कोरोना संक्रमित बढेसँगै उमाकुण्डको काम प्रभाबित

Written by meropradesh creator

२५ जेष्ठ २०७८, मंगलवार

रामेछाप । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिकामा विश्वभर फैलिएको दोश्रो कोरोना भाइरसका कारण गाउँभर कोरोना संक्रमित विरामीहरु बढेसँगै गाउँपालिकावाट प्रदान गरिदै आएका अधिकासं सेवाहरु प्रभावित भएका छन् ।
पालिका भित्र कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै पालिकाको कार्यालयले अहिले दैनिक अत्यावश्यक काम वाहेकका अन्य कामहरु प्रभावित भएको हो । पछिल्लो समय पालिका भित्रका अधिकासं वडामा वस्ती वस्तीमा कोरोना संक्रमितका विरामीहरु देखिन थालेपछि यसलाई न्युनिकरण गर्न पालिका, वडा कार्यालयहरुले अत्यावश्यक सेवाहरु वाहेक अन्य सेवाहरुको काम रोकेको हो ।
उमाकुण्ड गाउँपालिकाको ७ वटै वडाहरुमा कोरोनो संक्रमितका विरामीहरु बढ्दै गएपछि वडा कार्यालयहरुले दुईदिनको फरकमा कार्यालय खोलेर अत्यावश्यकिय सेवाहरु प्रदान गरिएको र वाँकी अन्य वडा कार्यालयले नागरिकहरुलाई प्रदान गर्दै आएका सवै सेवाहरु बन्द गरिएको उमाकुण्ड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्रकुमार पैकराले जानकारी दिए ।
उनले भने– कोरोना महामारी बढेसँगै पालिकाले अहिले स्वास्थ्यको क्षेत्र र विकास निमार्णका कामहरु वाहेक अन्य सवै किसिमका सेवाहरु बन्द गरिएको छ । यसअघि पालिकाले नागरिकहरुलाई दिदै आएका सेवाहरुमा विवाह दर्ता, जन्म दर्ता, मृत्यु दर्ता लगाएतका कामहरु अहिले हुन सकेको छैन् । त्यस्तै योजना निमार्णका कामहरु सम्पन्न भएता पनि ती योजनाहरुको स्थलगत अनुमगन र भुक्तानीमा समेत कोरोना महामारीका कारण समस्या भएको अधिकृत पैकराले बताए ।
पालिकाले अत्यावश्यक सेवाहरु नागरिकहरुलाई प्रदान गर्न सुरक्षा मापदण्ड अपनाएर प्रदान गर्दै आएको छ । त्यस्तै पालिकाभित्र संक्रमितहरुको संख्या बढेसँगै नागरिकहरुलाई हिड्डुलमा प्रतिबन्द लगाउनुको साथै वजारका पसल तथा होटलहरु संचालनमा पूर्णरुपमा रोक लगाइएको छ । यसअघि पर्यटकहरुको आवतजावत हुने पदमार्ग कोरोना संक्रमणका कारण ठप्प रहेको छ । नागरिकहरुको सहजताको लागि खाद्यान्न र तरकारी पसलहरु विहान निश्चित समयमा खोल्न दिने र बाँकी समय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
दोश्रो लहरको कोरोनाका कारण उमाकुण्ड गाउँपालिकामा हालसम्म १ सय ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु मध्ये हालसम्म ३७ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने अहिले पनि ६९ जना सक्रिय कोरोना संक्रमितको होमआइसोलेसनमा बसेका छन् । त्यसैगरी पालिकामा कोरोना संक्रमण भएको र उपचारको क्रममा राजधानीमा ४ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
कोरोना संक्रमणवाट ज्यान गुमाउनेमा उमाकुण्ड गाउँपालिका वडा नं ४ प्रिती गचेप्टेका २ पुरुष, वडा नं ७ भुजीका १ पुरुष र वडा नं २ बाम्तीकी १ महिला रहेका छन् । उनीहरुको गाउँमै कोरोना पुष्टि भएता पनि उपचारको क्रममा जिल्ला बाहिर नै ज्यान गएको हो । कोरोना संक्रमितको संख्या बढेसँगै पालिकाले २० बेडको आइसोलेसन कोभिड अस्पताल संञ्चालनमा ल्याएको छ ।


उमाकुण्ड गाउँपालिकाले प्रितीको च्यादलुमा यसअघि ५ वेडको अस्पताल संञ्चालनमा ल्याएको थियो । पछि कोरोना महामारीसँगै कोरोना संक्रमितका विरामीहरु बढेसँगै पालिकाले उक्त अस्पतालको बेड संख्या बढाएर २० पुर्याएको हो । अस्पतालमा कोरोना संक्रमितका विरामीहरुलाई अक्सिजन अभाव हुन नदिन पालिकाले २० वटा अक्सिजन सिलिण्डर खरिद समेत गरको छ । यसवाहेक पालिकाले संञ्चालन गरेको अस्पताललाई विभिन्न दाताहरुले दिएको अक्सिजन सिलिण्डर सहित हाल ४० वटा अक्सिजन सिलिण्डरहरु रहेको उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्की (बस्नेत)ले जानकारी दिइन ।
उनले भनिन्– गाउँमा कोरोना संक्रमितका विरामीहरु बढेसँगै अहिले गाउँका वस्ती वस्तीमा स्वास्थ्यकर्मीहरुको टोली पुगेर एन्टिजेन विधि र पिसिआर विधि दुवै तरिकावाट कोरोना परिक्षण गर्ने काम भइरहेको छ । त्यस्तै कोरोना संक्रमण दर बढ्न सक्ने भएकाले सबै नागरिकहरुलाई घरभित्रै वस्न र अति आवश्यक काम परेमा मात्रै घर वाहिर निस्कदा माक्स, सेनिटाइजर प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न सल्लाह दिइएको पनि उपाध्यक्ष कार्की (बस्नेत)ले बताइन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...