खुल्यो मन्थलीमा कृषि उपज संकलन केन्द्र

Written by meropradesh creator

११ माघ २०७७, आईतवार

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा कृषि उपज संकलन तथा बिक्री केन्द्र आइतबारबाट संचालनमा आएको छ ।
पौरखी युवा कृषि सहकारी संस्थाले मन्थली नगरपालिका र फलफुल तथा तरकारी मुल्य शृङ्खला विकास आयोजनाको आर्थिक सहयोगमा कृषि उपज संकलन केन्द्र संचालनमा ल्याएको हो । उक्त केन्द्रको आईतबार मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले एक समारोहका बिच उद्घाटन गरेका हुन् । मन्थली नगरबिकास समितिको ट्रष्टमा संचालनमा ल्याईएको उक्त केन्द्रलाई आवश्यक पर्ने सहयोग मन्थली नगरपालिकाले गर्दै जाने नगरप्रमुख बस्नेतले बताए ।
उनले भने– तरकारी संकलन केन्द्र संचालन आएसँगंै तरकारी तथा फलफुल ब्यवसायमा देखिएको विचौलीयाहरुको दबदबा बाट कृषकहरुले मुक्ती पाउने दिन आए । जिल्लामा अहिलेसम्म कृषि तथा फलफूल संकलन केन्द्र संचालनमा आउन नसक्दा उत्पादक कृषकहरु समस्यामा परेकोले पनि त्यसको समाधानका लागि मन्थली नगरपालिका किसानको हितको निमित्त यो केन्द्र स्थापना गर्न सहयोग गरेको प्रमुख बस्नेतले जानकारी दिए ।
तरकारी संकलन केन्द्र नहुँदा किसानहरुले मेहेनत गरेर उत्पादन गरेको बस्तु त्यतिकै खेर जाने गर्दा किसानहरु मारमा पर्दै आएको मन्थली नगरपालिका वडा नं–१३ फुलासीका किसान खिमबहादुर अधिकारीले बताए । उनले भने– अफ सिजनमा उत्पादन गरेको तरकारी वजारको माग अनुसार पुर्याउन सकिदैन । सिजनको समयमा व्यवसायीले तरकारी तराईका विभिन्न ठाउँवाट ल्याउने गर्दा किसानको तरकारी विक्री नहुँदा किसानहरु मारमा परेका थिए । अब संकलन केन्द्र हुँदा केही हदसम्म सहज भएको किसान अधिकारी बताउँछन् ।


कार्यक्रमका अध्यक्ष एवं संचालक संस्थाका अध्यक्ष सुन्दर घिमिरेले सदरमुकाम जस्तो मुख्य बजारमा अहिले सम्म तरकारी संकलन तथा कृषि उपज केन्दको अभावमा कृषकहरुले आफनो तरकारी सडकमा राखेर कौडिको मुल्यमा विक्रि गर्दे आएकोले केन्द्रको संचालन पछि उनीहरुको उत्पादनलाई विक्रिको लागि सहज बाताबरण बन्ने अपेक्षा लिएको बताए ।
कार्यक्रममा जिल्ला कृृषि सहकारी संघका कार्यवाहक अध्यक्ष हिमाल ढुंगेल, नेपाल पत्रकार महासं रामेछापका अध्यक्ष रमेश ढुंगेल रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब घिमिरे, फलफुल तथा तरकारी मुल्य शृङ्खला विकास आयोजनाका प्रमुख डा.राज अधिकारी लगायतले जिल्लामा अहिलेसम्म तरकारी उत्पादन किसानहरुले दुःख पाउँदै आएकोमा अब संकलन केन्द्र बनेपछि थोरै भए पनि राहात मिलेको बताए । संस्थाले चाडै तरकारी तथा फलफूल राख्न चिस्यान केन्द्र पनि संचालनमा ल्याउने जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बागलुङ जिप दुर्घटनामा ४ जनाको मृत्यु, १२ घाइते

बागलुङ जिप दुर्घटनामा ४ जनाको मृत्यु, १२ घाइते

बागलुङ, जेठ ३०बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित अस्तु बतासे डाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। बुर्तिबाङबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप साँझ...

खाँडादेवी–२ मा गोठमा आगलागी, ७ बाख्रा जलेर मृत्यु

खाँडादेवी–२ मा गोठमा आगलागी, ७ बाख्रा जलेर मृत्यु

रामेछाप, जेठ ३० रामेछापको खाँडादेवी गाउँपालिका–२, मझुवा कुरनथलीमा बिहीबार बिहान भएको आगलागीमा एक गोठ पूर्ण रूपमा जलेको छ। आगलागीमा परेर गोठमा रहेका ७ वटा बाख्रा जलेर मरेका छन् भने एक माउ भैँसी र एक राँगो घाइते भएका छन्। स्थानीय ५३ वर्षीय कान्छाराम योञ्जनको गोठमा...

रामेछापबाट ६ वर्षमा ३१ जनाको विदेशमा मृत्यु

रामेछापबाट ६ वर्षमा ३१ जनाको विदेशमा मृत्यु

रामेछाप, जेठ २९ – पछिल्ला ६ वर्षमा वैदेशिक रोजगारीका क्रममा ३१ जना रामेछापवासीले विदेशमै ज्यान गुमाएका छन्। सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा मात्रै ९ जनाको मृत्यु भएको हो। सामी कार्यक्रमका संयोजक दीपक कुमार केसीका अनुसार, आर्थिक...