रामेछाप । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ४ रामेछापका इन्जिनियर नवराज सत्याल २८ लाख घुस रकम सहित प्रकाउ परेको छ । उनको साथमा प्लम्बर बखतबहादुर थापा पनी पक्राउ गरेका छन् ।
सत्याललाई १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ सहित प्रकाउ गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानी वापत उनीहरुले रकम लिएको खुलेको अख्तियारका प्रवक्ता भण्डारीले जानकारी दिए ।
अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका–१ स्थित खानेपानी कार्यालयबाटै पक्राउ गरेको हो । रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीवापत रकम लिएको बताइएको छ । अख्तियारको टोलिले कार्यालय समेत नियन्त्रणमा राखि थप अनुसन्धान गरि रहेको छ ।