रामेछाप । कोरोना संङ्क्रमणवाट बुधबार रामेछापमा थप एक बृद्धको ज्यान गएको छ । कोरोना संङ्क्रमणबाट ज्यान गुमाउनेमा मन्थली नगरपालिका वडा नं १ का ६६ बर्षिय बृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
कोरोना संङ्क्रमित बृद्धको मगंलवार मात्रै उपचारको लागि तामाकोशी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए । दिर्घ रोग भएका बृद्धको यसअघि लामो समयसम्म काभ्रेको धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो । बृद्धको बुधवार मृत्यु भएसँगै रामेछापमा कोरोना संक्रमण भएर ज्यान गुमाउनको संख्या तीन पुगेको छ । यसअघि खाँडादेवी गाउँपालिकाका एक पुरुष र लिखु तामाकोशी गाउँपालिकाका एक पुरुषको कोरोना संक्रमणवाट ज्यान गएको थियो ।
त्यस्तै वुधवार जिल्लामा थप १४ जना कोरोना संङ्क्रमित थपिएका छन् । थपिएका १४ जना समेत जिल्लामा हालसम्म कोरोना संक्रिय सङ्क्रमितको संख्या ३ सय ५८ जना पुगेको छ । रामेछापमा हालसम्म कोरोना सङ्क्रमित हुनेको संख्या ५ सय ५ जना पुगेको छ । कोरोना संङ्क्रमितहरु मध्ये हालसम्म १ सय ४५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । कोरोना संङक्रमण भएर आइसोलेसनमा राखेर उपचार गराइरहेका मध्ये गम्भिर भएपछि ६ जनालाई थप उपचारको लागि राजधानि काठमाण्डौं रिफर गरिएकोे छ । त्यस्तै जिल्लावाट स्वाब संकलन गरि परिक्षणको लागि पठाइएका २ सय ४ जनाको स्वाब परिक्षणको रिर्पोट जिल्लामा आउँन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।