केक काट्दा काट्दै ओलीलाइ झट्का

Written by meropradesh creator

११ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो ७० औं जन्मदिनको केक काट्दा काट्दै राजनितीमा ठुलो झट्का लागेको छ ।आज आफ्नो ७० औं जन्मदिनको केक काट्नु र प्रतिनिधि सभा पुनःस्थापनाको निर्णय एकै समयमा हुनु वलीलाई संयोग बन्न पुगेको छ । प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूतिहरू’बालुवाटारमा विमोचन गर्ने साथै जन्मदिनको केक काट्ने समय र प्रतिनिधिसभा विघटन गर्ने उनको निर्णय बदर मंगलवार साँझकै समयमा भएको हो ।
प्रधानमन्त्री वली मञ्चमा रहेका अवस्थामा ओलीको कानमा सर्वोच्चका केही प्रतिनिधीले प्रतिनिधि सभा पुनः स्थापना गर्ने निर्णय गरेको सन्देश वली लाई सुनाएका थिए । बालुवाटारमा जन्मदिन मनाइरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाले सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला सुनाएका थिए ।
यद्यपि, अदालतको फैसलापछि ओलीले आगामी कदमबारे छलफलका लागि आफू निकटस्थहरूलाई बालुवाटार बोलाएको स्रोतले जनाएको छ। गत पुस ५ गते ओलीले संसद् विघटन गर्ने निर्णय गर्न राष्ट्रपति समक्ष सिफारिस गर्दै ताजा जनादेशमा जाने निर्णय गरेका थिए । उक्त निर्णयको पक्ष र विपक्षमा देशैभर प्रदर्शन भइरहेको थियो। फैसलासँगै प्रधानमन्त्री ओलीलाई राजिनामा दिन दवाव बढेको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउने माग बढेको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा कम्पनीलाई सात दिनको अन्तिम अल्टिमेटम दिएका छन् । नेपालमा कानुनीरूपमा दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाइने उनको चेतावनी छ । शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय सूचना आयोगको विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा...

कांग्रेसले भन्यो – सरकार ढाल्ने हल्ला चलाएर अस्थिरता निम्त्याउने काम भइरहेको छ

कांग्रेसले भन्यो – सरकार ढाल्ने हल्ला चलाएर अस्थिरता निम्त्याउने काम भइरहेको छ

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकार ढाल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै घिमिरेले कांग्रेस रहेसम्म वर्तमान सरकारलाई कुनै असर नपर्ने भन्दै सरकार ढाल्ने हल्ला चलाएर...

कदम पुरस्कार राजवंशी र हरिराम पुरस्कार जोशीलाई प्रदान गरिने

कदम पुरस्कार राजवंशी र हरिराम पुरस्कार जोशीलाई प्रदान गरिने

ललितपुर । जोशी रिसर्च इन्ष्टिच्यूटद्वारा यस वर्षको कदम पुरस्कार अभिलेखविद् डा.श्यामसुन्दर राजवंशी र हरिराम जोशी पुरस्कार– २०८१ अनुसन्धानकर्ता पद्मसुन्दर जोशीलाई प्रदान गरिने भएको छ । इन्ष्टिच्यूटले विहीबार पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा एक समारोहको आयोजना...