जिल्ला प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका सविन तामाङ, विमल तामाङ र सुजन तामाङसहित नुवाकोट विदुरका सतिस अमात्य र सोलुखुम्बुकी रितिका माझी रहेका छन्। गत चैत र वैशाखमा भएका लुटपाटका घटनाको अनुसन्धानका क्रममा तारकेश्वरको पैंयुटारबाट समातिएका उनीहरूको साथबाट प्रहरीले झण्डै १३ ग्राम सुन, खुकुरी र विभिन्न औजारहरू बरामद गरेको छ। पक्राउ परेका यस समूहमाथि अहिले प्रहरी वृत्त थानकोटले थप अनुसन्धान अगाडि बढाएको छ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









