काठमाडौँ ः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षा कार्य तालीका सार्वजनिक गरेको छ । सार्वजनिक कार्य तालीका अनुसार कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आफ्नो वार्षिक कार्य तालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने जनाएको हो ।
परीक्षाफल २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ । परीक्षाफल प्रकाशन भएको ४५ दिनभित्रमा पूरक परीक्षा हुनेछ । कक्षा ११ को परीक्षा २०८१ को जेठ पहिलो हप्तामा गर्नुपर्ने बोर्डले जनाएको छ । कक्षा ११ को रजिस्ट्रेसन फाराम पुस १५ गते खुला गरेर माघ १५ गतेसम्म भर्ने समयावधि तोकिएको छ ।
कक्षा १२ का लागि भने परीक्षा फाराम पुस १ गते खुला गरी माघ १५ गतेभित्र भरेर अनलाइनमार्फत बुझाउनुपर्ने बोर्डले जनाएको छ ।