कलाकार समाजको मंसिर १० र ११ गते मन्थलीमा साधारणसभा हुने

Written by meropradesh creator

१७ आश्विन २०७८, आईतवार

रामेछाप । रामेछाप साँस्कृतिक कलाकार समाजको यहि मंसीर १० र ११ गते मन्थलीमा साधारणसभा तथा अधिवेशन हुने भएको छ । कलाकार समाजले आइतबार पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराएका हुन् । वि.स २०६६ सालमा स्थापना भएको रामेछाप साँस्कृतिक कलाकार समाजको १२ औं साधारणसभा तथा चौथो अधिवेशन यस बर्ष भने मन्थलीमा गर्न लागेको हो । ११औं साधारण सभा भने काठमाण्डौमा सम्मपन्न गरिएको थियो ।
पत्रकार भेटघाट कार्यक्रममा कलाकार समाजका अध्यक्ष रामकुमार पौडेलले साधारणसभा तथा अधिवेशन सँगै स्रष्टा सम्मान तथा बृहत सांस्कृति कार्यक्रम पनि गरिने जानकारी दिए । जिल्लाको संस्कृतिको संरक्षण गर्ने उदेश्यले स्रष्टा सम्मान तथा बृहत सांस्कृति कार्यक्रम राखिएको अध्यक्ष पौडेलको भनाई छ । कलाकार समाजका बरिष्ठ उपाध्यक्ष कुमार कार्कीले रामेछापको शान, कला संस्कृति हाम्रो पहिचान भन्ने नाराका साथ कलाकार सामाजले विभिन्न कार्यक्रम गर्दै आएको बताए । २०६६ सालमा स्थापना भएको यो संस्थाको १२ औं साधारणसभा तथा चौथो अधिवेशन पहिलो पटक रामेछाप सदरमुकाम मन्थलीमा गर्ने तयारी गरिएकाले यसलाई सफल पार्न सहयोग गर्न सवैलाई आग्रह गरेका छन् । उनले मंसिर १० र ११ गते दुईदिन हुने कार्यक्रममा स्थानीय तथा अतिथि राष्ट्रिय स्तरका कलाकारको विभिन्न सांगितिक प्रस्तुति रहने र स्रष्टा सम्मान कार्यक्रम पनि रहने भनाई छ । रामेछाप साँस्कृतिक कलाकार समाजका महासचिव युनिक विफा घिसिङले रामेछाप जिल्लामा जन्मिएर अहिले विभिन्न क्षेत्रमा रहेका कलाकारको हित र जिल्लाको संस्कृतिको संरक्षण गर्ने उदेश्यले संस्थाले निरन्तर काम गरिरहेको बताए । कलाकार समाजका निवर्तमान अध्यक्ष प्रकाश कटुवालले रामेछाप जिल्लामा जन्मिएका कलाकार र संस्थाको हितका लागि संस्थाले गर्ने सवै काममा आफ्नो पूर्ण सहयोग हुने जानकारी दिए । पत्रकार भेटघाट कार्यक्रममा कलाकार समाजका कोषाध्यक्ष गोविन्द गौतम सहित पालिका स्तरीय रामेछाप साँस्कृतिक कलाकार समाजका पदाधिकारीहरुको सहभागिता थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...