कोरोना फ्रन्टलाइनमा काम गर्ने रामेछापका २२१ स्वास्थ्यकर्मीले रकम पाएनन्

Written by meropradesh creator

१५ बैशाख २०७८, बुधबार

रामेछाप । अघिल्लो वर्षको कोरोना जोखिम मोलेर फ्रन्टलाइनमा काम गर्ने रामेछापका २ सय २१ जना स्वास्थ्यकर्मीहरुले एकरुपैयाँ पनि जोखिम भत्ता पाउन सकेका छैनन् ।
कोरोनाको जोखिम मोलेर नागरिकहरुको उद्धारमा खटिएका रामेछापका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता रकम पाउन नसक्दा उनीहरु दुःखित भएका छन् । अघिल्लो पटक आफ्नै ज्यानको बाजी थापेर अघिल्लो पक्तिंमा बसेर रातदिन नभनी काम गरेका स्वास्थ्यकर्मीहरुले सरकारले दिने भनेको जोखिम भत्ता रकम स्थानियतहले नदिएपछि पुनः दोश्रो चरणको कोरोना महामारीमा काम नफर्कने मनस्थिती स्वास्थ्यकर्मीहरुले बनाएका छन् ।
पहिलो चरणमा देखिएको कोरोना महामारीमा हामीले रातदिन नभनी नागरिकहरुको स्वास्थ्यको लागि खट्यौं । तर राज्यले दिने भनेको स्वाथ्यकर्मीहरुलाई जोखिम भत्ता एक रुपैयाँ पनि पाउन नसक्दा धेरै दुखित भएको सुनापति गाउँपालिका वडा नं ५ खनियापानी स्वास्थ्यचौकीका इन्चार्ज बिनोद मण्डलले जानकारी दिए ।
उनले भने– हामीले काम गरेको अवधिको रकम दिनुस् भनेर धेरै पटक गाउँपालिकामा धायौं । तर एक रुपैयाँ पनि कोरोनाको नाममा रकम पाउन सकेनौं । अघिल्लो वर्षकै जोखिम भत्ता नपाएपछि यसपटक आफ्नो ज्यानको वाजी थापेर कोरोनाका बिरामीको उपचारमा संलग्न नहुने इन्चार्ज मण्डलले बताए ।


जिल्लाको दोरम्वा गाउँपालिकाका ४५ जना, मन्थली नगरपालिकाका १ सय ३३ जना, सुनापति गाउँपालिकाका ४३ जना गरि २ सय २१ जना स्वास्थ्यकर्मीहरुले पहिलो चरणको कोरोना उपचारमा संलग्न हुँदाको जोखिम भत्ता रकम पाउन सकेका छैनन् । यसवाहेक जिल्ला स्वास्थ्य कार्यालय, गोकुलगंगा गाउँपालिका, उमाकुण्ड गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, रामेछाप नगरपालिका र खाँडादेवी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरु मध्ये केहीले गएको असार मसान्तसम्मको त केहीले गत असोज महिनासम्मको जोखिम भत्ता रकम बुझेका छन् ।
कोरोना महामारीको समयमा नागरिकको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई प्रदान गर्ने भनिएको जोखिम भत्ता रकम विभिन्न बहानाबाजी गर्दै नदिएपछि पुनः कोरोना महामारीका विरामीहरुको उपचारमा संलग्न हुने जाँगर मरेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा कार्यरत स्वास्थ्यकर्मी युवराज सापकोटाले जानकारी दिए ।
दोश्रो चरणको कोरोना महामारीको रुप भयाभय बन्दै जाँदा विरामी भएको बखत उपचारमा संलग्न हुनुपर्ने बिषयमा वुधवार बोलाइएको सुनापति गाउँपालिकाको स्वास्थ्यकर्मीहरुको बैठकमा सहभागी स्वास्थ्यकर्मीहरुले अघिल्लो वर्षको जोखिम भत्ता नपाएसम्म काममा संलग्न नहुने भन्दै कर्मचारीहरु बैठकनै छाडेर हिडेको सुनापति गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अर्जुन श्रेष्ठले जानकारी दिए ।
उनले भने– कोरोना संक्रमितको रातको समयमा काम गर्ने कर्मचारीलाई खाजा खर्च वापत दैनिक ३ सय ४० रुपैयाँ दिने भनिएको छ । त्यसवाहेक कर्मचारीहरुले कोरोनाको जोखिम भत्ताको नाममा अहिलेसम्म कुनै पनि रकम पाउन सकेका छैनन् श्रेष्ठले बताए ।
यता जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा कार्यरत ३८ जना स्वास्थ्यकर्मीहरुले पनि गत असोज महिना यता देखी कोरोना जोखिम भत्ता वापतको रकम पाउन सकेका छैनन् । पटक–पटक जोखिम भत्ताको लागि आवश्यक रकम माग गर्दा समेत पाउन नसक्दा स्वाथ्यकर्मीहरुमा नैराश्यता उत्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा.जितेन्द्रकुमार मण्डलले जानकारी दिए ।


धेरै स्वास्थ्यकर्मीहरुले कोरोनाको बहाना बनाएर काममै नगएका स्वास्थ्यकर्मीहरुले पनि रकम माग गर्ने, सुत्केरी विदामा वसेकाले पनि रकम माग गर्ने लगाएत विभिन्न गलत तरिका अपनाएर रकम माग गरेकाले स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता रकम नदिएको मन्थली नगरपालिकाका कार्यकारी अधिकृत लिलाराज पौडेलले जानकारी दिए ।
उनले भने– कोरोना महामारीको समयमा फ्रन्टलाइनमा काम गर्ने कर्मचारीहरुको संख्या यकिन गरी ती कर्मचारीहरुलाई रकम दिन्छौं । तर काममै नआएका कर्मचारीहरुको हकमा भने एकरुपैयाँ पनि रकम प्रदान गर्दैनौ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...