कोभिड–१९ विरुद्धको खोप माघ १४ गतेबाट

Written by meropradesh creator

१२ माघ २०७७, सोमबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गतेबाट सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गते बिहान १० बजे शुभारम्भ गरिने जानकारी दिएका छन् ।
स्वास्थ्यमन्त्री त्रिपाठीले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा खोप लगाउने पहिलो प्राथमिकतामा परेका फ्रन्टलाइनरलाई खोप लगाएर खोप अभियानको शुभारम्भ गर्ने जानकारी दिए ।
माग १४ गते सातै प्रदेशभित्रका ६२ वटा अस्पतालहरुमा र १२० भन्दा बढी खोप केन्द्रहरुबाट कोरोना विरुद्धको खोप अभियान सुभारम्भ हुने मन्त्री त्रिपाठीले बताए । मन्त्री त्रिपाठीका अनुसार खोप अभियान सातवटै प्रदेशका अस्पताल तथा काठमाडौंमा रहेका प्रमुख अस्पतालहरुमा भर्चुअल विधिबाट एकैसाथ शुभारम्भ गरिने छ । १८ गतेभित्र देशका ७७ वटै जिल्लाका ३०० वटा खोप केन्द्र मार्फत खोप अभियान संचालन गरिने बताएका छन् । मन्त्री त्रिपाठीले पहिलो चरणको खोप अभियान १० दिनभित्र सम्पन्न हुने जनाएको छ । पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य रहेको मन्त्री त्रिपाठीले जानकारी दिए ।
मन्त्री त्रिपाठीले विश्वभर कोरोना विरुद्धको खोपको माग तीव्र रहेको समयमा सरकारको प्रयास र भारतको सहयोगले खोप प्राप्त भएको भन्दै खोपको समुचित प्रयोग गरी खेर जान नदिने पनि बताए । सातै प्रदेशमा खोप अभियान सञ्चालनका लागि टेकुस्थित राष्ट्रिय खोप भण्डारण केन्द्रबाट सातै प्रदेशका खोप भण्डारण केन्द्रमा आवश्यक खोप पठाइ सकेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चेक अनादर कसुरमा सेफ सन्तोष साह पक्राउ

चेक अनादर कसुरमा सेफ सन्तोष साह पक्राउ

बैंकिङ कसुर (चेक अनादर) तथा ठगी मुद्दामा सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले उनलाई महोत्तरीबाट नियन्त्रणमा लिएको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार साहलाई गएराति पक्राउ गरिएको...

प्रमाणपत्र मात्रै होइन, तालिम सकिँदा सुनापतिका युवाको खल्तीमा लाइसेन्स!

प्रमाणपत्र मात्रै होइन, तालिम सकिँदा सुनापतिका युवाको खल्तीमा लाइसेन्स!

सरकारी बजेट सिध्याउन र भित्तामा झुन्ड्याउने प्रमाणपत्र बाँड्न मात्रै तालिम गरिन्छ भन्ने आम बुझाइलाई रामेछापको सुनापति गाउँपालिकाले चिरेको छ। गाउँपालिकाले आयोजना गरेको युवा लक्षित हलुका सवारी चालक तालिमको परिणाम दुरुस्तै देखियो, जहाँ तालिम सकिदासम्म १५ जना युवाहरूले...

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो एक वर्षे कार्यकाल शान्ति सुरक्षा कायम गर्न, नागरिक सन्तुष्टि दिलाउन र विपद् व्यवस्थापनमा पूर्ण रूपमा सफल रहेको दाबी गर्नुभएको छ। सप्तरी सरुवा भई जान लाग्नुभएका प्रजिअ थापाले सञ्चारकर्मीहरूसँगको बिदाइ भेटघाटमा...