कोरोनाले यस कारण बनाउदै छ कंगाल

Written by meropradesh creator

२२ माघ २०७७, बिहीबार

विश्व अहिले कोरोना भाइरस (कोभिङ—१९) को आतंकले त्रसित छ । कोरोना संक्रमण विश्वभर तीब्ररुपमा सल्किदै गएको कारणबाट विश्व स्वास्थ्य संगठनले मार्च १३ तारिखमा महामारी नै घोषणा गरेको थियो । रोग फैलिने तीब्रताको कारण नेपाल लगायत दक्षिणपूर्वी एशियालाई उच्च जोखिम रहेको घोषणा समेत गरेको छ । कोरोना संक्रमणको जोखिम मानव स्वास्थ्यको साथसाथै आर्थिक क्षेत्रमा पनि गम्भिर हुदै गएको छ । कोरोना संक्रमणले विश्व अर्थतन्त्रमा पहिरो जाने क्रम बढ्दो छ । यस प्रकोपको कारणबाट ठुलै आर्थिक र मानवीय मूल्य चुकाउनु पर्ने देखिन्छ । विश्वको अर्थव्यवस्था धरासायी हुँदै गएकोले सर्वत्र चिन्ता र चासो सार्वजनिक भैराखेका छन् । कोरोनाले व्यक्ति, परिवार, समाज र देशलाई कंगाल बनाउदै छ ।
चीन, दक्षिणकोरिया, जापान, अमेरिका तथा यूरोपलगायतका औद्योगिक देशहरुमा उद्योगधन्दामा आएको मन्दीका कारण तेलको मूल्यमा ६८ प्रतिशतले गिरावट आएको छ । विश्वको शेयर बजार निरन्तर ओरालो लागेको छ । पर्यटन व्यवसाय धरासायीको अवस्थामा पुग्दै छ । मुलुकहरुमा कोरोना नियन्त्रणका लागि लकडाउनको लहर नै चलेको छ । हवाई यातायात ठप्पको अवस्थामा पुग्दै छ । यात्रु आवगमनको अवस्था घटेको कारणबाट आर्थिक गतिविधिमा शिथिलता आउनु स्वभाविकै हो । जसको कारणबाट कैयौं श्रमिकको रोजगारी गुम्दै छ । यसले व्यक्तिको दैनिक जीवनयापनका लागि खर्च जुटाउन पनि द्यौ द्यौ पर्ने चुनौति थपिने नै छ । आर्थिक गतिविधिमा हुने मन्दीको कारण राज्यको ढुकुटिमा नकारात्मक असर नपर्ने कुरै भएन । यसले विश्व अर्थतन्त्रमा गर्ने क्षति सन् २००३ मा फैलिएको सार्स संक्रमणको क्षतिभन्दा कैयौं गुणा बढी हुने अर्थविदले प्रक्षेपण गरिरहेका छन् । कोरोनाले अहिले सम्म विश्व अर्थतन्त्रमा करीब ८ खर्ब अमेरिकी डलर भन्दा बढी क्षति पुगेको अनुमान एशियाली विकास बैंकले गरेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले पनि कोरोनाको कारण विश्व आर्थिक बृद्धि दर ०.५ प्रतिशतले खुम्चिएर २.४ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । अझ यो क्रमको तीब्रता आगामी दिनहरुमा अझ बढ्ने आंकलन गरिएको छ ।
कोरोना भाइरसको संक्रमण नेपालको आर्थिक क्षेत्रमा नकरात्मक संकेतहरु देखिन थालेका छन् । नेपालको अर्थतन्त्रमा यसको अल्पकालिन र दीर्घकालिन कस्तो असर पर्ला ? सबैको चिन्ता र चिन्तन विषय बन्नु पर्दछ । आउदो दिनहरुमा यसको नतिजा कस्तो होला ? अध्ययन र अनुसन्धानबाट निकास खोज्न विलम्व गरिनु हुन्न । विश्वका उदीयमान अर्थतन्त्र भएका विशाल छिमेकी देशहरु चीन र भारत बाट कोरोना नियन्त्रण तथा अर्थव्यवस्थालाई सुदृढ पार्न आवश्यक सदभाव र सहयोग जुटाउने कौशल सरकारले देखाउन चुक्नु हुन्न् । नेपालको कुल ग्राहस्थ उत्पादन ०.०४ प्रतिशत अर्थात १२.१२ मिलियन अमेरिकी डलरमा खुम्चिने आंकलन गरिएको छ ।
नेपालको अर्थतन्त्र मूलतः पर्यटन उद्योग र वैदेशिक रोजगारले धानेको छ । यी दु्बै क्षेत्र कोरोना संक्रमणले धराशायी हुंदै गएको जगजाहेर नै छ । अन्य देशहरुसंग प्रत्यक्ष सरोकार र निर्भर रहने यी दुबै क्षेत्र अस्थिर र जोखिमपूर्ण मानिन्छन् । नेपालको पर्यटन र वैदेशिक रोजगार क्षेत्रमा कोरोनाको निर्मम प्रभाव पर्दै गएको छ । पर्यटन मन्दीले ग्रामिण भेगका स्थानिय पसले, नाङले पसले देखि, ठुला डिपार्टमेन्टल स्टोर, चिया पसल देखि पाँचतारे होटल, ट्याक्सी चालक देखि बस चालकहरुलाई विस्तारै नकारात्मक असर पार्दै छ । अझ यसको गम्भिर असर महिलाको गर्भमा भएको शिशु देखि १८ वर्ष मुनिका बालबालिकाहरुमा प्रत्यक्षरुमा देखिएको छ । हाल कोरोनाको खोप स्वास्थ्यकर्मी बाट शुरु गरि सप्पुर्ण व्यक्तीमा ३ महिना भित्र लागाई सक्ने घोषणा नेपाल सरकारले गरेता पनि त्यस भित्र १८ बर्ष भित्रका बाल बालिकालाई सो खोप लागाउन नमिल्ने भनिएको छ । जसको कारण एक वर्ष देखि शैक्षिक क्षेत्रमा पर्दै आएको असर झन बढ्ने देखिन्छ । यसको नकारात्मक असर शैक्षिक क्षेत्रमा परिरहेको र क्रमश बढ्दै जाने निश्चित नै छ ।
