कीर्तिपुर नगरपालिका र राखेप बीच सम्झौता

Written by meropradesh creator

१ पुष २०७७, बुधबार

कीर्तिपुर नगरपालिका र राष्ट्रिय खेलकुद परिषद (राखेप) बीच सम्झौता भएको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवाल र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी नयाँबजारमा निर्माण गरेको कभर्डहल कीर्तिपुर नगरपालिकालाई भोगचलनका लागि बुधबार हस्तान्तरण समेत गरेको छ ।
राखेपले राज्यको लगानीमा निर्माण गरेको कभर्डहल नगरपालिकालाई सञ्चालन तथा व्यवस्थापन गर्न दिने, राखेपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, प्रशिक्षण, सेमिनार गोष्ठी गर्नु पर्ने भएमा नगरपालिकालाई पूर्व जानकारी गराउनु पर्ने र नगरपालिकाले स्वीकृति दिनु पर्ने सम्झौता भएको छ । कभर्डहलमा प्रयोग हुने टेलिफोन, खानेपानी, सुरक्षा व्यवस्था तथा त्यसको महशुल खर्चलगायत अन्य आवश्यक मर्मत सम्भारको खर्च नगरपालिकाले व्यहोर्ने छ ।
नगरपालिकाले आवश्यक तथा माग अनुसार खेलकुद प्रतियोगिता, प्रशिक्षण र खेल गतिविधि सञ्चालन गर्न सक्ने, कभर्डहल सञ्चालन तथा व्यवस्थापन गर्ने क्रममा कुनै विवाद भए आपसी सहमतिमा मिलाउने तथा विवाद मिलाउन असफल भएमा प्रचलित नेपाल कानुन बमोजिम हुने तथा सम्झौतामा उल्लेख भएका शर्त बाहेक प्रचलित नेपाल कानुनमा भएका व्यवस्था परिपालना दुवै पक्षले गर्नु पर्ने सम्झौतामा उल्लेख छ ।
२०७५ साल भदौ १ गतेदेखि निर्माण सुरु भएको कभर्डहल ३ करोड २ लाख ३० हजार १ सय २२ रुपैयाँ लागतमा बनेको हो । २०७६ साल कात्तिक ३० गते निर्माण सम्पन्न भएको कभर्डहल ५ सय दर्शक क्षमताको छ । कभर्डहलमा बास्केटबल, भलिबल, टेबलटेनिस, मार्सल आर्ट्स, जुडोलगायत इन्डोर खेल खेल्न सकिने छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिनु देशका लागि घातक हुन सक्ने बताएका छन्। उनले संविधान संशोधन आवश्यक भए पनि त्यसका संवेदनशील पक्षलाई गम्भीरतापूर्वक बुझेर मात्र अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।...