रामेछाप । कोरोना भाइरस (कोभिड १९)बाट रामेछापमा थप एक जनाको ज्यान गएको छ । यो संगै रामेछापमा कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ । जिल्ला अस्पताल रामेछापमा उपचार गरिरहेका लिखुतामाकोशी गाउँपालिका वडा नं. १ निवासी ५३ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार दिउँसो २ः३० बजे ज्यान गएको हो । वैशाख २८ मङ्गलबार जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको उक्त संक्रमितको शनिबार दिउँसो २ः३० बजे ज्यान गएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कणर्ले जानकारी दिए । हिजो बिहान ३ बजे सुनापती गाउँपालिका–२ दिमिपोखरी निवासी ६३ बर्षका पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको थियो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...