विश्वभरी नै पर्यटन क्षेत्र कोरोनाको चपेटामा नराम्रोसँग थलिएको छ । कोरोना संक्रमणको गति हेर्दा पर्यटन व्यवसाय तंग्रिन लामै समय लाग्ने निश्चत छ । विश्वभर चलेको लकडाउनको निरन्तरताले आन्तरिक तथा वाह्य पर्यटकको आवगमनका प्राय ठप्प छ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्रयाउने सपना पनि अधुरै रहयो । पर्यटन उद्योगसँग सम्बन्धित व्यवसाय होटल रेस्टुरा, यातायात, टूर गाइड आदिमा मन्दी आउने तीब्रता बढ्दै छ । राष्ट्रिय, अन्तर्राष्ट्रि उडानहरु विश्वभर रद्द तथा स्थगित हुदैछन् । देशको अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पु¥याउदै आएको वैदेशिक रोजगारीमा पनि कटौति वा बन्द नै भैराखेको छ । कतिपय रोजगारदाता देशहरुले कामदारको संख्या कटौति या धमाधम फिर्ता पठाउदै गरेका छन् । यसको प्रत्यक्ष असर स्थानिय संस्था तथा बाह्य संस्थाहरुमा पर्नगई कामहरु ठप्प भएका छन । यसैगरी रोजगारी गुमाउनेमा पर्यटन उद्योग र वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु नै पहिलो निसानामा परेका छन् । वैदेशिक रोजगारबाट आएको पैसामा शहर बजारमा बसाई सरेका कतिपय परिवारको बिचल्ली नै नहोला भन्न सकिन्न ।
कोरोना भाइरसको जोखिममा सबैभन्दा बढी अनौपचारिक क्षेत्रमा कार्यरत जनसमुदायलाई परेको टड्कारो देखिन्छ । यस वर्गमा रहेका जनसमुदायमा पर्याप्त स्वास्थ्य जनचेतनाको अभाव मात्र नभएर आर्थिक रुपमा पनि कमजोर भएकाले संक्रमणबाट जोगिन आवश्यक सुरक्षाका उपायहरु अवलम्बन गर्न सक्दैनन् । सुरक्षित पेसाको अभावमा दिनभरी कमाएर विहान बेलुकाको छाक टार्ने श्रमिकको लागि यो महामारीले सबैभन्दा बढी ग्रसित पार्नुका साथै दुखका साथ भन्नुपर्छ यसैकारण आत्माहत्याको दर बढ्दो रुपमा भएको पनि देखिन्छ । सरकारले यस्ता विपन्न र निमुखा जनसमुदायको पहिचान गरी राहतको सुविधा प्रदान गर्ने नीति लिनु लोककल्याणकारी राज्यको प्रमुख दायित्व हो । अन्यथा रोजिरोटीको गर्जो टार्न यो वा त्यो ठाउँमा भौंतारिन विबस यो वर्ग नै जान अन्जानमा भाइरस फैलाउने प्रमुख एजेन्ट नबन्लान भन्न सकिन्न । पिछडिएका क्षेत्रमा बसोबास गर्ने अधिकाँशको दिगो र सुरक्षित रोजगारी नभएका मानिसको स्वस्थ एवम् स्वच्छ गाँस, बास र कपासको न्यूनतम व्यवस्था गर्न सके देखि कोरोना संक्रमण फैलिन केहि हदसम्म रोक्न टेवा पुग्ने तर्फ हेक्का राख्न बिर्सनु भूल हुन सक्छ । राज्यले अभिभावकत्व लिएको महसुस सबै जनताले गर्न पाउने परिस्थिती सिर्जना गर्न सरकार चुक्नु हुन्न ।
कोरोेना भाइरसको महामारीले ल्याएको विसम परिस्थितिसँग सावधानीपूर्वक जुध्नुको विकल्प हाम्रो सामु छैन् । आत्तिनु भन्दा पनि संयमतापूर्वक सामना गर्दै अन्य देशहरुबाट पाठ सिकेर कोरोना प्रतिरोधका आक्रमक रणनीति बनाउनु बुद्धिमानी ठहर्छ । साथसाथै देश आत्मनिर्भर बन्ने उपाय र क्षेत्रहरु प्हिचान गरेर विदेशिएका युवा जनशक्तिलाई स्वदेशमा नै पसिना बगाउने अवसर खोजिनुका साथै घरमा बस्ने महिलाहरुको लागि घरेलु हाते सिपका तालिमहरुको ब्यवस्था गरिनु पर्दछ । नेपाल कृषिप्रधान देश भनिए तापनि अहिले घट्दै गएर ६५ प्रतिशत जनसंख्या मात्र कृषिमा निर्भर छन् । त्यस्तै उद्योग धन्दाहरु धमाधम बन्द भएका छन् । सूचना र प्रविधिसँग सरोकार राख्ने पेशा व्यवसाय त्यति फस्टाएका छैनन् । रोजगार सिर्जना गर्ने खालका व्यवसायहरु संचालनमा स्पष्ट र दिगो नीति नभएको सरोकार पक्षको गुनासाको रौचिरा विश्लेषणबाट निष्कर्षमा पुग्न विलम्ब गरिनु हुन्न । जनता र सरकारको परस्पर सहकार्य भरपर्दो भएमा पक्कै पनि कोरोना आक्रमणलाई निस्तेज पार्न सकिने चीनको सफलताबाट हामीले पनि सिक्नु पर्दछ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सार्वजनिक सेवा पारदर्शी र प्रभावकारी बनाउने प्रतिवद्धता

