रामेछाप । नेपाल शिक्षक संघ लिखुतामाकोशी गाउँपालिका समितीका पुर्व अध्यक्ष सोमबहादुर महतका परिवारलाई नेपाल शिक्षक संघ रामेछापले आर्थिक सहयोग गरेको छ । २०७८ सालमा आएको कोरोना माहामारीबाट ज्यान गुमाएका महतको परिवारलाई नेपाल शिक्षक संघ रामेछापले शनिवार ५४ हजार आर्थिक सहयोग गरेको नेपाल शिक्षक संघका सचिव रामकृष्ण श्रेष्ठ जनाएको छ ।
नेपाल शिक्षक संघ रामेछापका सचिव रामकृष्ण श्रेष्ठ को पहलमा शिक्षकहरुबाट संकलन गरिएको रकम एक कार्यक्रम बीच नेपाल शिक्षक संघका पुर्व केन्द्रिय सदस्य गुन्ज बहादुर श्रेष्ठ, स्थापक सचिव लक्ष्मण कुमार घिमिरे र निवर्तमान अध्यक्ष नबराज घिमिरेले शनिबार सँयुक्त रूपमा महतका छोरा अमिर महतलाई हस्तान्तरण सचिब श्रेष्ठले जानकारी दिए । सो कार्यक्रममा नेपाल शिक्षक संघ, महासंघका प्रदेस ,जिल्ला तथा स्थानीय नेतृत्वको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल शिक्षक संघ खाँडादेवी गाउँपालिका स्थानीय समिति ले संयोजन गरिएको थियो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...