काठमाडौं । कीर्तिपुर नगरपालिकामा आज मेयर पदका लागी भएको निर्वाचनमा ६८ दशमलव ६६ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगको विवरण अनुसार ३१ हजार ११२ मतदाता मध्ये २१ हजार ३६२ मत खसेको हो । कीर्तिपुरमा मेयर पदमा र वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदमा उपनिर्वाचन भएको थियो । कीर्तिपुरमा पहिले वडाध्यक्षको र त्यसपछि, मात्र मेयर पदको मतगणना सुरु हुने छ । वडाको मतगणना सुरु गर्नुअघि बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ । यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भने ५० प्रतिशत मात्र मत खसेको छ । काठमाडौंको वडानम्बर १६ मा २१ हजार २५ मतदाता मध्ये १० हजार ५३९ जनाले मात्र मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । त्यहाँको मतगणना आजै सुरु गर्ने तयारी भइ रहेको छ । कीर्तिपुरको मतगणना नगरपालिकाको हलमा र वडा नम्बर १६ को मतगणना वडा कार्यालयमै हुने निर्वाचन आयोगले जनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...