कार्यालय सहयोगी र बिचौलिया अख्तियारको कब्जामाख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरमा रहेको यातायात व्यवस्था कार्यालयका कार्यालय सहयोगी र बिचौलिया लाई नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरको यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ फेला पारेपछी उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
लाइसेन्स वितरणमा घुस लेनदेन भएको सूचनाको आधारमा अख्तियारको टोलीले मंगलबार छापा मार्ने क्रममा कार्यालयको सोफामा लुकाएको २ लाख २३ हजार रुपैयाँ फेला पारेको हो । लुकाएर राखिएको २ लाख २३ हजार ८ सय रुपैयाँ बाँडफाँटका लागि राखिएको हुनसक्ने अनुमान गरेको छ ।
अख्तियारले कार्यालय सहयोगी भोगेन्द्र कापर र विचौलिया राजकिशोर भगतलाई नियन्त्रणमा लिएको छ । बिचौलिया भगतको साथबाट ५० हजार बरामद समेत गरेको छ । अख्तियार टोलीले निमित्त प्रमुख वीरेन्द्र साहसँग पनि सोधपुछ गरेको छ । बिचौलिया भगतले ट्याक्टर चालकको लाइसेन्सको लागि घूस वापत रकम बोकेर आएको बयान अख्तियार समक्ष दिएको स्रोतले जनाएको छ । कार्यालयमा रहेको झण्डै ४ सय स्मार्ट लाइसेन्स गत कात्तिकको पहिलो साता धान खेतमा फालिएको अवस्थामा फेला परेको थियो । अख्तियारले छापा मारेर कार्यालय सहयोगी र बिचौलियालाई पक्राउ गरेपछि कार्यालयले चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा स्थगित गरेको छ । चालक अनुमति पत्रका लागि बुधबारदेखि शुक्रबारसम्म लिइने सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षाहरु स्थगित गरिएको सूचना मार्फत जनाएको छ । कार्यालयका निमित्त प्रमुख वीरेन्द्र साहद्वारा हस्ताक्षरित सूचनामा कार्यव्यस्तताको कारणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरिएको उल्लेख छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...