खेलाडीलाई जर्सी तथा फुटबल वितरण

Written by meropradesh creator

९ भाद्र २०८०, शनिबार

रामेछाप । जिल्ला फुटबल संघ रामेछापले खेलाडीका लागि जर्सी तथा फुटबल वितरण गरेको छ । संघले आज शनिवार मन्थली नगरपालिका वडा नं. १ र ६ को सिमानाको कुनौरी स्थित खेल मैदानमा नै जर्सी तथा फुटबल वितरण गरेको हो ।

संघका अध्यक्ष सुन्दर घिमिरेका अनुसार संघले ४३ जोर जर्सी र ७ थान फुटबल वितरण गरेको छ। फुटबल खेल्न सिकाउन, फुटबल खेलको विकास गर्न केही हद सम्म भए पनि सहयोग पुग्ने लक्ष राखेर जर्सी र फुटबल वितरण गरिएको रामेछाप फुटबल संघका अध्यक्ष सुन्दर घिमिरेले बताए । उनले भने – फुटबल खेल्न इच्छा हुने नानीबाबुहरू १५ दिन देखि मैदानमा छन् । खेल्न सिकेका नयाँ नानी बाबुहरूलाई हौसला बढाउन जर्सी र फुटबल वितरण गरिएको हो ।

 

फुटबल खेल्न रहर भएका तर फुटबलको अभावमा फुटबल खेल्न नपाएका नानीबाबुहरूका लागि फुटबल संघले फुटबल समेत उपलब्ध गराउँदै आएको छ । कुनौरी खेल मैदानमा १५ दिन देखि ४३ जना नानीबाबुहरूले दैनिक प्रशिक्षण लिईरहेका छन् । एन्फा वाट अनुबन्धित नभए पनि फुटबलको विकासको निमित्त यो संघ निरन्तर लागि परिरहेको छ। देश भरबाट एन्फामा ४८ जिल्ला अनुबन्धित छन् ।

२ वर्ष अघि देखि एन्फा विधान अनुसार सुन्दर घिमिरेको नेतृत्वमा एन्फा सदस्यका लागि रामेछाप जिल्ला फुटबल संघले फाईल पेश गरेको छ ।सम्भवतः राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव रामेछाप जिल्लाको भएको हुनाले अव चाडै नै रामेछापमा एन्फा सदस्य हुने सम्भावना छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चेक अनादर कसुरमा सेफ सन्तोष साह पक्राउ

चेक अनादर कसुरमा सेफ सन्तोष साह पक्राउ

बैंकिङ कसुर (चेक अनादर) तथा ठगी मुद्दामा सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले उनलाई महोत्तरीबाट नियन्त्रणमा लिएको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार साहलाई गएराति पक्राउ गरिएको...

प्रमाणपत्र मात्रै होइन, तालिम सकिँदा सुनापतिका युवाको खल्तीमा लाइसेन्स!

प्रमाणपत्र मात्रै होइन, तालिम सकिँदा सुनापतिका युवाको खल्तीमा लाइसेन्स!

सरकारी बजेट सिध्याउन र भित्तामा झुन्ड्याउने प्रमाणपत्र बाँड्न मात्रै तालिम गरिन्छ भन्ने आम बुझाइलाई रामेछापको सुनापति गाउँपालिकाले चिरेको छ। गाउँपालिकाले आयोजना गरेको युवा लक्षित हलुका सवारी चालक तालिमको परिणाम दुरुस्तै देखियो, जहाँ तालिम सकिदासम्म १५ जना युवाहरूले...

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो एक वर्षे कार्यकाल शान्ति सुरक्षा कायम गर्न, नागरिक सन्तुष्टि दिलाउन र विपद् व्यवस्थापनमा पूर्ण रूपमा सफल रहेको दाबी गर्नुभएको छ। सप्तरी सरुवा भई जान लाग्नुभएका प्रजिअ थापाले सञ्चारकर्मीहरूसँगको बिदाइ भेटघाटमा...