खोज अनुसन्धानमुलक समाचारलाई प्राथमिकता दिनुपर्छः मुख्यमन्त्री लामा

२० फाल्गुन २०८१, मंगलवार

हेटौँडा । पत्रकाहरुले खोज अनुसन्धानमुलक समाचारलाई प्राथमिकता दिनुपर्ने बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा मंगलबार हेटौंडामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले सत्यतथ्य सुचनामा आधारित भएर पत्रकारहरुले कलम चलाउनु पर्ने बताउनुभयो । कसैप्रति पूर्वाग्रह राखेर समाचार लेख्दा त्यसले पत्रकारिता माथि नै विकृति ल्याउने उहाँको भनाई छ ।
मुख्यमन्त्री लामाले पत्रकारहरुले स्वतन्त्रताको नाममा आफ्नो मुल्य मान्यतालाई पनि भुल्न नहुने पनि बताउनुभयो । वास्तविक विषयवस्तुलाई खोजतलास गरेर न्यायोचित ढंगले लेख्दा पेशाले पनि दिगोपना पाउने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री लामाले अब पत्रकारहरुले प्रविधिसंग नजिक रहेर काम गर्नुपर्ने बताउनुभयो ।
आधुनिक प्रविधिलार्य आत्मसात् गरेर अगाडि बढ्दा पत्रकारिता पेशाबाट नै पलायन हुने क्रमलाई केही हदसम्म रोक्न सकिने उहाँको धारणा थियो । प्रविधिमा आएको विकासले पत्रकारहरुलाई चुनौती थपेको उहाँको भनाई छ ।
मुख्यमन्त्री लामाले पत्रकार र प्रदेश सरकारको सम्वन्ध सुमधुर हुनुपर्ने उल्लेख गर्नुभयो । कुनैपनि कामको नकारात्मक ढंगले भन्दा पनि सकारात्मक ढंगले काम गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिब पूर्ण बहादुर दर्जीले पत्रकार महासंघ र संघसंगठनहरुका लागि काम गर्नका लागि नियम कडा नबनाएको बताउनुभयो ।
पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ प्रदेशका निर्बतमान अध्यक्ष शिब देबकोटा, प्रेस चौतारी नेपाल बागमती प्रदेशका अध्यक्ष तिलकराम रिमाल, प्रेस युनियन प्रदेशका अध्यक्ष युवराज पुरी, प्रेस सेन्टर प्रदेशका अध्यक्ष धुब्र अधिकारी, फोनीज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ लगायतकाले आफ्ना भनाइहरु राखेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...