रामेछाप । रामेछापमा कोरोना संक्रमितको संख्या ८८ पुगेको छ । सोमबार एकै दिन २९ जनामा संक्रमित भए संगै रामेछापमा संक्रमितको संख्या ८८ पुगेको हो ।
माघ ३ गते सोमबार सम्म जिल्लाका विभिन्न पालिकामा ८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाले सोमबार ४७ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जना र चार जनाको पीसीआर परीक्षण गर्दा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । थापाका अनुसार अहिले मन्थली नगरपालिकामा २७ जना, रामेछाप नगरपालिकामा १६ जना, उमाकुण्ड गाउँपालिकामा ६ जना, खाँडादेवी गाउँपालिकामा १८ जना, गोकुलगङ्गा गाउँपालिकामा ९ जना, लिखुतामाकोसी गाउँपालिकामा २ जना र दोरम्बा सैलुङ गाउँपालिकामा १ जना गरी ७९ जना सक्रिय सङ्क्रमित होम आइसोलेशनमा छन् । त्यसैगरी जिल्ला अस्पतालमा ३ जना, गोकुलगङ्गा गाउँपालिकामा १ जना, लिखुतामाकोसी गाउँपालिकामा ४ जना र सुनापति गाउँपालिकामा १ जना गरी ९ जना सक्रिय सङ्क्रमित संस्थागत आइसोलेशनमा बसेका छन् । जनस्वास्थ्य अधिकृत थापाका अनुसार जिल्लामा अहिलेसम्म एक लाख १० हजार ७ सय १७ जनाले कोरोना विरुद्धको पहिलोमात्राको खोप लगाएका छन् भने ६२ हजार ४ सय ६९ जनाले कोरोना विरुद्धको पूर्णमात्रा खोप लगाइसकेका छन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...