्न सरकारले नत स्थानिय तहका जनप्रतिनिधिहरुले नदी तटिय क्षेत्र आसपासका नागरिकको बस्ती संरक्षण गर्न कुनै चासो नदिएको मन्थली नगरपालिका–२ का जनक खत्रीले जानकारी दिए ।

उनले भने– हामी नदी किनारमा घर हालेर वस्ने नागरिकहरु वर्षेनी जोखिम मोलेर वस्न वाध्य छौं । सरकारले नदी तटिय क्षेत्रमा वसोवास गर्ने नागरिकहरुको जीउँ ज्यानको सुरक्षाको लागि वस्ती छेउमा तटवन्धन गरिदिनुपर्ने हो । यसतर्फ अहिलेसम्म ध्यान नजानु दःखुद कुरा भएको खत्रीले बताए ।

रामेछापको तामाकोशी नदी अन्तर्गत खिम्ती,पन्थली, तिल्पुङ, करम्वोट, जखनीटार, गाइखुरा, आकाशे, हाटेचौर,मुगिटार, कुनौरी, रजगाउँ, सेलेघाट नदी तटिय क्षेत्रका नागरिकहरु वर्षातको समयमा त्रसित हुनुपर्ने अवस्था छ । त्यसैगरी सुनकोशी नदीको तटीय क्षेत्र अन्तर्ग पुछिघाट, डफ्का, कोथवे, वेलघारी लगाएतका नदीको तटिय क्षेत्रमा वसोवास गर्ने नागरिकहरु समेत वर्षातमा त्रसित हुनुपर्ने अवस्था रहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...