खेलकुद पुर्वाधार नभएका विद्यालय सधै अपुरा हुन्छन्–घिसिङ

Written by meropradesh creator

२७ माघ २०७९, शुक्रबार

रामेछाप । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सामुदायिक विद्यालयहरुमा विद्यार्थी भएपनि खेलकुद पूर्वाधार नभएका विद्यालय सधै अपुरो हुने बताएका छन् ।

सो कुरा उनले बिहिवार सुनापति गाउँपालिकाद्धारा हिलेदेवीमा आयोजित विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता उद्घाटनको क्रममा बताएका हुन् । उनले देशभरका विद्यालयहरुमा विद्यार्थी प्रयाप्त भएता पनि खेलकुदको लागि कुनै पनि पुर्वाधार बन्न नसक्नु दुःखद भएको बताए । खेलकुद पूर्वाधारको लागि स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारले आवश्यक वजेट विनियोजन गरेर खेलकुद क्षेत्रलाई अघि वढाउनु पर्ने धारणा राखे ।

त्यसैगरी उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पुरै घण्टी पढाउनु भन्दा कुनै एक घण्टी खेलकुद क्षेत्रको लागि समय छुट्टाउनुपर्ने बताए । अहिले विद्यालयको पुरै समय विद्यार्थीलाई पढन् मात्र लगाइने गरिएको छ । जसले गर्दा खेलकुद क्षेत्रमा विद्यार्थीहरु पछाडी परेका छन् । विद्यालयमा पढाईको अलावा एक घण्टी खेलकुदको लागि छुट्टाउन आवश्यक पहल गर्ने बताए ।

त्यस्तै खेलकुद क्षेत्रमा स्थानिय तहले गर्नुपर्ने काम धेरै बाँकी रहेकाले स्थानिय तहले कार्ययोजना बनाएर काम गर्नुपर्ने बताए । जिल्लामा हालसम्म एउटा पनि सुविधा सम्पन्न कबड हल र खेलकुद मैदान नहुँदा खेलाडीहरुले अभ्यास र खेलकुद गतिविधि गर्न नपाएको भन्दै यस चालु आर्थिक वर्षमा आफ्नो पहलमा राष्ट्रिय खेलकुद परिषद्ले जिल्ला सदरमुकाम मन्थलीमा खेलकुद मैदान निमार्णको लागि १ करोड र सुनापति गाउँपालिकामा कबड हल निमार्णको लागि १ करोड रुपैयाँ वजेट विनियोजन गरेको बताए ।

उनले भने– परिषद्ले छुट्टाएको वजेट प्रयाप्त छैन । त्यसैले थप वजेटको लागि आफुले पहल गर्ने भन्दै खेल मैदान र कबड हल निमार्णको लागि आवश्यक जग्गा प्राप्ती पछि तत्काल निमार्णको काम अघि वढाउने बताए । खेल क्षेत्रको लागि सुनापति गाउँपालिको माग गरे अनुसार आफुले खेलकुद सामाग्री प्रदान गरेको र आवश्यक परे थप सामाग्री समेत उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे ।

त्यस्तै सोही कार्यक्रमका विशेष अतिथि एवं सुनापति गाउँपालिका प्रमुख ठूलोकान्छा तामाङले पालिकाले खेलकुद क्षेत्रलाई व्यवस्थित गर्न नसकेको बताए । उनले भने– अधिकासं सामुदायिक विद्यालयहरुमा खेलकुद मैदानको अभाव छ । केही विद्यालयमा खेल मैदान भएता पनि प्रशिक्षक नहुँदा सोचेजस्तो विद्यार्थीहरुले खेल खेल्न सकेका छैनन् । खेलकुद क्षेत्रको लागि पालिकाले आवश्यक वजेट विनियोजन गर्ने र खेलकुद परिषद्वाट प्राप्त वजेटवाट कवड हल निमार्णको लागि जग्गाको व्यवस्थापनको लागि आफु लागि परेको बताए ।

सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष होमराज खपाङ्गी मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष प्रेमसागर थापा, सुनापति गाउँपालिकाका उपाध्यक्ष गिता बिष्ट लगाएतको उपस्थिती रहेको थियो । विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा सुनापति गाउँपालिकाका १२ वटा विद्यालयको सहभागीता रहेको उक्त कार्यक्रम २८ गते समापन हुने सुनापति गाउँपालिकाले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...