कौशी तरकारी खेतीका नाममा बजेट दुरुपयोग गरिँदै

Written by meropradesh creator

२ पुष २०७७, बिहीबार

कृषि विकासका लागि आएका विदेशी सहयोगहरु अंग्रेजी प्रस्तावमा आधारमानी अर्वौ रुपैयाँ सकिएको छ । तर किसानहरु भने अहिले पनि जस्तो त्यस्तै अवस्थामा देखिएका छन् ।
मुलुक संघीय संरचनामा गएदेखि नै सरकारी रकम दुरुपयोगको चर्चा नचलेको होइन । विकास निर्माणका नाममा गरिएका चरम आर्थिक दुरुपयोग यतिखेर कृषिमा पर्न थालेको देखिन्छ ।
घर छेउको जमीन बाँझो राखेर कौशीमा तरकारी खेती गराउने सरकारको योजना नै निर्लज्जताको प्रतिकका रुपमा देखिएको छ । बढ्दो शहरीकरण र जमीनको अभाव भएको स्थानमा कौशी तरकारी खेती राम्रो होला तर, जमीन प्रशस्त भएका स्थानमा कौशी तरकारी खेतीका लागि अनुदान दिने कामलाई सरकारी बजेटको दुरुपयोग भन्दा अरु केही पनि हुन सक्दैन ।
अहिले काठमाडौं उपत्यका लगायत प्रत्येक स्थानीय तहमा कौशी तरकारी खेती प्रवद्र्धनका नाममा सरकारी बजेट विनियोजन गरिएको देखिन्छ । ती सवै सवै कौशी तरकारी खेती गर्ने घरधनीहरुलाई अनुदान दिने उल्लेख गरिएको छ । यो सवै मिलेमतोमा बजेटको दुरुपयोग गर्न लागेको देखिन्छ ।
काठमाडौं उपत्यका भित्र करोडौंको जग्गा र घरधनीलाई हजारौ रुपैयाँको अनुदान किन ? अनि जग्गा बाँझो राखेर कौशी तरकारी खेती प्रवद्र्धन गर्ने योजना बनाउने विज्ञलाई क भन्ने ? अहिले कृषिमा लुटको धन्दा चलिरहेको छ ।

विश्व वैक, एशियाली विकास वैक तथा विदेशी अनुदान दिने संस्थाहरु कै मिलमतोमा अनुदानको रकम दुरुपयोग भईरहेको विगतले देखाएको छ ।
अव त विदेशी दातृ निकायहरुले दिएको रकम मात्र नभएर सरकारी रकम नै झिरिप्प पार्ने अभिया स्थानीय तहमा देखिएको छ । हरेक स्थानीय तहमा अहिले कौशी तरकारी खेती प्रवद्र्धनका नाममा बजेट सिध्याउने मेसो शुरु गरिएको देखिन्छ ।
यो वा त्यो नाममा सरकारी बजेटमाथि गिद्दे आँखा लगाउने विज्ञकै कारण नेपालको कृषि क्षेत्र विकास भन्दा पनि विनासको बाटो तर्फ गईरहेको देखिन्छ । विगत पाँच वर्षको अभ्यासलाई हेर्ने हो भने कृषि तथा पशुपन्छी विकास मन्त्रालय, मातहतका कार्यालय, अहिले संघीय संरचना पश्चात बनेका स्थानीय तहहरुमा समेत कृषिको बजेट दुरुपयोग भएको छ । यसलाई बेलैमा सहि सदुपयोग गर्न नसक्ने हो भने मुलुक परनिर्भरतामा नै रहने देखिन्छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...