खाँडादेवीमा बन्ने भयो भ्यू–टावर

Written by meropradesh creator

११ पुष २०७७, शनिबार

रामेछाप । खाँडादेवी गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पालिका भित्राउने उद्धेश्यले वडा नं–५ पकरबासको सुलीथुम्कामा भ्यु–टावर निमार्णको काम अघि वढाएको छ । निमार्णधिन भ्यू–टावरको शुक्रवार जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमवहादुर खड्का र खाँडादेवी गाउँपालिकाका प्रमुख प्रेमवहादुर तामाङ्गले एकै साथ शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा वोल्दै प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय प्रमुख प्रेमबहादुर खड्काले भ्यु–टावर निमार्णपछि आन्तरिक र वाह्य पर्यटकहरु भित्रयाउन सके खाँडादेवी गाउँपालिकाको आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी भ्यु–टावर निमार्णपछि सोलीथुम्काको टुप्पोवाट दृश्यावलोकन गर्न धेरै आन्तरिक र वाह्य पर्यटकहरु भित्रन सक्ने अपेक्षा खाँडादेवी गाउँपालिकाले लिएको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रेमवहादुर तामाङ्गले जानकारी दिए । उनले भने– भ्यु–टावरवाट सहजै रुपमा रामेछापका धेरै भुभाग र छिमेकी जिल्लाहरु सिन्धुली र काभ्रेका समेत धेरै भुभागहरु प्रत्यक्ष रुपमा हेर्न र दृश्यावलोकन गर्न सकिने भएकाले पनि पर्यटकहरुको घुइचो लाग्ने अपेक्षा पालिकाले लिएको अध्यक्ष तामाङ्ग बताउँछन् ।


उक्त भ्यु–टावर निमार्णको लागि बागमती प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पर्यटन विकास आयोजनाको २ करोड ८९ लाख ६३ हजार ९ सय ७२ रुपैयाँ ६३ पैसाको लगानीमा ५ तले भवन निमार्ण हुन लागेको हो । भ्यु टावरसँगै भ्यु टावरमा प
ुग्न ९ सय ५० मिटर लामो खुडकिला र रेलिङ्ग, शौचालय, पालेघर,पार्क, किचन र बगैचाँ लगाएतका संरचनाको समेत निमार्ण हुने छ ।
आगामी २०७८ साल जेठ मसान्त भित्र निमार्णकार्य सम्पन्न गर्ने गरि उक्त भ्यु टावरको निमार्णको जिम्वेवारी सुनकोशी कन्ट्रक्सनले पाएको छ । निमार्णकार्यको जिम्मेवारी पाएको उक्त कम्पनीले तोकिएकै समयभित्र सवै काम सकेर सम्वन्धित पालिकालाई हस्तान्तरण गर्ने गरि काम अघि वढाएको कम्पनिका प्रतिनिधि केशव महतले जानकारी दिए ।
हाल निमार्णाधिन भ्यु टावरमा विद्युत र खानेपानीको समस्या रहेको छ । पालिकाले चाँडै नै त्यस क्षेत्रमा विद्युत लाइन विस्तारको लागि आवश्यक व्यवस्थापनको लागि नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरि विद्युत लाइन पुर्याउने र खानेपानी पनि चाँडैनै पुर्याउने गरि काम अघि वढाउने खाँडादेवी गाउँपालिकाले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

देशमा सुनिने र बोलिने सांसद बन्ने प्रवलको प्रतिबद्धता

देशमा सुनिने र बोलिने सांसद बन्ने प्रवलको प्रतिबद्धता

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार प्रवल थापाले देशमा सुनिने र बोलिने सांसद बन्ने प्रतिबद्धता जनाएका छन् ।आफ्नो निर्वाचन क्षत्रका मतदाताहरूसँगको संवादमा उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । आफूलाई...

एक हप्ताभित्र कांग्रेस बहुमत ल्याउने तहमा पुग्छ – उपसभापति शर्मा

एक हप्ताभित्र कांग्रेस बहुमत ल्याउने तहमा पुग्छ – उपसभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति नजविश्वास बढ्दै गएको बताएका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई कांग्रेसमा स्वागत गर्दै उपसभापति शर्माले देशभरको माहोल...

‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ सन्देशसहित चुनावी मैदानमा कांग्रेस

‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ सन्देशसहित चुनावी मैदानमा कांग्रेस

रामेछाप — नेपाली कांग्रेसले ‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ भन्ने मूल सन्देशसहित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी अभियानलाई औपचारिक र व्यवस्थित रूपमा अघि बढाएको छ। बदलिँदो समय, बदलिएका जनअपेक्षा र युवापुस्ताको चाहनालाई आत्मसात गर्दै कांग्रेसले यसपटक...