खाँडादेवी गाउँपालिका–३ सित्खामा लहरे आँप लटरम्म

Written by meropradesh creator

१६ पुष २०७९, शनिबार

रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खा बजार नजिकै एकिकृत लहरे आँप तथा कृषि फर्म ले लगाएको लहरे आँप (प्यासन फ्रुट)लटरम्म फलेको छ । जसको कारण सित्खा बजारका राजेश कार्की र सम्बरबहादुर माझी खुसि छन् ।

कार्कि र माझी मिलेर आज भन्दा ६ बर्ष अघि शुरु गरेको लहरे आँप (प्यासन फ्रुट)यति बेला बार्षिक झण्डौ १५ लाख आम्दानि दिन्छ । एक लाखको लगानि बाट शुरु गरेको लहरे आँप (प्यासन फ्रुट) यति बेला आम्दानिको राम्रो स्रोत बनेको छ । एक बर्ष लगानि गरेपछी तिन बर्ष सम्म लगानि गर्न नपर्ने लहरे आँप (प्यासन फ्रुट)मा सर्वसाधरण कृषकहरुलाई आम्दानिको राम्रो स्रोत बनेको हो ।

दुई भाइ मिलेर ५ रोपनी जमिनमा करिब एकलाख लगानि बाट पाँच लाख बढी आम्दानी भएपछी अहिले खेती विस्तार गरी १४ रोपनीमा पु¥याइएको छ । जसबाट १५ देखि १८ लाख बढी गर्न सकिने एकिकृत लहरे आँप तथा कृषि फर्मका सञ्चालकहरुको अनुमान रहेको छ ।

६ वर्ष अघि पाँच रोपनी जमिनमा नमुनाको रूपमा लहरे आँप लगाइएको र अहिले १४ रोपनी जमिनमा खेती विस्तार गरिएको सञ्चालक राजेश कार्कीले बताए । उनले भने ‘पाँच रोपनी जमिनमा लगाइएको लहरे आँपले बजार र मूल्य दुवै राम्रो पायो, अहिले बढाएर १४ रोपनी जमिनमा खेती गरेका छौँ, अब वार्षिक १५ देखी १८ लाख रुपियाँ आम्दानी हुने अनुमान गरेका छौँ’, । उत्पादित आँप काठमाडौंका व्यपारिहरुले दुई सय देखि दुई सय पचास रुपियाँ सम्ममा खरिद गर्ने गरेको बताए ।

अहिले विभिन्न निकायको सहयोगमा ३० लाख रुपियाँ लगानीमा लहरे आँप खेतीको क्षेत्र विस्तार र प्रशोधन केन्द्र स्थापना बनाइएको सम्बरबहादुर माझीले बताए ।

उनले भने ‘‘कृषि ज्ञान केन्द्र रामेछापको १५ लाख, खाँडादेवी गाउँपालिकाको ७ लाख ५० हजार र बाँकी लाफ्नो लगानी गरी ३० लाख रुपियाँ लगानीमा प्रशोधन केन्द्र बनाइएको छ । लहरे आँपबाट बनेको जुसको नेपालको बजारमा मात्र होइन विदेशी बजारमा समेत उच्च माग छ ।’’ अब फल बिक्रीमा भन्दा पनि जुस उत्पादनमा ध्यान दिने उनिहरुले बताए ।

लहरे आँपको खेतीका लागि खाँडादेवी गाउँपालिका–३ सित्खामा उपयुक्त जमिन रहेको र यहाँ उत्पादन भएको आँपले राम्रो बजार पाएकाले किसानले राम्रो आम्दानी गरिरहेको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले बताए । ‘अहिले राजेश कार्की र सम्बरबहादुर माझी लगायतका किसानहरूले व्यवसायीक रूपमा लहरे आँपको खेती गरिरहेको छ ।

उहाँहरुको मिहिनेतले आँपको उत्पादन पनि राम्रो र बजार पनि राम्रो छ, अन्य किसान पनि लहरे आँपको खेतीमा आकर्षित भएका छन् । हामिले केहि सहयोग पनि गरेका छौं अझै हामी के गर्न सकिन्छ बसेर छलफल गरेर सहयोग गर्ने छौं । गाउँपालिका अध्यक्ष श्रेष्ठले भने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...