कमिशन लिदै मन्थली नगरका हाकिम र लेखापाल

Written by meropradesh creator

२१ जेष्ठ २०७९, शनिबार

रामेछाप । सिङ्गो जिल्लाको पहिचान सँग जोडिएको मन्थली नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल र उनका लेखा अधिकृत अनन्त सापकोटा कमाई धमाईमा निकै खप्पिस छन् ।

यस अघिका नगर प्रमुख रमेश बस्नेतको समेत आँखा छलेर कार्यपालीकामा शासकिय र आर्थिक डण्डा चलाएर दाम कमाउन खप्पिस उनीहरुले त्यसका लागि थप कुकर्महरु गरेको विवरणहरु पनि सार्वजनिक भएका छन् ।

यस अघि कार्यपालीका भित्र हुने गरेका अनेकौ विवाद र विमतीहरुलाई कम्जोरीको आधार बनाएर मुद्रा कमाईको कुशल ब्यवस्थापकको रुपमा आफनो पहिचान बनाएका पौडेल र सापकोटाको कुशासनबाट नगर भित्रका कर्मचारिहरु पनी हैरानी भएका छन् । जसको प्रमाण बिगतमा मन्थली नगरपालिकाको लेखाअधिकृत एक कार्यकाल बिताएर सरुवा भएर गएका लेखा अधिकृत सापकोटा पुनः सरुवा भएर मन्थली नगरपालिकामै फर्किएर आएको घटनाबाट पुष्टि हुन्छ । यसको लागि पनि प्रमुख पौडेल सेटिङ्गको लागि परेका थिए । हुन त कुनै पनि कार्यालयको कुशल ब्यवस्थापन र शुसानको लागि त्यहाँको कार्यालय प्रमुख नै पारदर्शी हुनुपर्छ । तर उक्त पालिकामा भने ठीक त्यसको विपरित कृयाकलाप हुने गरेको तथ्यहरु बाहिर आएका छन् ।

प्राप्त विबरण अनुसार कार्यालय समयमानै प्रायः ढोका लगाएर मुद्रा ब्यवस्थापनको जोड घटाउ धन्दामा सामेल हँुदै आएका पौडेल र सापकोटाले नगरको सूचनामा पनि भ्रष्टाचार गरेको प्रमाणहरु समेत प्राप्त भएका छन् । जस अनुसार उनीहरुले कार्यालयको सूचनाहरु प्रकाशित गर्दा केन्द्रिय स्तरका दैनिक पत्रिका तथा विज्ञापन एजेन्सीहरु संँगको मिलेमतोमा रकम असुल्ने गरेका छन् । त्यसका लागि उनिहरुले जिल्ला स्थित संचारमाध्यमा प्रतिनिधिहरुको समेत आँखा छलेर प्रति सूचना बराबर ४० प्रतिशतसम्म कमिसन लिने गरेको रामेछापका संचारकर्मी संतोष ढुुंगेलले बताए ।

कमिसन असुलीको अभियानमा पत्रकार ढुंगेल मात्र हैन जिल्लाका अन्य थुप्रै पत्रकारहरु पनि त्यसको सिकार हुन पुगेका छन् । जिल्ला प्रतिनिधिको हैसियतले सूचना प्रकाशनको बारेमा खोजी गर्दा प्रमुख पौडेलले सूचना प्रकाशनमा लाग्ने कुल रकमको सिधै ४० प्रतिशत कमिसन पनि माग गर्नै गरेका छन् । त्यसवाहेक उनीहरुले जिल्लाबाट प्रकाशन हुने पत्रिकाहरु हुँदाहुँदै पनि स्थानिय स्तरमा कमिसन नपाउने हुँदा ती पत्रिकाको आँखा छल्दै कार्यालयको सूचना बोकेर सिधै काठमाण्डौंमा पुगेर सूचनामा बार्गेनिङ गर्दै प्रकाशन गर्न लगाएर आफ्नो इच्छा अनुसार कमिसन असुल्ने गरेका छन् ।

त्यस्तै स्थानिय पत्रपत्रिकामा प्रकासित सूचनामा पनि पौडेलले लेखा अधिकृत सापकोटा मार्फत विज्ञापन रकमको ४० प्रतिशत रकम असुल्दै आएका छन् । त्यसबाहेक दुवैको मिलेमतोमा अन्य पत्रपत्रिका पनि कमिशनको शिकार भएका छन् । जसको प्रमाण कार्यालयसँग सुरक्षित रहेको छ ।

पछिल्लो शिकार जिल्लामा प्रकाशित स्मारिका खबर साप्ताहिक बनेको छ । पालिकाबाट प्रकासित भएका विभिन्न सूचनाको रकम भुक्तानीको लागि उक्त साप्ताहिकले नगरपालिकालाई बिल पठाएको थियो । उक्त बिलमा पनि पौडेल र सापकोटा दुवैले हानाथाप गर्दै ४० प्रतिशत कमिशन माग गरेका थिए । पछि उक्त कमिशन दिन नसक्ने खबर पत्रिकाबाट गएपछि उनीहरुले उक्त पत्रिकाको बिलको भुक्तानी समेत रोकेको थिए ।

बिलको भुक्तानी तरिका र बास्तबिक विवरणको खोजी गर्दा पनि दुवै जनाको मिलेमतोमा सूचना लुकाइदै आएको छ । यसरी उनीहरुले शुसान र पारदर्शीताको धज्जी उडाउँदै सिङ्गो नगरकै बदनाम हुने गरी काम गर्दा पनि सरोकारवालाहरुको ध्यान नजानु दुःखद कुरा भएको सरोकारवाला बिरेन्द्र श्रेष्ठ बताउँछन् ।

नगरकार्यपालिकाको सूचनामा देखिएको भ्रष्टचार अनियमितता माथि लागेको आरोपका सम्वन्धमा मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलसँग सम्र्पक गर्दा उनले आफुले सूचना प्रकाशनको बिषयलाई लिएर कसैसँग कमिशन पनि नलिएको दावी गरे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...