खाँडादेवी गाउँपालिकामा एक वर्षमा बन्नुपर्ने गुम्बा तथा अध्ययन केन्द्र चार वर्षसम्म अलपत्र

रामेछाप — रामेछापको खाँडादेवी गाउँपालिका–५, गोगनपानीस्थित ङग्युर साम्तेलिङ्ग गुम्बा तथा अध्ययन केन्द्र निर्माण कार्य चार वर्षदेखि अलपत्र परेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ८० प्रतिशत र खाँडादेवी गाउँपालिकाको २० प्रतिशत आर्थिक साझेदारीमा २०७८ सालको भदौ महिनाबाट गुम्बा तथा अध्ययन केन्द्र निर्माण सुरु गरिएको थियो।

समयमै निर्माण कार्य सम्पन्न नहुँदा गुम्बाको निर्माण अधुरो मात्र छैन, निर्माण भइसकेका संरचनाहरू समेत संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्। तामाङ जातिको संस्कार अनुसार विवाह गर्न मिल्ने दुईवटा सुविधा सम्पन्न भवन निर्माण गर्ने लक्ष्यसहित परियोजना सुरु गरिएको थियो।

झण्डै सात करोड लागत अनुमान गरिएपनि पाँच पोखरी निर्माण सेवा प्रा.लिले तीन करोड ४८ लाख रुपैयाँमा एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो। तर सम्झौता अनुसार काम नगरेपछि निर्माण कार्य रोकिएको हो।

खाँडादेवी–५, पकरबासका वडाध्यक्ष मनोज पौडेलका अनुसार, ठेकेदारले तोकिएको समयभित्र काम सम्पन्न नगर्दा मन्त्रालयले भुक्तानी नै रोकेको छ। “यति ठूलो बजेट पालिकाले भुक्तानी गर्न सक्ने अवस्था छैन,” वडाध्यक्ष पौडेलले बताउनुभयो।

खाँडादेवी गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तामाङका अनुसार, स्थानीय तह निर्वाचनपछि समन्वय र ताकेता नहुँदा समस्या थपिएको हो। “२०७८ भदौमा काम सुरु भयो तर ठेकेदारले काम राम्ररी गर्न सकेन। निर्वाचनपछि समन्वय हुन नसक्दा काम रोकियो,” उहाँले बताउनुभयो।

गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार, अघिल्लो जनप्रतिनिधिको पालामा २१ लाख रुपैयाँ बजेट निर्माण व्यवसायीलाई भुक्तानी नदिई पालिकाकै सञ्चित कोषमा राखिएको थियो। महालेखा परीक्षण प्रतिवेदनले उक्त रकम दुरुपयोग भएको भन्दै सङ्घीय राजस्व खातामा फिर्ता गर्न निर्देशन दिएको छ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, “सम्झौताको जम्मा ३३ प्रतिशत मात्र काम भएको छ। पहिलो किस्ताको रकम दिइसकेको अवस्थामा अब थप गर्न नसकिने भन्दै ६ महिना अगाडि अर्थ मन्त्रालयबाट पत्र आएको छ।”

गाउँपालिकाले अहिले पनि निर्माण पूरा गर्ने प्रयास गरिरहेको छ। अध्यक्ष श्रेष्ठका अनुसार, आफूहरू आएको पहिलो वर्ष ४७ लाख रुपैयाँ र चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। ठेकेदारले ८५ लाख रुपैयाँ दाबी गरेपनि काम सम्पन्न नभएकाले कुनै आधार नभएको उहाँको भनाइ छ।

अब पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियाबाट भए पनि गुम्बा तथा अध्ययन केन्द्र निर्माण सम्पन्न गर्ने सोचमा गाउँपालिका रहेको र यसका लागि संघ तथा प्रदेश सरकारसँग आवश्यक बजेट माग गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो। बजेट नआए पालिकाले आफैं खर्च गरेर भए पनि निर्माण सम्पन्न गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ को प्रतिनिधिसभा निर्वाचनमा सोविता गौतमले जित हासिल गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार गौतमले ५९,२७७ मत प्राप्त गर्दै आफ्नी निकटतम प्रतिस्पर्धी रेणु दाहाल लाई करिब ३८,६६२ मतले पराजित गरिन्। दाहालले २०,६१५ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित...

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले देशको राजनीतिक परिदृश्यमा नयाँ मोड देखाएको छ। हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर प्रभावशाली प्रदर्शन गर्दै अग्रता लिइरहेको छ। पछिल्लो विवरणअनुसार रास्वपाले ३६...

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी भएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ भन्दा करिब तीन गुणा बढी मत ल्याउँदै जित...