कम्युनिस्टले जस्तो सर्त राखेर हैन निर्सत कांग्रेसले काम गर्छ ः सचिब खड्का

Written by meropradesh creator

२७ आश्विन २०७८, बुधबार

रामेछाप । नेपाली कांग्रेस रामेछापका जिल्ला सचिब दिपक खड्काले कम्युनिष्टले जस्तो सर्त राखेर कांग्रेसले काम नगर्ने बताएका छन । सचिब खड्काले नेपाली कांग्रेसले निर्सत रुपमा जन भावना अनुसार काम गर्ने बताएका छन् । नेपाली कांग्रेस गोकुलगंगा गाउँपालिका २ ठोसेले आयोजना गरेको दशै तिहार तथा छट पर्बको शुभकामना आदन प्रर्दान कार्यक्रममा बोल्दै सचिब खड्काले सो कुरा बताएका हुन । कम्युनिष्टले योजना दिन र काम गर्न भन्दा पहिलानै सर्त लगाउने गरेको भन्दै नेपाली कांग्रेसले आफुले सकेको काम बिना र्सत गर्ने बताएका हुन । नेपाली कांग्रेसका नेता तथा पार्टी सभापती पुर्णबहादुर तामाङ कान्छारामले दिएको एम्बुलेन्सले कांग्रेस एमाले नछुट्याई सकेसम्म सबैको ज्यान जोगाउन लागेको छ तर कुनै सर्त राखेको छैन् । कांग्रेसका अर्का नेता तथा महाधिबेसन प्रतिनिधी भरत चौलागाईले सबै बिद्यार्थीलाई पोसाक र झोला बितरण बिना सर्त गरेको छ । तर कम्युनिष्टका नेता तथा कार्यकर्ताले बिना सर्त
कुनै काम नगरेको बताएका छन् । सचिब खड्काले नेकपा एमाले ले जितेको गाउपालिका प्रमुखले ३ किलो आलुको बिउ बितरण गर्दा समेत एमाले र कांग्रेसमा बिभेद गरेको बताएका छन् ।


नेपाली कांग्रेस गोकुलगंगा गाउँपालिकाका २ ठोसेका सभापती सुन्दर कुमार कार्कीको अध्यक्षतमा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमीती सदस्य कल्पना कार्की खड्का, डोमा शेर्पा ,उमाकुण्ड गाउँपालिका उपप्रमुख उर्मिला कार्की बस्नेत प्रदेश महाधिबेसन प्रतिनिधि प्रबिन सुनुवार गोकुलगंगा गाउँपालीका सभापती तथा वडा नम्बर १ का वडा अध्यक्ष मनिकुमार लामा लगाएतले सो कार्यक्रममा आफ्नो धारण राखेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...