सार्वजनिक सेवा पारदर्शी र प्रभावकारी बनाउने प्रतिवद्धता

रामेछाप । लिखुतामाकोशी गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०८१र८२ को वार्षिक समीक्षा तथा चालु आर्थिक वर्ष २०८२र८३ को अर्धवार्षिक अवधिसम्म प्रदान गरिएका सेवा–सुविधाको...

कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थप

कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थप

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन सहमतिभन्दा निर्वाचनतर्फ मोडिएको छ । सभापति शेरबहादुर देउवाले नेतृत्व छोड्न अस्वीकार गरेपछि विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचन प्रक्रियामार्फत नै पार्टीको नीति र नेतृत्व टुंग्याइने स्पष्ट पारेका छन् । रातभर विभिन्न चरणमा...

कारागारभित्र के लुकाइँदैछ ? अदालतको निरीक्षण रोकिनु रहस्यमय

कारागारभित्र के लुकाइँदैछ ? अदालतको निरीक्षण रोकिनु रहस्यमय

रामेछाप । कैदीबन्दीबाट पटक–पटक कुटपिट र दुव्र्यवहारको गुनासो आएपछि वस्तुस्थिति बुझ्न जिल्ला कारागार पुगेको अदालतको टोलीलाई प्रवेशमै रोकिएपछि रामेछाप कारागारको आन्तरिक अवस्था थप रहस्यमय बन्दै गएको छ। न्यायाधीशकै नेतृत्वमा पुगेको अनुगमन टोलीलाई प्रशासनिक आदेशको आडमा...