खाँडादेवी गाउँपालिका अध्यक्षको गाडी प्रहरी नियन्त्रणमा

Written by meropradesh creator

१ मंसिर २०७९, बिहीबार

रामेछाप । नेकपा एमालेले संचालन गर्दै आएको चुनावी कार्यक्रममा सरकारी गाडी लिएर साँघुटार चुनावी सभामा पुगेका खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले प्रयोग गर्दै आएको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमालेको बिहिवार हुने चुनावी कार्यक्रममा अध्यक्ष श्रेष्ठले प्रयोग गर्दै आएको बा २ झ ३४१५ नम्वरको सरकारी गाडी लिएर उनी रामेछाप नगरपालिकाकाे साँघुटार पुगेका थिए । एउटा पार्टीको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जस्तो पदमा बसेका श्रेष्ठले आफ्नो पदिय मर्यादालाई कुल्चदै सरकारी गाडीको दुरुपयोग गरेको भन्ने सूचना स्थानियले प्रहरीमा दिएसँगै प्रहरीले साँघुटार वजारवाट उक्त गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजु प्रसाद ढकालले जानकारी दिए ।

उनले भने–एमालेको चुनावी कार्यक्रममा कार्यकर्ता बोकेर अध्यक्षले सरकारी गाडीको दुरुपयोग गरेको भन्दै धेरै नागरिकहरुले प्रहरीमा उजुरी गरेपछि प्रहरीले उक्त गाडी नियन्त्रणमा लिएको छ । अहिले उक्त गाडी प्रहरी चौकी साँघुटारमा राखिएको र यस बिषयमा थप अनुसन्धान भइरहेको बताए ।

अध्यक्ष श्रेष्ठले एमालले जिल्लामा संचालन गरेको चुुनावी कार्यक्रम शुरु भएदेखी नै सरकारी साधनको प्रयोग गर्दै आएका थिए । यसवारेमा स्थानिय नागरिकले प्रहरी चौकीहरुमा खवर गर्दा समेत प्रहरीले सवारीसाधन नियन्त्रणमा लिएको थिएन । एउटा पार्टीको चुनावी कार्यक्रममा सरकारी सवारीसाधन प्रयोग गरेर अध्यक्ष श्रेष्ठले पालिकाको नै बेइज्यत गरेको एक स्थानियले बताए ।

यता निर्वाचन आयोगले जनप्रतिनिधिहरुलाई आफ्नो पालिकामा हिड्न पाउने तर कुनै पनि राजनितिक दललाई मत माग्न नपाउने साथै सरकारी साधनको समेत प्रयोग गर्न नपाउने निर्देशन गरेको छ । श्रेष्ठले भने निर्वाचन आयोगको निर्देशनलाई समेत वेवास्था गर्दै आफ्नो पालिका र जिल्लाभर नेकपा एमालेको चुनावी कार्यक्रममा सरकारी गाडीको दुरुपयोग गर्दै आएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...