कोरोनाको खोप किन्न नसक्ने सरकार चुनाब गराउछु भन्छ ः पौडेल

Written by meropradesh creator

७ माघ २०७७, बुधबार

रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा नेकपा रामेछापका जिल्ला इञ्चार्ज देवशंकर पौडेलले कोरोनाको खोप किन्न नसकेर बिदेसी शक्तीहरु संग हात थापदै हिड्ने वली सरकार चुनाव समयमा नै गराउछु भन्दै नाटक गर्दे हिडेको बताएका छन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाले रामेछापको दोरम्बा गाउँपालिका (२ दोरम्बामा मा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । यतीबेला देश कोरोनाको कारण थल थल भएको अवस्थामा कोरोनाको खोप देशमा ल्याउन छाडेर चुनाब गराउछु भन्दै हिड्नु हास्यास्पद रहेको बताएका छन् ।


नेता पौडेलले भने हामी सबै कार्यकर्ताहरुलाई असल कम्युनिष्ट बन्न प्रेरित गर्दछौं तर नेपाल कम्युनिष्ट पार्टीका नेता वलीले भ्रस्टचारीको संरक्षण गरेर आफुहरुले गरेको कार्य लाई गलत साबीत गर्न खोजेको आरोप लगाएका छन् । नेता पौडेलले भने हामी नेपाललाई उज्यालो बनाउने कुलमान घिसिङको जिल्लाको मान्छे हौं तर लोडसेडिङ कुलमानले हैन, हामीले अनत्य गरेको हौं भन्दै फेरि नेपालमा लोडसेडिङ गर्दैछन् भन्दै वली सरकारको चर्को बिरोध गरे ।
असुरक्षा भएको भन्दै प्रधानमन्त्री केपी ओली ९ महिनासम्म बालुवाटारबाट पार्टी कार्यालय जानु भएन, सिंहदरबार जानु भएन, तर अहिले पूर्व र पश्चिम पुगेर भाषण गरिरहनु भएको छ, यो कस्तो नाटक हो । बुधबार रामेछापको दोरम्बा गाउँपालिका–२ ले आयोजना गरेको जनसभा कार्यक्रमलाई संवोधन गर्दै जिल्ला इञ्चार्ज पौडेलले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी ओलीले भारतले नाकाबन्दी लगाएको बेलामा ९९ नम्बर ल्याउनुभयो, सबैलाई केपी ओली राष्ट्रवादी हो भन्ने पनि प¥यो तर अहिले आएर ओलीले शून्य नम्बर ल्याउनुभयो, त्यसैले प्रधानमन्त्री ओली फेल भइसक्नु भएको छ पौडेलले भने ।
घरको अभिभावकले ढाट्दैन तर हाम्रो देशको अभिभावकले ढाट्दै छ अनि केही लाउकेहरु उनको पछाडि लागिरहेका छन् । आपूmसँग भएको दुई तिहाई बहुमतलाई फालेर मुइको टिप्न खोज्दै छ, मुर्खले पानीमा खसेको ५ रुपैयाँ टिप्न निहुरिदा खल्तीमा भएको सय रुपैयाँ झरेकोजस्तै हालत हुँदैछ केपी ओलीको पौडेलले भने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा संदिग्ध कारोबारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको हो । विशेष...