खोज पत्रकारिता तालिम दोलखामा शुरु

Written by meropradesh creator

४ आश्विन २०८०, बिहीबार

चरिकोट । खोज पत्रकारीता तालिम दोलखाको चरीकोटमा शुरु भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) दोलखा शाखाले ४ दिने ‘खोज पत्रकारिता तथा मल्टिमिडिया तालिम’ सोमबार बाटसुरु गरेको हो । तालिममा २२ जना पत्रकारहरु सहभागी रहेको फोनिज अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए । मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकरले तालिमको उद्घाटन गर्दै पत्रकारिता खोजमुलक हुनु पर्ने कुरामा जोड दिएका छन् । सूचना मात्रै लिने प्रशारण तथा प्रकाशन गर्ने विषयले खास पत्रकारिता हुन नसक्ने भन्दै अध्यक्ष थोकरले खोज मुलक पत्रकारिता अहिलेको आवश्यकता भएको बताए ।

‘स्थानीय तहमा हुने विकास निर्माण, स्वास्थ्य, शिक्षा, पर्यटन, संस्कृतिको विषयमा खोजमुलक समाचार आउन जरुरी छ,’ अध्यक्ष थोकरले भने,‘पत्रकार सदरमुकाम र कम्प्युटर डेक्समा होइन फिल्डमा पुगेर विषय वस्तुको उजागर गर्नुपर्छ । अबको पत्रकारिता खास हुनुपर्छ ।’ पछिल्लो समय पत्रकारको कार्ड भिरेर गलत प्रयोजन गर्ने प्रवृति विकास भएकाले यो विषयमा सरोकारवाला निकायले नियमन गर्नु पर्ने अध्यक्ष थोकरको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले पछिल्लो समय पत्रकारिताको नाममा कपि पेस्ट शैलीको विकास भएकाले अबको पत्रकारिता हरेक विषयमा खोलमुलक हुनु पर्ने धारणा राखेका थिए । दोलखाको हाइड्रो, सहरकारी, बैंक, पर्यटन, प्राकृतिक स्रोत साधनको दोहन जस्ता विषयलाई तथ्यगत रुपमा पत्रकारले उठाउनु पर्ने धमलाको भनाई थियो ।

‘सार्वजनिक विषय र अनियमिताको सवालमा समाचार आएको थाहा पाउने वित्तिकै तत्काल एक्सन लिन्छु । मलाई दोलखाको विषयमा धेरै जानकारी छैन,‘सिडियो धमलाले भने,‘अब खोज पत्रकारिता आवश्यक छ, सुचना होइन । समाचार लेख्नुस ।’
तालिम उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, पत्रकार महासंघ दोलखाका उपाध्यक्ष श्रीजन घिमिरे, सचिव दिल बहादुर केसी, प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल, तामाङ पत्रकार संघ दोलखाका अध्यक्ष फुर्वा तामाङ लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

चार दिने तालिममा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संघीय उपाध्यक्ष अमरध्वज लामा, कान्तिपुर ग्रुपका उप सम्पादक केदार शिवाकोटी र आर्थिक पत्रकार समाजका अध्यक्ष सुजन ओलीले प्रशिक्षण दिने तालिम संयोजक लाक्पा शेर्पाले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...