किर्ते लालपूर्जा बनाएर जग्गा बेच्ने रामेछाप गेलुका बुढाथोकी सहित नौ पक्राउ

Written by meropradesh creator

२३ फाल्गुन २०७७, आईतवार

रामेछाप । नक्कली नागरिकता र जग्गाको लालपूर्जा बनाएर म्याग्दीकी मीना खड्काको नाममा रहेको काठमाण्डौंको जग्गा बेचेको उजुरीको आधारमा मन्थली नगरपालिका वडा नं–११ का बालकृष्ण बुढाथोकी सहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
म्याग्दी घर भई हाल बेल्जियममा बस्दै आएकी मीना खड्काको नक्कली नागरिकता र जग्गाधनी पूर्जा बनाएर उनको नाममा रहेको थानकोटको २० आना जग्गा बिक्री गरेको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको हो । नक्कली कागजात बनाएर अर्काको नामको जग्गा विक्री गरेको उजुरीको आधारमा यसअघि नै प्रहरीले केही व्यक्तिलाई प्रक्राउ गरिसकेको र थप नौजनालाई अहिले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौंले जनाएको छ ।
किर्ते कागजात बनाई अर्काको नाममा रहेको जग्गा विक्री गरेको उजुरीको आधारमा प्रहरीले काठमाण्डौंका बुढानीलकण्ठ नगरपालिका–११ का बस्ने ४७ वर्षीय विजयकुमार खड्का, धादिङ नीलकण्ड नगरपालिका पतेनी घर भई हाल चितवनको राप्ती नगरपालिका–२ पिप्ले बस्ने बालप्रसाद भट्ट, काभ्रेको पनौती नगरपालिका–४ का रामचन्द्र पुडासैनी भनिने पुुण्डेप्रसाद काफ्ले, संखुवासभा नूनढाकी गाउँपालिका–६ घरभई हाल ललितपुर महानगरपालिका–१८ भैंसेपाटी वस्ने ६३ वर्षिय इन्द्रबहादुर खत्री भनिने इन्द्रबहादुर घले, सिन्धुपाल्चोकको ठूलोधादिङ घर भई काठमाण्डौंको गोकर्णेश्वर नगरपालिका–६ बस्ने लक्ष्मी घतानी रहेका छन् ।
त्यसैगरी प्रहरीले ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–१ घरभई हाल काठमाण्डौंका महानरपालिका–६ बौद्ध बस्ने ४६ वर्षीय विजयप्रकाश सुनुवार, सिन्धुलीको कमलामाई नगरपालिका–५ घरभई हाल काठमाण्डौं महानगरपालिका–१० बानेश्वर बस्ने कृष्ण थापामगर भनिने कृष्णबहादुर दर्लामी र झापाको बचनकवल गाउँपालिका–३ घरभई हाल ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने वर्ष ४५ का कृष्णबहादुर कटुवाललाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरुले कीर्ते लालपूर्जा बनाएर जग्ग्गा बिक्री गर्ने सिलसिलामा मीना खड्काको ठाउँमा लक्ष्मी घतानीको नाम राखेका थिए । उनीहरुले बनाएको नक्कली जग्गाधनी पूर्जामा मीना खड्काको नाम राखी फोटो भने लक्ष्मी घतानीको राखेको भेटिएको छ । सो जग्गा उनीहरुले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ का कृष्णगोपाल श्रेष्ठ, रत्नकेशरी माका श्रेष्ठ, कृष्णभक्त माका श्रेष्ठ र बिजयलक्ष्मी श्रेष्ठलाई बेचेर ७२ लाख रुपैयाँ ठगि गरेको फेला परेको छ ।


यसैगरी उनीहरुले सोही जग्गा काभ्रेको धुुलिखेल बस्ने कुमार दाहाल खत्रीलाई आनाको १० लाख ५० हजार रुपैयाँ मूल्याङ्कन गरि राजिनामा पास गरी दिने भन्दै खत्रैले २०७६मंसिर ३० गते बैना रकम ३५ लाख लिई ठगी गरेका थिए । जग्गाधनी मीना खड्का र जग्गा खरिद गर्ने ५ जनाले प्रहरीमा दिएको जाहेरीको आधारमा प्रहरीले जग्गा किर्ते गरी बेच्नेहरुलाई प्रक्राउ गरिएको महानगरी प्रहरी परिसर काठमाण्डौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । उनले भने– पक्राउ परेका नौजनालाई ठगी, लिखतसम्वन्धी कसूर र संगठित अपराधको मुद्धा चलाइएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...