काठमाडाैं । खाेटाड. जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा बुधबार डाइनेस्टिक एयरकाे हेलीकोप्टर दुर्घटना भएको छ ।
काठमाडौंबाट शब बोकेर गाउँ पुगेको हेलीकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षती नभएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताउनु भये । केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्याण्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्याण्ड हुन लागेको हेलीकोप्टरलाई उठाएर बारीको बिचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताउनु भये । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।









