रामेछाप । सिन्धुली र रामेछाप जोड्ने सुनकोसी नदिमा रहेको खुर्कोट पुल निर्माणका लागी ऊर्जा जलस्रोत तथा सिचाई राज्यमन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) ले सक्रियता देखाउनु भएको छ । ऊर्जा राज्यमन्त्री कान्छाराम पुल निर्माणमा ढिला हुने अवस्था आएको भन्दै तत्काल हेटौडामा पुगेर बेलिब्रिज लोड गराउन लागी परेका छन् ।
रामेछाप र सिन्धुली जोड्ने सुनकोसी नदिमा रहेको पक्की पुल यही असोज १२ गते अविरल वर्षा पछि आएको नदिले बगाएको थियो । पक्की पुल बगाए लगतै रामेछाप जिल्ला सङ्कटमा परेको भन्दै उर्जामन्त्री कान्छारामले मन्त्री स्तरीय निर्णय गराई तत्काल बेलिब्रिज निर्माण गर्ने निणय गराउनु भएको थियो । बेलिब्रीज निर्माण गर्ने जिम्मा नेपाली सेनाले लिई सकेको छ ।
खुर्र्कोट पुल नहुँदा रामेछापमा खाद्यान्न लगायत अन्य समानको सङ्कट पर्न सक्ने भन्दै तत्काल बेलिब्रिज निर्माण गर्न आफू लागी परेको ऊर्जा राज्य मन्त्री कान्छारामले बताउनु भयो । उहाँले केही दिन अघि आफ्नै सक्रियतामा दशैको बेला नागरिकलाई घर आउन समस्या नहोस् भनेर हिमाल पावर लिमिटेड सँगको समन्वयमा हाइड्रो पावरको कम्पाउन्ड भित्र बाट दोलखाको चरिकोट हुँदै रामेछाप काठमाण्डौं यातायात पनि सञ्चालनमा ल्याउनु भएको छ । यो बाटो सञ्चालनमा आए सँगै रामेछापका नागरिकले केही राहत महसुस गरेका छन् ।