खोज अनुसन्धानमुलक समाचारलाई प्राथमिकता दिनुपर्छः मुख्यमन्त्री लामा

२० फाल्गुन २०८१, मंगलवार

हेटौँडा । पत्रकाहरुले खोज अनुसन्धानमुलक समाचारलाई प्राथमिकता दिनुपर्ने बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा मंगलबार हेटौंडामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले सत्यतथ्य सुचनामा आधारित भएर पत्रकारहरुले कलम चलाउनु पर्ने बताउनुभयो । कसैप्रति पूर्वाग्रह राखेर समाचार लेख्दा त्यसले पत्रकारिता माथि नै विकृति ल्याउने उहाँको भनाई छ ।
मुख्यमन्त्री लामाले पत्रकारहरुले स्वतन्त्रताको नाममा आफ्नो मुल्य मान्यतालाई पनि भुल्न नहुने पनि बताउनुभयो । वास्तविक विषयवस्तुलाई खोजतलास गरेर न्यायोचित ढंगले लेख्दा पेशाले पनि दिगोपना पाउने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री लामाले अब पत्रकारहरुले प्रविधिसंग नजिक रहेर काम गर्नुपर्ने बताउनुभयो ।
आधुनिक प्रविधिलार्य आत्मसात् गरेर अगाडि बढ्दा पत्रकारिता पेशाबाट नै पलायन हुने क्रमलाई केही हदसम्म रोक्न सकिने उहाँको धारणा थियो । प्रविधिमा आएको विकासले पत्रकारहरुलाई चुनौती थपेको उहाँको भनाई छ ।
मुख्यमन्त्री लामाले पत्रकार र प्रदेश सरकारको सम्वन्ध सुमधुर हुनुपर्ने उल्लेख गर्नुभयो । कुनैपनि कामको नकारात्मक ढंगले भन्दा पनि सकारात्मक ढंगले काम गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिब पूर्ण बहादुर दर्जीले पत्रकार महासंघ र संघसंगठनहरुका लागि काम गर्नका लागि नियम कडा नबनाएको बताउनुभयो ।
पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ प्रदेशका निर्बतमान अध्यक्ष शिब देबकोटा, प्रेस चौतारी नेपाल बागमती प्रदेशका अध्यक्ष तिलकराम रिमाल, प्रेस युनियन प्रदेशका अध्यक्ष युवराज पुरी, प्रेस सेन्टर प्रदेशका अध्यक्ष धुब्र अधिकारी, फोनीज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ लगायतकाले आफ्ना भनाइहरु राखेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

“ग्ल्यामर र घाम–दुवैमा चम्किने” चाहना प्रधान: मिस ग्रान्ड नेपाल २०२५ की बलियो दावेदार

“ग्ल्यामर र घाम–दुवैमा चम्किने” चाहना प्रधान: मिस ग्रान्ड नेपाल २०२५ की बलियो दावेदार

रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ की चाहना प्रधान मिस ग्रान्ड नेपाल २०२५ मा प्रभावशाली उपस्थिति जनाउँदै, विजेताको पहिलो दावेदारको रूपमा अगाडि बढिरहेकी छन्। आत्मविश्वास, सशक्त अभिव्यक्ति, सौन्दर्य र प्रतिभाको संगमले उनले प्रारम्भिक चरणबाटै निर्णायकहरूको ध्यान तानेकी...

खाँडादेवी मन्दिरको व्यवस्थापनमा कडाइ, विकास कोषको तेस्रो बैठकले गर्‍यो महत्त्वपूर्ण निर्णयहरू

खाँडादेवी मन्दिरको व्यवस्थापनमा कडाइ, विकास कोषको तेस्रो बैठकले गर्‍यो महत्त्वपूर्ण निर्णयहरू

रामेछाप— ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने खाँडादेवी मन्दिरको संरक्षण र व्यवस्थापनमा थप कडाइ गरिने भएको छ। खाँडादेवी विकास कोषको तेस्रो बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै मन्दिर क्षेत्रलाई व्यवस्थित र अनुशासित बनाउने तयारी अघि बढाएको हो। कोषका...

समाचारकै कारण पत्रकार पाठकलाई पक्राउ गर्न प्रहरी घरमै पुग्यो, प्रेस काउन्सिल र महासंघसँग सहयोगको याचना

समाचारकै कारण पत्रकार पाठकलाई पक्राउ गर्न प्रहरी घरमै पुग्यो, प्रेस काउन्सिल र महासंघसँग सहयोगको याचना

काठमाडौं — पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न साइबर ब्युरोको प्रहरी टोली बुधबार दिउँसो उहाँको धुम्बाराहीस्थित निवासमा पुगेको छ। काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी टोली उहाँलाई पक्राउ गर्न घरमै गएको हो ।तर मोबाइल फोन बन्द गरेर घरमै बसेका पाठकलाई...