मेरो प्रदेश डेक्स
मन्थली, भाद्र १६
पुष्पलाल मार्ग अन्तर्गत किर्ने सडक खण्डमा तामाकोशीको बाढीले पुनः क्षति पु¥याएको छ । गत वर्ष बाढीले क्षति गरेपछि गेगर थुपारेर अस्थायी रुपमा मर्मत गरिएको सो सडक गएरातीको बाढीले पुनः बगाएको हो ।
मुख्य सडकमा क्षति पुगेपछि वैकल्पिक सडक प्रयोगमा ल्याइएको स्थानीय सञ्जीव चौहानले जानकारी दिए । उनका अनुसार खिम्ती जलविद्युत आयोजना क्षेत्रमा रहेको वैकल्पिक सडकबाट सवारी आवागन भइरहेको हो ।
किर्नेको दक्षिणी कुनामा रहेको यो सडक पटक पटक बाढीको चपेटामा परेपछि बैकल्पिक सडक गर्नु परिरहेको छ । सो सडक खण्डको स्थायी समाधानका लागि डिभिजन सडक कार्यालय खाल्टेले ठेक्का प्रक्रिया पूरा गरिसकेको जनाएको छ ।









