खाँडादेवी गाउँपालिका–३ सित्खामा लहरे आँप लटरम्म

Written by meropradesh creator

१६ पुष २०७९, शनिबार

रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खा बजार नजिकै एकिकृत लहरे आँप तथा कृषि फर्म ले लगाएको लहरे आँप (प्यासन फ्रुट)लटरम्म फलेको छ । जसको कारण सित्खा बजारका राजेश कार्की र सम्बरबहादुर माझी खुसि छन् ।

कार्कि र माझी मिलेर आज भन्दा ६ बर्ष अघि शुरु गरेको लहरे आँप (प्यासन फ्रुट)यति बेला बार्षिक झण्डौ १५ लाख आम्दानि दिन्छ । एक लाखको लगानि बाट शुरु गरेको लहरे आँप (प्यासन फ्रुट) यति बेला आम्दानिको राम्रो स्रोत बनेको छ । एक बर्ष लगानि गरेपछी तिन बर्ष सम्म लगानि गर्न नपर्ने लहरे आँप (प्यासन फ्रुट)मा सर्वसाधरण कृषकहरुलाई आम्दानिको राम्रो स्रोत बनेको हो ।

दुई भाइ मिलेर ५ रोपनी जमिनमा करिब एकलाख लगानि बाट पाँच लाख बढी आम्दानी भएपछी अहिले खेती विस्तार गरी १४ रोपनीमा पु¥याइएको छ । जसबाट १५ देखि १८ लाख बढी गर्न सकिने एकिकृत लहरे आँप तथा कृषि फर्मका सञ्चालकहरुको अनुमान रहेको छ ।

६ वर्ष अघि पाँच रोपनी जमिनमा नमुनाको रूपमा लहरे आँप लगाइएको र अहिले १४ रोपनी जमिनमा खेती विस्तार गरिएको सञ्चालक राजेश कार्कीले बताए । उनले भने ‘पाँच रोपनी जमिनमा लगाइएको लहरे आँपले बजार र मूल्य दुवै राम्रो पायो, अहिले बढाएर १४ रोपनी जमिनमा खेती गरेका छौँ, अब वार्षिक १५ देखी १८ लाख रुपियाँ आम्दानी हुने अनुमान गरेका छौँ’, । उत्पादित आँप काठमाडौंका व्यपारिहरुले दुई सय देखि दुई सय पचास रुपियाँ सम्ममा खरिद गर्ने गरेको बताए ।

अहिले विभिन्न निकायको सहयोगमा ३० लाख रुपियाँ लगानीमा लहरे आँप खेतीको क्षेत्र विस्तार र प्रशोधन केन्द्र स्थापना बनाइएको सम्बरबहादुर माझीले बताए ।

उनले भने ‘‘कृषि ज्ञान केन्द्र रामेछापको १५ लाख, खाँडादेवी गाउँपालिकाको ७ लाख ५० हजार र बाँकी लाफ्नो लगानी गरी ३० लाख रुपियाँ लगानीमा प्रशोधन केन्द्र बनाइएको छ । लहरे आँपबाट बनेको जुसको नेपालको बजारमा मात्र होइन विदेशी बजारमा समेत उच्च माग छ ।’’ अब फल बिक्रीमा भन्दा पनि जुस उत्पादनमा ध्यान दिने उनिहरुले बताए ।

लहरे आँपको खेतीका लागि खाँडादेवी गाउँपालिका–३ सित्खामा उपयुक्त जमिन रहेको र यहाँ उत्पादन भएको आँपले राम्रो बजार पाएकाले किसानले राम्रो आम्दानी गरिरहेको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले बताए । ‘अहिले राजेश कार्की र सम्बरबहादुर माझी लगायतका किसानहरूले व्यवसायीक रूपमा लहरे आँपको खेती गरिरहेको छ ।

उहाँहरुको मिहिनेतले आँपको उत्पादन पनि राम्रो र बजार पनि राम्रो छ, अन्य किसान पनि लहरे आँपको खेतीमा आकर्षित भएका छन् । हामिले केहि सहयोग पनि गरेका छौं अझै हामी के गर्न सकिन्छ बसेर छलफल गरेर सहयोग गर्ने छौं । गाउँपालिका अध्यक्ष श्रेष्ठले भने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...