कोरोनाको जोखिम वढेसँगै प्रशासनले सुरक्षा मापदण्डमा कडाई गर्ने

Written by meropradesh creator

११ चैत्र २०७७, बुधबार

रामेछाप । पछिल्लो समय नेपालमा पनि कोरोना भाइरसको जोखिम पुनः बढेपछि गृहमन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई थप सुरक्षा मापदण्डमा कडाई गर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयले सोमवार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्ड कडाई गर्न निर्देशन दिएको हो । छिमेकी मुलुक भारतमा दैनिक रुपमा कोरोना भाइरसका संक्रमणका बिरामीहरु बढ्न थालेपछि नेपालको सिमानामा कडाई गरिनु पर्ने, स्वास्थ्य मापदण्डमा कडाई गर्नुपर्ने, अनावश्यक भीडभाड र विभिन्न कार्यक्रमहरु बन्द गराउनुपर्ने, धेरै नागरिकहरु जम्मा हुने, भेला सम्मेलन हुने लगाएतका कार्यक्रमहरु बन्द गराउनुपर्ने लगाएतका निर्देशन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई गराएको हो ।
त्यसैगरी गृह मन्त्रालयले सवै जिल्ला प्रशासन कार्यालयहरुलाई क्वारेन्टाइनदेखी आइसोलेशन कक्ष तयारी कक्षामा राख्नुपर्ने लगाएतका बिषयमा समेत जानकारी गराएको हो । त्यस्तै पछिल्लो समय नेपालमा पनि कोरोना भाइरसका विरामीहरुको संख्यामा दैनिक रुपमा बृद्धि हुन थालेपछि सतर्कता अपनाउन चिकित्सकहरुले सुुझाव दिएका छन् ।
कोरोना संक्रमण बढ्दै जाँदा यसवर्षको होली लगाएतका चाडपर्वको बेला झनै संक्रमण बढ्ने भएकाले यसवर्षको होली पर्व मनाउदा सावधानी अपनाएर होली मनाउन गृह मन्त्रालयले सर्वसाधारण नागरिकहरुलाई आग्रह समेत गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...