खिम्तीमा व्यवसायिक माछा पालन

Written by meropradesh creator

१८ चैत्र २०७७, बुधबार

रामेछाप । लिखु तामाकोशी गाउँपालिका ६ खिम्तीमा पहिलो पटक माझी समुदायले आईपिएम कृषि समुह गठन सँगै व्यवसायिक रुपमा पोखरी निमार्ण गरी माछापालनको शुरुवात गरेका छन् ।
परम्परागत रुपमा कोशी किनारमा वसोवास गर्ने माझी जातीहरुले यसअघि व्यवसायिक रुपमा नभई तामाकोशी र खिम्ती खोलामा माछा मार्ने र जिवीका चलाउने गर्दथे । सडक विस्तार सँगै अहिले गाउँमा विभिन्न चेतनाका कार्यक्रमहरु सँगै विभिन्न तालीमहरु पाएपछि माझी समुदायमा परम्परागत रुपमा गर्दै आएको पेशालाई परिमार्जन गरी समुहगत रुपमा माछापालनको शुरुवात गरेका हुन ।
खिम्तीखोला किनार छेउको ३ रोपनी जग्गामा करीव ३ लाख रुपैयाँ खर्चेर दुईवटा पोखरी निमार्ण गरी गतवर्षदेखी व्यवसायिक रुपमा माछापालनको शुरुवात गरेका माझी समुदायले पहिलो वर्षमा माछा विक्री गरेर ९० हजार रुपैयाँ कमाउन सफल भएका थिए । गतवर्ष वजारको माग अत्यन्त वढी आएकाले यसवर्ष १ हजार ५ सय माछाका भुरा जनकपुरवाट ल्याएर पोखरीमा छोडेका छन् ।
अहिले उक्त पोखरीमा कमन, सिलवर र बिगेट जातको माछाका भुरा ल्याएर पोखरीमा राखेकाले गतवर्षको अनुपातमा यसवर्ष कमाई धेरै हुने आशा आफुले लिएको स्थानिय पूर्णवहादुर माझीले वताए । उनले भने माछापोखरी देखेपछि माछा किन्न दैनिक उपभोक्ताहरु आउँछन् तर माग अनुसार माछा पुरयाउन सकेका छैनौं । अहिले खिम्ती वेशीमा मात्र दैनिक ३० केजीसम्म दैनिक माछाको माग हुने गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले विशेष समन्वय समिति गठन गरेको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लामा आवश्यक समन्वय, व्यवस्थापन तथा...

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

नेपाली सेनासँग Empanelled सम्झौता गरिएको तामाकोशी इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा मन्थली माध्यमिक विद्यालयमा एक दिवसीय उत्प्रेरणामूलक कक्षा सम्पन्न भएको छ। श्री खड्गदल गण, रामेछापको संयोजनमा कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा श्री नं. ९ वाहिनी अड्डाका वाहिनीपति...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...