कोरोना संक्रमित बढेसँगै उमाकुण्डको काम प्रभाबित

Written by meropradesh creator

२५ जेष्ठ २०७८, मंगलवार

रामेछाप । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिकामा विश्वभर फैलिएको दोश्रो कोरोना भाइरसका कारण गाउँभर कोरोना संक्रमित विरामीहरु बढेसँगै गाउँपालिकावाट प्रदान गरिदै आएका अधिकासं सेवाहरु प्रभावित भएका छन् ।
पालिका भित्र कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै पालिकाको कार्यालयले अहिले दैनिक अत्यावश्यक काम वाहेकका अन्य कामहरु प्रभावित भएको हो । पछिल्लो समय पालिका भित्रका अधिकासं वडामा वस्ती वस्तीमा कोरोना संक्रमितका विरामीहरु देखिन थालेपछि यसलाई न्युनिकरण गर्न पालिका, वडा कार्यालयहरुले अत्यावश्यक सेवाहरु वाहेक अन्य सेवाहरुको काम रोकेको हो ।
उमाकुण्ड गाउँपालिकाको ७ वटै वडाहरुमा कोरोनो संक्रमितका विरामीहरु बढ्दै गएपछि वडा कार्यालयहरुले दुईदिनको फरकमा कार्यालय खोलेर अत्यावश्यकिय सेवाहरु प्रदान गरिएको र वाँकी अन्य वडा कार्यालयले नागरिकहरुलाई प्रदान गर्दै आएका सवै सेवाहरु बन्द गरिएको उमाकुण्ड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्रकुमार पैकराले जानकारी दिए ।
उनले भने– कोरोना महामारी बढेसँगै पालिकाले अहिले स्वास्थ्यको क्षेत्र र विकास निमार्णका कामहरु वाहेक अन्य सवै किसिमका सेवाहरु बन्द गरिएको छ । यसअघि पालिकाले नागरिकहरुलाई दिदै आएका सेवाहरुमा विवाह दर्ता, जन्म दर्ता, मृत्यु दर्ता लगाएतका कामहरु अहिले हुन सकेको छैन् । त्यस्तै योजना निमार्णका कामहरु सम्पन्न भएता पनि ती योजनाहरुको स्थलगत अनुमगन र भुक्तानीमा समेत कोरोना महामारीका कारण समस्या भएको अधिकृत पैकराले बताए ।
पालिकाले अत्यावश्यक सेवाहरु नागरिकहरुलाई प्रदान गर्न सुरक्षा मापदण्ड अपनाएर प्रदान गर्दै आएको छ । त्यस्तै पालिकाभित्र संक्रमितहरुको संख्या बढेसँगै नागरिकहरुलाई हिड्डुलमा प्रतिबन्द लगाउनुको साथै वजारका पसल तथा होटलहरु संचालनमा पूर्णरुपमा रोक लगाइएको छ । यसअघि पर्यटकहरुको आवतजावत हुने पदमार्ग कोरोना संक्रमणका कारण ठप्प रहेको छ । नागरिकहरुको सहजताको लागि खाद्यान्न र तरकारी पसलहरु विहान निश्चित समयमा खोल्न दिने र बाँकी समय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
दोश्रो लहरको कोरोनाका कारण उमाकुण्ड गाउँपालिकामा हालसम्म १ सय ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु मध्ये हालसम्म ३७ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने अहिले पनि ६९ जना सक्रिय कोरोना संक्रमितको होमआइसोलेसनमा बसेका छन् । त्यसैगरी पालिकामा कोरोना संक्रमण भएको र उपचारको क्रममा राजधानीमा ४ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
कोरोना संक्रमणवाट ज्यान गुमाउनेमा उमाकुण्ड गाउँपालिका वडा नं ४ प्रिती गचेप्टेका २ पुरुष, वडा नं ७ भुजीका १ पुरुष र वडा नं २ बाम्तीकी १ महिला रहेका छन् । उनीहरुको गाउँमै कोरोना पुष्टि भएता पनि उपचारको क्रममा जिल्ला बाहिर नै ज्यान गएको हो । कोरोना संक्रमितको संख्या बढेसँगै पालिकाले २० बेडको आइसोलेसन कोभिड अस्पताल संञ्चालनमा ल्याएको छ ।


उमाकुण्ड गाउँपालिकाले प्रितीको च्यादलुमा यसअघि ५ वेडको अस्पताल संञ्चालनमा ल्याएको थियो । पछि कोरोना महामारीसँगै कोरोना संक्रमितका विरामीहरु बढेसँगै पालिकाले उक्त अस्पतालको बेड संख्या बढाएर २० पुर्याएको हो । अस्पतालमा कोरोना संक्रमितका विरामीहरुलाई अक्सिजन अभाव हुन नदिन पालिकाले २० वटा अक्सिजन सिलिण्डर खरिद समेत गरको छ । यसवाहेक पालिकाले संञ्चालन गरेको अस्पताललाई विभिन्न दाताहरुले दिएको अक्सिजन सिलिण्डर सहित हाल ४० वटा अक्सिजन सिलिण्डरहरु रहेको उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्की (बस्नेत)ले जानकारी दिइन ।
उनले भनिन्– गाउँमा कोरोना संक्रमितका विरामीहरु बढेसँगै अहिले गाउँका वस्ती वस्तीमा स्वास्थ्यकर्मीहरुको टोली पुगेर एन्टिजेन विधि र पिसिआर विधि दुवै तरिकावाट कोरोना परिक्षण गर्ने काम भइरहेको छ । त्यस्तै कोरोना संक्रमण दर बढ्न सक्ने भएकाले सबै नागरिकहरुलाई घरभित्रै वस्न र अति आवश्यक काम परेमा मात्रै घर वाहिर निस्कदा माक्स, सेनिटाइजर प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न सल्लाह दिइएको पनि उपाध्यक्ष कार्की (बस्नेत)ले बताइन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...