खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठको अनियमितता – खानामा मात्र हैन ९ लाख ७५ हजारको विल छ पाइप छैन 

रामेछाप । खाँडादेवी गाउँपालिकामा व्यापक अनियमितता भएको अर्को खुलासा भएको छ । गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले खाना र खाजामा मात्र नभई पाइपमा समेट घोटाला गरेको खुलेको छ । 

गाउँपालिका अध्यक्ष श्रेष्ठको तोक आदेशको आधारमा HDPE  पाइप २२ हजार ९७५ मिटर रु ३६ रुपैंया ४० पैसाका दरले प्रतिमिटर खरिद गरेको बिल पेस भई सो अनुसार रकम निकासा भएको खुलेको छ । तर उक्त खरिद भएको पाइप स्टोरमा दाखिला गरिएको छैन । स्टोरमा दाखिला नगर्ने मात्र हैन उक्त पाइप कुन प्रयोजनका लागी कुन स्थानमा प्रयोग भएको समेत उल्लेख गरिएको छैन । गाउँपालिकाको भौचर न. २४३ मा अध्यक्षको तोक आदेशमा सिधै सिन्धुली जिल्लाको बोहोरेटारमा रहेको सूर्यवंशी हार्डवेयर बाट खरिद भएको बिल बिजक पेस भएको देखिन्छ । तर पाइप कहाँ र के प्रयोजनको लागी खरिद भयो र प्रयोग भएको हो उल्लेख छैन ।

 यदि खरिद गरिएको पाइप प्रयोग नभएको भए स्टोरमा हुन पर्ने भए पनि स्टोरमा दाखिला समेत गरिएको छैन । स्टोरमा दाखिला नगरी नागरिकलाई वितरण समेत गर्न मिल्दैन । नागरिकलाई वितरण गरेको भए पनि उल्लेख हुन पर्ने हो तर उक्त कुराको उल्लेख भएको कहीँ कतै नखुलेको महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमा भनेको छ । त्यस्तै प्रतिवेदनमा भनेको छ । उक्त  खरिद कार्य गर्दा मौजुदा सूचिमा रहेको कम्तीमा तिन फर्म सँग दर मागी न्यूनतम दरमा खरिद गर्नु पर्नेमा बिना प्रतिस्पर्धा खरिद गरिएको देखिएको छ । यस विषयमा महालेखापरीक्षकको कार्यालयका उप(महालेखापरीक्षक वैकुण्ठ बहादुर अधिकारी सँग कुरा गर्दा बिना प्रतिस्पर्धा त्यति ठुलो परिणाममा समान खरिद गर्नु नै अनियमितता हो । सिधै अध्यक्षको तोक आदेशमा बिना कारण समान खरिद गर्नु ठुलो अनियमितता हो । समान देखा नपर्नु झन् ठुलो अनियमितता हो । यस्तो कार्यले गाउँपालिका समृद्ध बन्न नसक्ने भन्दै । त्यस्तो कार्य नगर्न जनप्रतिनिधिहरूलाई आग्रह समेत गर्नु भएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

रामेछाप । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयलाई नमुना कार्यालय घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताएकी छन्। उद्योग तथा...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...