काठमाण्डौंका श्रेष्ठको हत्यामा संलग्न रामेछापका चारभाई पक्राउ

Written by meropradesh creator

६ फाल्गुन २०७७, बिहीबार

रामेछाप । काठमाण्डौंका ४९ बर्षिय रजुनमान श्रेष्ठको हत्यामा संलग्न रामेछाप लिखुतामाकोशी गाउँपालिका वडा नं–३ बिजुलीकोटका एकै घरका चारजना दाजुभाई पक्राउ परेका छन् ।
काठमाण्डौंको गुहेश्वरी मन्दिर छेउ बागमती नदिमा भेटिएको शवको अनुसन्धान गर्ने क्रममा सो घटनामा संलग्न भएको भन्दै लिखुतामाकोशी गाउँपालिका बिजुलीकोटका २० वर्षिय लाक्पा तामाङ, १८ वर्षिय बिशाल तामाङ, सन्तोष तामाङ र सन्तकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरु बौद्धस्थित नयाँ बस्तीमा डेर गरि बस्दै आएका थिए, घटनामा संलग्न मध्ये तीनजनालाई नयाँ बसपार्क र बिशाललाई भने नयाँबस्तीवाट पक्राउ गरि काठमाण्डौं अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धानको लागि हिरासतमा राखिएको महानगरीय प्रहरी परिसर काठमाण्डौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।
उनका अनुसार राती १२ वजे घर जाने क्रममा गुहेश्वरी मन्दिर पारिपट्टी पुग्दा गाडी बिग्रिएपछि नारायणमार्गमा गाडी छाडेर दिव्यश्वरी पार्टी प्यालेसतर्फ जादै गरेका श्रेष्ठको मोवाइल लुट्ने क्रममा उनी माथि आक्रमण गरिएको रहेछ । चारभाईको कुटाईवाट गम्भिर घाइते भएका श्रेष्ठको मोवाइल बिशाल तामाङले लिएर गएको प्रहरी अनुसन्धानवाट खुलेको छ ।
मोवाइल लुट्ने क्रममा चारजना दाजुभाईले एकैपटक आक्रमण गर्दा गम्भिर घाइते बन्न पुगेका श्रेष्ठ हिड्न नसकेपछि बागमती नदीमा डुबेका थिए । उनको त्यहीँ नदीमा ज्यान गएको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गोकुलगङ्गामा छैठौँ राष्ट्रपति रनिङशील्ड सम्पन्न, शारदा मावि च्याम्पियन

गोकुलगङ्गामा छैठौँ राष्ट्रपति रनिङशील्ड सम्पन्न, शारदा मावि च्याम्पियन

रामेछापको गोकुलगङ्गा गाउँपालिकामा आयोजना गरिएको छैठौँ राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। मङ्सिर १९ गतेदेखि वडा नम्बर ५, नामाडीमा सुरु गरिएको प्रतियोगिता हिजो आइतबार औपचारिक रुपमा समापन गरिएको हो। प्रतियोगितामा शारदा माध्यमिक विद्यालय च्याम्पियन...

रामेछापमा बढ्यो जुनार उत्पादन , जुस उद्योगले थप्यो उत्साह

रामेछापमा बढ्यो जुनार उत्पादन , जुस उद्योगले थप्यो उत्साह

रामेछापका जुनार बगैँचाहरू यतिबेला पहेंलपुर भएका छन् । हिउँद सुरु भएसँगै सुकाजोर, गाईटार, ओख्रेनी, भालुखोप, हिमगंगा, फूलासीलगायत क्षेत्रका बगैँचामा पाकेर झुन्डिएका जुनारले गाउँको वातावरण नै आकर्षक बनेको छ । वर्षभरिको मेहनतको फल पाकेको देख्दा किसानहरूको अनुहारमा...

नेपाली कांग्रेस पुस २६–२८ मा नियमित महाधिवेशन गर्दै, विधि–विवादलाई सहमतिमा टुङ्ग्याउँदै

नेपाली कांग्रेस पुस २६–२८ मा नियमित महाधिवेशन गर्दै, विधि–विवादलाई सहमतिमा टुङ्ग्याउँदै

काठमाडौं । लामो तानातान र आन्तरिक विवादपछि नेपाली कांग्रेस अन्तत ः पुस महिनामै नियमित महाधिवेशन गर्ने निष्कर्षमा पुगेको छ । सभापति शेरबहादुर देउवा सिंगापुर उपचारबाट फर्किएपछि असन्तुष्ट नेताहरूसँग गरिएको निरन्तर छलफलले पार्टीको विवादित महाधिवेशन कार्यतालिका सर्वसम्मत...