रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा नेकपा रामेछापका जिल्ला इञ्चार्ज देवशंकर पौडेलले कोरोनाको खोप किन्न नसकेर बिदेसी शक्तीहरु संग हात थापदै हिड्ने वली सरकार चुनाव समयमा नै गराउछु भन्दै नाटक गर्दे हिडेको बताएका छन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाले रामेछापको दोरम्बा गाउँपालिका (२ दोरम्बामा मा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । यतीबेला देश कोरोनाको कारण थल थल भएको अवस्थामा कोरोनाको खोप देशमा ल्याउन छाडेर चुनाब गराउछु भन्दै हिड्नु हास्यास्पद रहेको बताएका छन् ।
नेता पौडेलले भने हामी सबै कार्यकर्ताहरुलाई असल कम्युनिष्ट बन्न प्रेरित गर्दछौं तर नेपाल कम्युनिष्ट पार्टीका नेता वलीले भ्रस्टचारीको संरक्षण गरेर आफुहरुले गरेको कार्य लाई गलत साबीत गर्न खोजेको आरोप लगाएका छन् । नेता पौडेलले भने हामी नेपाललाई उज्यालो बनाउने कुलमान घिसिङको जिल्लाको मान्छे हौं तर लोडसेडिङ कुलमानले हैन, हामीले अनत्य गरेको हौं भन्दै फेरि नेपालमा लोडसेडिङ गर्दैछन् भन्दै वली सरकारको चर्को बिरोध गरे ।
असुरक्षा भएको भन्दै प्रधानमन्त्री केपी ओली ९ महिनासम्म बालुवाटारबाट पार्टी कार्यालय जानु भएन, सिंहदरबार जानु भएन, तर अहिले पूर्व र पश्चिम पुगेर भाषण गरिरहनु भएको छ, यो कस्तो नाटक हो । बुधबार रामेछापको दोरम्बा गाउँपालिका–२ ले आयोजना गरेको जनसभा कार्यक्रमलाई संवोधन गर्दै जिल्ला इञ्चार्ज पौडेलले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी ओलीले भारतले नाकाबन्दी लगाएको बेलामा ९९ नम्बर ल्याउनुभयो, सबैलाई केपी ओली राष्ट्रवादी हो भन्ने पनि प¥यो तर अहिले आएर ओलीले शून्य नम्बर ल्याउनुभयो, त्यसैले प्रधानमन्त्री ओली फेल भइसक्नु भएको छ पौडेलले भने ।
घरको अभिभावकले ढाट्दैन तर हाम्रो देशको अभिभावकले ढाट्दै छ अनि केही लाउकेहरु उनको पछाडि लागिरहेका छन् । आपूmसँग भएको दुई तिहाई बहुमतलाई फालेर मुइको टिप्न खोज्दै छ, मुर्खले पानीमा खसेको ५ रुपैयाँ टिप्न निहुरिदा खल्तीमा भएको सय रुपैयाँ झरेकोजस्तै हालत हुँदैछ केपी ओलीको पौडेलले भने ।