कच्चा पदार्थसँगै कामदारको अभाब हुँदा ढाका उद्योग संकटमा

Written by meropradesh creator

१८ पुष २०७७, शनिबार

  • रामेछाप । जिल्लामा संचालित ढाका कपडा उद्योगहरुलाई कच्चा पदार्थसँगै कामदारको अभाव हुँदा ढाका उद्योग संकटमा परेको छ ।
    रामेछापमा लोकप्रिय बन्दै गएको ढाका उद्योगलाई चाहिने कच्चा सामाग्रीको अभाव एकातिर छ भने दक्ष कामदारको पनि अभाब हुँदा उद्योग संचालनमा समस्या उत्पन्न भएको हो । उक्त उद्योगलाई चाहिने कच्चा पदार्थहरु जिल्ला भित्र तथा छिमेकी जिल्लाहरुमा समेत नपाइने भएपछि महङ्गो मूल्य तिरेर राजधानी काठमाण्डौं, विराटनगर, धरान, वुटवल र भैरहबासम्म पुगेर कच्चा सामाग्री ल्याउनु पर्दा वढी खर्चिलो भएका कारण ढाका उद्योग संचालन गर्न धौ–धौ भएको हो ।
    घरेलुतथा साना उद्योग विकास समितिले दिएको ढाका सम्वन्धी तालीमले आफु प्रभावित भएर २०६० सालमा लाङ्गगाली ढाका उद्योगको नाममा उद्योग दर्ता गरी शुरु गरेको उक्त उद्योगमा केही आर्थिक सहयोग घरेलु तथा साना उद्योग विकास समिति र लघुउद्यम समाजले गरिदएपछि संचालन गरेको सो उद्योगमा अहिले एकदर्जन महिलाहरुले रोजगारी दिएको उद्योग संचालक शेरवहादुर थापामगरले वताए ।

  • उनले भने– मैले शुरुमा तालीम लिएपछि यसवाट केही आर्थिक उन्नती गर्न सकिन्छ भनेर शुरु गरे । म सँगै केही महिलाहरुले पनि तालीम लिएर यसलाई दिगोपना कसरी दिने भन्ने सोचाई हामी सबैले राख्यौं र थोरै रकमवाट कामको शुरुवात गर्यौं अहिले यसवाट मनग्यै कमाइ हुने भएता पनि कच्चा पदार्थ सँगै कामदारको अभाव हुँदा मागअनुसारको ढाँका कपडा पुरयाउन सकिएको छैन भने अर्कोतर्फ महङ्गो पर्न जाने वताए ।
    हातले बुनेको कपडा वढी बलियो र राम्रो हुने भएकाले पनि यस कपडाको माग वजारमा अत्यन्त बढी रहेको छ । जिल्ला भित्र र वाहिरी जिल्लाहरुमा समेत ढाकाको माग दिनानुदिन अत्यन्त वढी रहेको छ । ढाकावाट उत्पादीत कपडा चिनोको रुपमा दिने चलन भएकाले पनि यस कपडाको माग जिल्ला भित्र र छिमेकी जिल्लाहरु सिन्धुली, दोलखा,राजधानी, नारायणघाट, वुटवल, पर्वत, चितवन र तराईका विभिन्न जिल्लाहरुवाट पनि उत्तिकै मात्रामा अर्डरहरु आउने गरेको शेरवहादुरले जानकारी दिए ।
    उनले जिल्लाभरमा तालीम लिई काम गर्ने महिलाहरुले उत्पादनको गरेको १५ स्थानवाट कपडा संकलन गरी मन्थली वजारमा विक्रीवितरण कक्ष संचालन गरेका छन् । जुन व्यक्तिले कपडा उत्पादन गरे पनि सवै कपडा ल्याएर विक्री गर्ने एकै थलो वनाउँदा उत्पादन गर्ने व्यक्तिलाई कपडा कहाँ लगेर विक्री गर्नु भन्ने नहोस् भनेर आफुले उक्त व्यवस्था मिलाएको मगरले वताए ।
    यसरी गाउँगाउँवाट उत्पादन गरेर ल्याएको कपडा विक्रीवाट मनग्यै पैसा कमाउन थालेपछि गाउँका केही महिलाहरु ढाका उद्योगप्रति आर्कषित भएका छन् । अहिले महिलाहरु दुई किसिमवाट यो व्यवसायमा लागेका छन् कोही घरको काम सकेर फुर्सदको वेलामा मात्र उद्योगमा काम गर्ने छन् भने कोही पुरै समयमा ढाका कपडा बुन्ने काम गर्ने महिलाहरु रहेका छन् । यसरी उत्पदान गरेको कपडा विक्री हुँदा मासिक ५० देखी ६० हजार सम्म कमाई हुने गरेको छ । जिल्लामा संचालीत लाङ्गघाली ढाका उद्योगले विभिन्न जिल्लाहरुमा भएको प्रर्दशनीमा उत्कृष्ठ पुरस्कार समेत हात पारेको छ ।
    अहिले उक्त उद्योगवाट उत्पादीत कपडाहरु मध्ये ढाका टोपी ५ सय, पछ्यौरा १ हजार १ सय देखी १ हजार दुईसयसम्म, साडी ५ हजार, चौवन्दीचोलो ८ सय, पकेट रुमाल ६० रुपैयाँ, झोला ५ सयदेखी ६ सय रुपैयाँसम्म, लेडिज पर्स ३ सय, गलवन्दी कुर्था शुरुवाल २ हजार देखी २ हजार ५ सयसम्म विक्रीवितरण हुने गरेको दिदीवहीन ढाका उद्योगका मिना बसेलले वताइन । उनले भनिन्– गाउँका महिलाहरुले घरको काम सकेर फुर्सदको समयमा ढाका वुनेर मासिक ३ हजार देखी १० हजारसम्म गाउँमा नै कमाई गर्न थालेपछि ढाका प्रति महिलाहरुको आकर्षण वढ्दै गएको जानकारी दिइन ।
    ढाका उद्योगलाई दिगो वनाउन चाहिने कच्चा सामाग्रीहरु सहजै जिल्लामै पाउन सके अझ उत्पादन वढी गर्न सकिने र उत्पादीत सामाग्रीहरु छिमेकी देशहरुमा समेत निर्यात गर्नुको साथै स्थानिय स्तरमा उत्पादीत कपडाहरुलाई सरकारी कर्मचारीहरुको पोशाकको रुपमा सरकारले लागु गरिदिए यस्ता खालका उद्योगहरु दिगो हुने अपेक्षा उद्योगीहरुले राखेका छन् ।
    जिल्लामा उत्पादन भएको ढाका कपडामा काम गर्ने दक्ष जनशक्ति परिपूर्ति गर्न र आवश्यक कच्चा सामाग्रीको व्यवस्थापनका साथै उत्पादित कपडा निर्यातको लागि कार्यालयले आवश्यक कदम चाल्ने घरेलु तथा साना उद्योग कार्यालय रामेछापका बरिष्ठ उद्योग अधिकृत मेघनाथ गौतमले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...